
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १ जेठ । मानवसेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत कोशी प्रदेशबाट ४८ जनाको उद्धार गरिएको छ । सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरिएकामध्ये ३६ जना पुरुष र १२ जना महिला रहेका छन् । झापाबाट नौ जनाको उद्धार गरिएकामा चार पुरुष, पाँच महिला, मोरङबाट सात जना जसमा छ पुरुष, एक महिला र सुनसरीका विभिन्न ठाउँबाट ३२ जनाको उद्धार गरिएको छ । जसमा २६ पुरुष र छ जना महिलाको उद्धार गरिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । उद्धार गरिएका सडक आश्रित मानवहरूलाई मानवसेवा आश्रमका विभिन्न शाखामा सुरक्षित संरक्षणका लागि पठाइएको…
झापा, १ जेठ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भेगमा आंशिक बदली भएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा कोशी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा तराईमा आंशिक बदली हुने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान, बाँकी हिमाली तथा…
भद्रपुर, ३१ बैशाख । झापा भद्रपुरका ५० विपन्न परिवारलाई झुुल वितरण गरिएको छ । आज भद्रपुर नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नेपाल भारत मैत्री संघ झापाले भद्रपुर नगरपालिका वडा नं ५ र ६ का ५० परिवारलाई झुल वितरण गरेको हो । संघका अध्यक्ष प्रदीपमणि रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच प्रमुख अतिथि नेपाल भारत मैत्री संघका पूर्व केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, भद्रपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष रतिया राजवंशीलगायतले नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालयले उपलब्ध गराएको झुल वितरण गरेका थिए । नेपाल भारत मैत्री संघ झापाकी सचिव शर्मिला अधिकारीले सञ्चालन र उपाध्यक्ष शिवकुमार…
झापा, ३१ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको संशोधित कार्यसम्पादन नियमावलीबमोजिम मौजुदा मन्त्रिपरिषद्मा रहेका नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । यस्तो नयाँ मन्त्रिपरिषद्–
झापा, ३१ बैशाख । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमीले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको तालिका अनुसार परीक्षा असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ । बोर्डको निर्णय अनुसार २०८२ को नियमित एसइई परीक्षामा ग्रेडिङ हुन असफल भएका बिद्यार्थीहरु यस परीक्षामा सहभागी हुन पाउने छन् । तालिका अनुसार असार १ गते अनिवार्य अङ्ग्रेजी, संस्कृत, बेदबिद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा,असार २ गते अनिवार्य नेपाली, गैर नेपाली विद्यार्थीका लागि अतिरिक्त अङ्ग्रेजी,असार ३ गते अनिवार्य गणित विषयको परीक्षा सञ्चालन गरिने भएको छ । असार…
झापा, ३१ बैशाख । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दाजुभाइको हत्या गरी खोलामा लुकाइएको अवस्थामा बुधबार शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङको शव खोलामा ढुंगाले थिचेर लुकाइएको अवस्थामा भेटिएको हो। एक व्यक्तिले मंगलबार राति प्रहरीलाई फोनमार्फत आफूले आर्थिक विवादका कारण हत्या गरेको स्वीकार गर्दै घटनास्थलको जानकारी दिएको आधारमा खोजतलास गर्दा शव बरामद भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले एकथान खुकुरी पनि बरामद गरेको छ। परिवारका सदस्यका अनुसार दाजुभाइ मंगलबार बिहान कुलो निर्माण गर्न जाने भन्दै घरबाट निस्किएका थिए। त्यसपछि उनीहरू…
झापा, ३१ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ८० पैसा र बिक्रीदर १११ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर…
झापा, ३१ बैशाख । सरकारले प्रशासनिक सुधार, मितव्ययिता कायम गर्ने तथा कार्यसम्पादनलाई छरितो बनाउन सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ पुर्याउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले ‘नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालय संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय यथावत् रहनेछन्। उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि यथावत् रहने व्यवस्था गरिएको छ। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान–प्रविधि अलग गरी ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन…
बिर्तामोड, ३१ बैशाख । बिर्तामोड नगरपालिकामा राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सञ्चालन भइरहेको छ । वैशाख २१ गतेदेखि सुरु भएको यो अभियान आज अर्थात् ३१ गतेसम्म सञ्चालन हुने जनाइएको छ । नगरका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र लगायतका २४ स्थानमा केन्द्र तोकेर कार्यक्रम सञ्चालन गरिएको फोकल पर्सन सङ्गीता अधिकारीले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पाखुराको नाप, उमेर अनुसार लम्बाइ, उचाइ तथा तौल मापन गरी पोषण अवस्थाको लेखाजोखा भइरहेको छ । स्वास्थ्य शाखा प्रमुख राजीव विष्टका अनुसार कार्यक्रमको दैनिक अनुगमनसमेत भइरहेको छ । उहाँले पोषण अवस्थाको पहिचान गरी कुपोषित बालबालिकालाई उपचारको दायरामा ल्याइने बताउनु भयो । स्वास्थ्य शाखाका…
झापा, ३१ बैशाख । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । कोशी र बागमती प्रदेशका केही तथा लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ । कोशी प्रदेशका…