झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

संखुवासभा, २१ जेठ । संखुवासभाको मकालु गाउँपालिका(३ बाट बिभिन्न किसिमका जंगली जनावरको छाला लगायतका जडिबुटी सहित १ जना पक्राउ परेको छन् । सोमवार अपरान्ह साढे ५ बजेको समयमा नेपाली सेना, नेपाल प्रहरी तथा मकालु बरुण राष्ट्रिय निकुन्जको संयुक्त चेकीङ टोलीले को १ ज ३५१६ नम्बरको बलेरो गाडिलाई चेकजाँच गर्ने क्रममा भोटखोला गाउँपालिका–२ गुम्बा बस्ने बर्ष ५० को कर्मलामा भोटेलाई पक्राउ गरेको हो । प्रहरीले उक्त गाडीबाट बाघको पन्जा थान–१, दाह्रा थान–४, हड्डीको टुक्रा थान–२०, बारुद जस्तो देखिने गन्धक १५ ग्राम, चाईनिज पेस्तोलको गोली थान–१, रक्त चन्दन जस्तो देखिने काठको टुक्रा थान–१ (२५ ग्राम), जंगली जनावर थारको रौ सहितको छालाको टुक्रा…

Read More

झापा, २१ जेठ । झापाको मेचीनगर नगरपालिका–९ का ४५ बर्षीय कृष्ण चौधरीको करेन्ट लागरे मृत्यु भएको छ । सोमवार दिउँसो ३ बजेको समयमा स्थानीय मणी कुमार लिम्बुको घरमा कुखुराको खोरमा बिजुलीको तार जोड्ने क्रममा करेण्ट लागेर लागेको गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि वि।एण्ड। सी। अस्पताल बिर्तामोड पठाईएको थियो । निजको उपचारको क्रममा दिउँसो साढे ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

Read More

बुद्धशान्ति, २१ जेठ । झापा बुद्धशान्ति–४ की २० वर्षीया मनिषा ग्याङमी मगरको दुवैमृगौलाले काम गर्न छाडेको र डाक्टरले तत्काल मृगौला फेर्नुपर्ने बताएपछि आर्थिक रुपले विपन्न उनको परिवार यतिवेला समस्यामा परेको छ । नोवेल मेडिकल कलेज विराटनगरमा आइसीयू कक्षमा उनको उपचार भईरहेको र डाइलोसिस जारी रहेको उनका काका नेत्रप्रसाद ग्याङमी मगरले जानकारी दिएका छन् । बुद्धआदर्श मावि बुधबारेबाट कक्षा १२ सकेकी मनिषाको आर्थिक अभावका कारण बाँकी उपचार गर्न गाह्रो परिरहेको परिवारले बताएको छ । ‘खाउँ–खाउँ, लाउँलाउँ’ को उमेरमा मनिषाको मृगौला खराव भएको डाक्टरले बताएपछि हामी आत्तिएका छौं, के गरौं कसो करौं भएका छौं – मनिषाका काका नेत्रप्रसादले भने ‘आर्थिक अवस्था अत्यन्त्यै…

Read More

बिर्तामोड, २१ जेठ । रमपम प्रथम बिर्तामोड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । रममप रेड स्टार फुटबल क्लब झापाको आयोजनामा जेठ २१ गतेदेखि सरु हुन गईरहेको प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा बिराटनगर एफसी, मोरङ र जलथल एफसी, हल्दिबारी भिड्ने छन् । रमपम तयारी चाउचाउको मुख्य प्रायोजन र बिर्तामोड नगरालिकाको सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार १११ रुपैया हात पार्नेछ भने उपविजेताले ७५ हजार १११ रुपैया प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने जेठ २८ गते हुनेछ ।

Read More

बलिउड नायक सलमान खान ‘भारत’को प्रोमोशनमा व्यस्त छन् । प्रोमोशनको सिलसिलामा रियालिटी डान्स शो सुपर डान्सर ३ को सेटमा पुगेका थिए । उक्त कार्यक्रममा सलमान खानले कट्रिनाको अपमान गरेको भारतीय मिडियाले दाबी गरिरहेका छन् । वास्तवमा, कट्रिना कैफले एक कोरियोग्राफरको तारिफ गरिन् जसले उनीसँग ठग्स अफ हिन्दोस्तानका लागि काम गरेकी थिइन् । कोरियोग्राफरले पनि कट्रिनाको कडा मेहनतको तारिफ गरे । कट्रिना कैफले ठग्स अफ हिन्दोस्तानको गीत ‘सुरैया’ को एउटा डान्स स्टेपका लागि करिब एक महिनासम्म अभ्यास गरेको कोरियोग्राफरले बताए । यता सलमानले एक महिनासम्म अभ्यास गर्नुपर्ने कस्तो डान्स स्टेप हो भनेर सोधे । उक्त स्टेप घुँडाले टेकेर उफ्रनुपर्ने भएकाले कट्रिनाले…

