
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १९ साउन । नेपाली युवा विद्यार्थी आपूmले बनाएका रोबोटलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्न जुटेका छन् । आगामी भदौ ९ गते भियतनामको निङविङमा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा आफूले निर्माण गरेका रोबोटको प्रदर्शनीमा इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका विद्यार्थी जुटेका हुन् । प्रतियोगितमा एसिया¬–प्रशान्त क्षेत्रका चीन, जापान, इजिप्ट, रुसलगायत विभिन्न २० मुलुकको सहभागितामा रहनेछ । प्रतियोगितामा भाग लिन इञ्जिनियरिङ अध्ययन संस्थाको रोबोटिक्स क्लबबाट नेपालको प्रतिनिधित्व गर्दै १६ विद्यार्थी भियतनाम प्रस्थान गर्ने भएका छन् । प्रतियागिताको पूर्वावलोकनका रुपमा शुक्रबार पुल्चोक क्याम्पसमा नेपाली युवा विद्यार्थीले निर्माण गरेका रोबोटको प्रदर्शनी गरेका थिए । एउटा स्वचालित र अर्को मानवले सञ्चालन गर्ने रोबोट प्रतियोगितामा नेपालले भाग…
ब्यूटी विथ ब्रेन’ को उपमा बलिउड अभिनेत्री ऐश्वर्या रायलाई जति कसलाई सुहाउला रु १९९४ की विश्वसुन्दरी अहिले ४४ को उमेरमा हिँडिरहँदा पनि उत्तिकै कल्कलाउँदी लाग्छिन् । कमैलाई थाहा हुन सक्छ बलिउड अभिनेत्री ऐश्वर्या रायले आफ्नो करिअरको सुरुवात तमिल फिल्मबाट गरेकी थिइन् । १९९७ मा मणिरत्नम निर्देशित फिल्म ‘इरुवर’ बाट उनले डेब्यू गरेकी हुन् । यो फिल्ममा उनको आवाज अरुले नै डब गरेका थिए । फिल्ममा आउनुभन्दा अगाडि नै प्रख्यात बनिसकेकी थिइन् ऐश्वर्या । १९९४ मा विश्वसुन्दरी घोषित भएपछि उनको चर्चा उचाईमा पुगेको थियो । उनलाई फिल्मको अफरहरु ओइरिन थालेका थिए । ऐश्वर्याले बलिउड डेब्यू भने ‘और प्यार हो गया’ बाट…
अल कायदाका नेता ओसामा बिन लादेनको मृत्यु भएको सात वर्षपछि उनकी आमाले सार्वजनिक रुपमा छोराका बारेमा बोलेकी छिन् । लादेनकी आमा आलिया गानेमले साउदी अरेबियामा रहेको आफ्नो खानदानी घरमा ‘द गाजिर्यन’ लाई अन्तार्वार्ता दिएकी हुन् । आलियाले द गार्जियनसँग कुरा गर्दै ओसामा सानोमा ‘लजालु’ र ‘असल बालक’ भएको तर विश्वविद्यालयमा ‘ब्रेनवाश’ गरेर उनको विचार परिवर्तन गरिएको बताइन् । परिवारका अनुसार उनीहरुले अन्तिम पटक ओसामालाई सन् १९९९ मा अफगानिस्तानमा देखेका थियो । यो ठ्याक्कै सेप्टेम्बर ११ को घटना घट्नुभन्दा दुई वर्ष अगाडिको कुरा थियो । सुरुमा ओसामा सोभियत सेनाविरुद्ध लड्नका लागि अफगानिस्तान आएका थिए । तर सन् १९९९ सम्म उनी विश्वसामू…
मस्को, १९ साउन । रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको शनिबार जानकारी दिएका हुन् । स्थानीय समयानुसार शनिबार विहान १०ः२० बजे सो हेलिकोप्टर दुर्घटनामा परेको अधिकारीहरुले बताएका छन् । प्रारम्भिक विवरणहरुका अनुसार प्राविधिक गढबढी र चालकका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ । हेलिकोप्टर उडेर दुई किलोमिटर दुरीपार गरेपछि दुर्घटनामा परेको थियो । विमानमा रहेका र दुर्घटनामा परी मृत्यु भएका मध्ये १५ जना यात्रु र अरु तीन जना चालक दलका सदस्य रहेका थिए । खबरडबली
तेह्रथुम, १९ साउन । स्थानीय म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा (फुल) वितरण गर्न थालेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पु¥याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो । स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न आउने महिलालाई प्रतेक पटक १० वटाका दरले अण्डा प्रदान गर्ने कार्यक्रम राखिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । यो कार्यक्रमले गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षण गराउन र स्वास्थ्यको ख्याल गर्न प्रोत्साहन मिल्ने उहाँको भनाइ थियो । एक गर्भवती महिलाले अनिवार्य चार पटकसम्म गर्भ जाँच गराउनुपर्छ । चार पटक गर्भ जाँच गराउने गर्भवतीले ४० वटा अण्डा पाउने…
