झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

उदयपुर, २० साउन । तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र बनेपछि उदयपुरको बेलका नगरपालिका डुबान तथा नदी कटानको उच्च जोखिममा परेको छ । बेलका–२, ३, ६, ८ र ९ नम्बर वडाका सप्तकोशी आसपासका गाउँहरूमा बाढीको खतरा बढ्दै गएको छ । नगरपालिकाकी उपप्रमुख जिरा राईका अनुसार ती क्षेत्रहरू नदी कटानको जोखिममा पर्न थालेका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षा टोलीले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीयवासीलाई सतर्क रहन र सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न आग्रह गरेको छ । नगरपालिकाको कोठु, डुम्रीबोट, सिसौलीलगायत क्षेत्रमा कोशी नदीको पानी किनार…

Read More

झापा, २० साउन । मौसम पूर्वानुमान महाशाखाले आज साउन २० गते मंगलबार पनि दिउँसो तथा राति देशभर मौसम बदली र अधिकांश स्थानमा पानी पर्ने क्रम जारी रहने जनाएको छ । मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार आज दिउँसो देशभर अधिकांश बदली (आकाशमा बादल) रहनेछ । कोसी र मधेस प्रदेशका केही स्थान साथै बाँकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । आज राति देशभर अधिकांश बदली रहनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश…

Read More

शिवसताक्षी, २० साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले योग, ध्यान र साधनाले मानिसको मानसिक स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ । शिवसताक्षी नगरपालिका–१० माईधारस्थित ओशो मधुवन ध्यान योग आश्रमको प्रथम वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले आधुनिक जीवनशैली र मानसिक दबाबका कारण डिप्रेसन, चिन्ता (एनजाइटी) जस्ता समस्या बढिरहेको अवस्थामा ध्यान र योग प्रभावकारी समाधान बन्न सक्ने उल्लेख गर्नुभयो । उहाँले ध्यान र योग विद्या विद्यालय तहदेखि सिकाउनुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, ‘बाल्यकालदेखि नै योग, ध्यान र आचरणको अभ्यास गराउने हो भने भविष्यमा बालबालिकामा देखिने मानसिक समस्या न्यूनीकरण हुनेछन् ।’ सभामा मुख्यमन्त्री कार्कीले ओशो…

Read More

झापा, १९ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ बैठकले आगामी भदौ तेस्रो सातादेखि मध्य पहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई पुनः सञ्चालन गर्ने भएको छ । पार्टीको स्थायी कमिटी बैठकले अत्यधिक वर्षाका कारण स्थगित भएको मध्य पहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई आगामी भदौ तेस्रो सातादेखि पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो । यस्तै, विसं २०७९ को पार्टीको राष्ट्रिय महाधिवेशनको कार्यतालिका अन्तर्गत यस वर्षको दसैँपश्चात् केन्द्रीय समिति बैठक बस्ने र उक्त बैठकबाट राष्ट्रिय महाधिवेशनको मिति टुङ्गो लगाइने निर्णय भएको उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । बैठकले पार्टीको सङ्गठनात्मक एकता र वैचारिक…

Read More

झापा, १९ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज साँझ बसेको बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षामा ६१।१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ३८.८३ विद्यार्थी नन ग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ३ लाख ९५ हजार र आंशिक १ लाख १५ हजार परीक्षार्थी रहेका थिए र आंशिकतर्फ १ लाख १५ हजार सहभागी थिए…

Read More

सन्तोष शर्माझापा, १९ साउन । झापाका ठूला सहकारीमा पर्याप्त तरलता रहेको पाइएको छ । जिल्लाका ठूला सहकारी संस्थाहरुले जारी गरेको २०८२ को असारसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार तरलता पर्याप्त रहेको पाइएको हो । सहकारी संस्थामा १५ प्रतिशतसम्म तरलता हुनुपर्ने झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगाल (भानु)ले बताउनुभयो । “अहिले ठूला सहकारीमा पैसा थुप्रिएको छ भने कतिपय साना सहकारीले भनेका बेलामा बचत फिर्ता गर्न सक्ने अवस्था देखिँदैन”, उहाँले भन्नुभयो, “सहकारी संस्थाले लगानी बृद्धिका लागि उपयुक्त योजना ल्याउने पर्ने अवस्था छ ।” नेपालकै ठूलो सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको २०८२ असार मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार ३६.२१ प्रतिशत…

Read More

काठमाडौँ, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। प्राविधिक समस्या आएन भने बोर्डले सोमबार साँझ ७ बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो। बोर्डका एक पदाधिकारीले प्राविधिक समस्या नआए आज साँझसम्म नतिजा सार्वजनिक गरिने जानकारी दिए। ‘नजिता सार्वजनिक गर्न बोर्डमा अहिले छलफल भइरहेको छ’ उनले भने। कक्षा १२ को परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना…

Read More

खोटाङ, १९ साउन । हलेसी मन्दिर दर्शन गरेर सिराहातर्फ जाँदै गरेका यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । प्रदेश २.०.१.००१ ज ००५३ नम्बरको माइक्रोबस मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै आज बिहान करिब ९ बजे दुर्घटना भएको हो । दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छैन । माइक्रोबस दुर्घटनाका घाइतेलाई उद्धार गरेर उपचारका लागि एम्बुलेन्समार्फत घुर्मीतर्फ पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ । दुर्घटनाका घाइतेमध्ये छ जनालाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने भएकाले नगरपालिकाको एम्बुलेन्समार्फत काठमाडौँस्थित राष्ट्रिय ट्रमा…

Read More

विराटनगर, १९ साउन । झापा, मोरङ र धनकुटाबाट प्रतिवन्धित लागू औषध ब्राउन सुगर र गाँजा सहित ५ जना पक्राउ परेका छन् । साउन १८ गते बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका– ५ का २९ बर्षीय राजेन्द्र कुमार ताजपुरीया र शिवसताक्षी–४ का २१ बर्षीय अजय ताजपुरियालाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर–१५ स्थितबाट सुनसरी बराहक्षेत्र नगरपालिका–७ का ३२ बर्षीय मनोज बस्नेतलाई ३ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय राजारानी धनकुटाले चौबिसे गाँउपालिका६ का मुकेश बिश्वकर्मा र दिवश राईलाई २ किलोग्राम…

Read More

झापा, १९ साउन । लागुऔषध ओसारपसार तथा बिक्री गरेको आरोपमा झापाको शिवसताक्षी नगरपालिका-५ सालडाँगीबाट दुई युवा पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा आइतबार राति इलाका प्रहरी कार्यालय शिवगञ्ज र झिलझिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले राजेन्द्र कुमार ताजपुरियाको घरमा छापा मारेको थियो । चेकजाँचका क्रममा ताजपुरियाको कोठामा शिवसताक्षी-४ का २१ वर्षीयका अजय ताजपुरियालाई समेत लागुऔषध बिक्रीका लागि तयारी गर्दै गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूको साथबाट ब्राउनसुगरजस्तो देखिने लिसाइला पदार्थ प्लास्टिकसहित १५ ग्राम २३ मिलिग्राम र प्लास्टिकबाहेक ८ ग्राम बरामद गरिएको छ । लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेलाई जिम्मा दिइएको छ। घटनाबारे…

Read More