Read More

भारतको एउटा गाउँ ‘टिल्टेपक’ का सबै मानिसहरु अन्धो छन् । उक्त गाउँमा बस्दै आएका जोपोटेक जनजातीका मानिसहरु वास्तबमा जन्मदेखि नै अन्धो भने हुँदैनन् । तर, उमेर बढेसँगै विस्तारै उनीहरुले आखाँको ज्योती गुमेको थाहा पाउँछन् । यो के कारणले भएको छ कसैलाई पनि थाहा छैन । यस गाउँमा अन्य थुप्रै रहस्यहरु भेटिन्छन् । एउटा रुखलाई मानिन्छ अन्धोपनको कारण एउटा रुखलाई मान्दै आएका छन् । उक्त गाउँमा भएको ‘लावजुएजा’ को रुखलाई हेर्दाहेर्दै अन्धो भएको उनीहरु बताउँछन् । गाउँलेले अन्धोपनको कारण रुखलाई भने पनि वैज्ञानिकले उक्त गाउँमा भएको अन्धोपनको कारण झिँगा भएको पत्ता लगाएका छन् । झिँगाले मानिसलाई टोकेपछि त्यसको सीधा असर आखाँमा…

Read More

बुधबारे, २१ जेठ । झापा बुद्धशान्ति–२ का एक जोडीले आप्mनो २५ को बैवाहिक वर्षगाँठमा एक सामुदायिक विद्यालयका ३० विपन्न परिवारका विद्यार्थी सहित जम्मा ४५ जनालाई ब्याग उपहार दिएका छन् । बुद्धशान्ति–२ जयपुरका अमिर श्रेष्ठ र पार्वता श्रेष्ठले सोमबार आदर्श मावि जयपुरका ३० जना विपन्न विद्यार्थी र नवज्योति क्लब जयपुरलाई १५ थान ब्याग उपलब्ध गराएको नवज्योति क्लबका सचिव मुकेश भट्टराईले जनाएका छन् । बैवाहिक बर्षगाँठ भड्किलो ढंगले मनाउने परिपाटि चलिरहँदा सेवा भावले पनि वर्ष गाँठ मनाउन सकिने उदाहरण सो जोडीले प्रस्तुत गरेको छ ।

Read More

बिर्तामोड, २१ जेठ । झापाको बिर्तामोडमा पत्रकार तीर्थ सिग्देलद्वारा लिखित ‘मनोनेट’ कथासंग्रहको विमोचन गरिएको छ । ‘मनोनेट’को अग्रज साहित्यकार भवानी क्षेत्रीले विमोचन गर्नुभएको हो । पुस्तक विमोचन गर्दै साहित्यकार क्षेत्रीले पुस्तकमा रहेका कथा छोटो र सरल भएको बताउनुभयो । ‘अहिलेको युग भनेको थोरै बोलेर धेरै बुझाउनुपर्ने युग हो’, उहाँले भन्नुभयो, ‘पुस्तक युग सापेक्ष रहेको छ ।’ कथा छोटा भए पनि कतिपय स्थानमा कवितात्मक शैलीको भएको बताउनुभयो । कथाको अन्त्यमा प्रयोग गरिएका कतिपय वाक्यले कथा पूरा नभएको जस्तो लागे पनि वाक्य मिलन राम्रो भएको उहाँले बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाईं, पत्रकार दिपीन राई लगायतले शुभकामना मन्तव्य…

Read More

काठमाडौँ, २१ जेठ । सोलखुम्बुको सदरमुकाम सल्लेरीबाट २५ कोस टाढा पर्छ महाकुलुङ गाउँपालिका । उक्त गाउँपालिका सोमबार दिनभर राष्ट्रिय राजनीतिको केन्द्रमा परिरह्यो । सञ्चारमाध्यमका लागि त्यो ठाउँ दिनभर चासो र खोजीको विषय बनिरह्यो । कारण हो गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकी सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ताले रातभर कब्जा लिएको ‘सनसनीपूर्ण समाचार’ । विप्लवका कार्यकर्ता प्रहरी चौकी कब्जा गर्न आएको सूचनापछि त्यहाँ कार्यरत प्रहरी सुरक्षित स्थानमा भागेको, विप्लवका कार्यकर्ताले चौकी पाँच घन्टा नियन्त्रणमा लिएको जस्ता समाचार आइरहे। घटनाको पुष्टि न प्रहरीले गर्‍यो न स्थानीयले । सनसनीपूर्ण खबरपछि गृह मन्त्रालयमा सुरक्षा निकायका तीनवटै प्रमुखसहित मन्त्रीको बैठक बस्यो । बैठकले त्यस…

Read More

काठमाडौँ, २१ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी बन्द गरेपछि त्यसको मारमा हजारौँ युवा परेका छन् । सरकारको विरोधमा उत्रिएका म्यानपावर व्यवसायीले काम ठप्प पारेपछि त्यसको मार पनि युवामाथि नै परेको छ । रोजगारीका लागि सोमबार कतार उड्ने तयारी गरेका रामेछाप, मन्थलीका रमेश श्रेष्ठले बेरोजगार युवा वैदेशिक रोजगारीमा जान नपाउने अवस्था सिर्जना भएकाले सरकारलाई गम्भीर बन्न आग्रह गरे । म्यानपावरले काम ठप्प पारेका कारण उनी उड्न पाएनन् । मन्त्रालयले मलेसिया रोजगारी बन्द गरेको विरोधमा वैदेशिक रोजगार व्यवसायी संघले जेठ १७ गतेदेखि सबै गन्तव्य मुलुकको उडान बन्द गरेका छन् ।

Read More