विराटनगर, १९ साउन । प्रदेश नं १ का सामाजिक विकास मन्त्रालयले शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर लक्षित गरी प्रविधिमैत्री, बालमैत्री, दण्डहीनता र व्यवहार कुशल सीपमा आधारित सिकाइलाई अभियानकै रुपमा सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । मन्त्रालयले बनाएको कार्ययोजनामा विद्यालय जाने उमेरका बालबालिकाको भर्ना दरलाई स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा शतप्रतिशत पु¥याउने योजना अनुसार सञ्चालन गरेको भर्ना अभियान निकै प्रभावकारी बनेको र सामुदायिक विद्यालयमा विद्यार्थी संख्यामा उल्लेखनीय वृद्धि भएको मन्त्रालयका कर्मचारी गोपीप्रसाद घिमिरे बताउनुभयो । संस्थागत विद्यालय छाडेर सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आगमन वृद्धि हुन सुखद भएको मानिएको छ, भने विद्यालय छाड्ने दरलाई न्यून गर्न तथा माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र…
यज्ञराज आङ्देम्बे दमक, १९ साउन । प्राविधिक शिक्षातर्फ महिलाको आर्कषण बढ्दै गएको पाइएको छ । केही वर्षयता झापाको दमक आसपासका क्षेत्रमा सञ्चालित प्राविधिक शिक्षालयहरुमा अध्ययन गर्न आउने महिलाको आर्कषण बढ्दै गएकोे छ । दमकको आम्दा अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको विभिन्न पाँचवटा प्राविधिक विषयको पठनपाठनमा अध्ययन गर्न आउने अधिकांश महिला भएको जनाएको छ । सीप तथा व्यावसायिक तालीम परिषद्को सिटिइभिटी० सम्बन्धनमा सञ्चालित स्टाफ नर्स, स्वास्थ्य सहायक, प्राविधिक–एसएलसीतर्फका अनमी, सिएमए, ल्याब असिस्टेन्टजस्ता प्राविधिक विषयमा ७० प्रतिशत हाराहारी महिलामात्र भएको प्रतिष्ठानका अधिकृत प्रदीप श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सिटिइभिटीले शुक्रबार लिएको परीक्षामा ती विषयमा ४४१ जना विद्यार्थी सहभागी भएका छन् ।…
मेचीनगर, १९ साउन । नेपालबाट लागु औषध चरेस भारततर्फ लैजाने एक नेपाली नागरिकसहित दुई युवक पक्राउ परेका छन् । दुवै जनालाई झापाको काकँडभिट्टा नाकासँग जोडिएको पश्चिम बंगालको पानीट्ंयाकी क्षेत्रबाट विशेष सूचनाको आधारमा भारतीय एसएसबीका ४१ बी बटालियनको टोलीले शुक्रबार पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । पक्राउ पर्ने नेपालका गणेश तामाङ र कालिम्पोङ निवासी लुका शेर्पा रहेको जनाइएको छ। भारतीय सुरक्षाकर्मीका अनुसार स्कुटरमा सवार दुवै जनाको साथबाट तीन किलो चरेस, चार थान डेविट कार्ड, तीन थान मोबाइल फोन, नेपाल, भारत र भुटानी रुपैयाँ भेटिएको थियो। बरामद गरिएको चरेस नेपालबाट लगेको र सिलगुढीको बाटो भएर कलकोता लैजाने तयारीमा रहेको प्रहरी अनुसन्धानबाट…
सान नेपाल गौरादह, १९ साउन । गौरादह नगरापालिकाद्वारा एकीकृत विकासका लागी संघीय सरकार समक्ष विभिन्न योजनाहरु पेश गरिएको छ । नगरपालिकामा कर्मचारी अभावमा नागरिकको सेवा प्रवाहमा कठिनाई आएकोले कर्मचारी थप पठाउन आग्रह र नगरपालिको बिकाशको लागी बिभिन्न योजनाहरु मन्त्रालयहरुमा पेश गरेको नगर प्रमुख रोहितकुमार शाहले बताए । नगरका सबै वडाका नागरिकहरुलाई स्वस्थ पिउने पानी पु¥याउन खानेपानी मन्त्रलयमा, नगरको भौतिक पुर्वाधार बिकाशको लागी भौतिक पुर्वाधार मन्त्रालयमा, नगरमा आवस्यक कर्मचारी व्यवस्थापनको लागी सामान्य प्रशासन मन्त्रालयमा, नगरबासीलाई स्वास्थ्यमा पहुँच पुर्याउन र नगरपालीकामा अस्पताल स्थापनाको लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा योजनाहरु पेश गरिएको नगर प्रमुख शाहले जानकारी गराए । नगरलाई व्यवस्थीत र समृद्ध गौरादह…
भद्रपुर, १९ साउन । नक्कली मूल्य अभिबृद्धि कर (भ्याट) बील प्रयोग गरेको अभियोगमा झापाको भद्रपुरबाट एक व्यवसायी पक्राउ परेका छन् । राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीको टोलीले भद्रपुर–५ स्थित शिव स्टोर्सका सञ्चालक सञ्जिव घोषालाई राजश्व रकम छली गरेको आरोप अनुसन्धानका लागि पक्राउ गरेको हो । अनुसनधानका कार्यालय प्रमुख जयबहादुर भण्डारीका अनुसार व्यापारी घोषलाई राजश्व छलीको कसुरमा सुनसरी अदालतमा पेश गरी अनुसन्धान भइरहेको छ । ‘हामीले घोषको गोदाममा छापामा मा¥यौँ’, उहाँले भन्नुभयो, ‘प्रारम्भिक अनुसन्धानमा ८ करोडभन्दा बढी राजश्व छली गरेको पाइयो ।’ गत आइतबार घोषले बिक्रीका लागि लाँदै गरेको एक गाडी कपडा सुनसरीको इटहरीबाट पक्राउ परेपछि राजश्व टोलीले अनुसन्धान गर्ने…