
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २१ बैशाख । जिल्ला प्रहरी कार्यालय झापाले चोरी मुद्दामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बैशाख २० गते राति करिब २१:४५ बजे भद्रपुर नगरपालिका–५ स्थित मेचीपुल क्षेत्रमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका व्यक्तिहरूलाई शंकास्पद अवस्थामा फेला पारिएको थियो । नियन्त्रणमा लिइएका व्यक्तिहरूमा झापा बिर्तामोड नगरपालिका–४ नयाँबाडी बस्ने ३२ वर्षीय आसिक आलम (मोहमद कलुवाका छोरा) र भारत, पश्चिम बंगाल घर भएका अङसार आलम रहेका छन् । उक्त व्यक्तिहरूले मिति २०८२/०८/०२ गते अर्जुनधारा नगरपालिका–६ कप्तानबारीमा ४० वर्षीय दुर्गा बहादुर पौडेल खत्रीको घरमा चोरी गरेको भन्ने आरोपमा इलाका प्रहरी कार्यालय अनारमनीमा मिति २०८२/१२/०१ गते किटानी जाहेरी दर्ता भएको…
झापा, २० बैशाख । झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ७ जनालाई पक्राउ गरिएको छ । झापाको मेचीनगर नगरपालिका–६ स्थितमा औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर–१३ का रोहन राजबंशी, मेचीनगर–९ का मनिष उप्रेती र मेचीनगर–६ का मिलन कार्कीलाई ४ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित र सर्लाही लालबन्दी नगरपालिका–२ का जिम्स खत्रीलाई १ ग्राम ६२० मिलिग्राम र शिवसताक्षी नगरपालिका–७ का रोहित भण्डारीलाई ७८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय कुमरखोदले झापा गाउँपालिका–२ का समिर प्रसाईलाई २ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर सहित र…
बुद्धशान्ति, २० बैशाख । बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाले पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्व तथा नेपाल पत्रकार महासंघ झापा शाखा सह–सचिब तिलक तामाङको प्रमुख आतिथ्यतामा साधारण सभा गरिएको हो । सभाको उद्घाटन पश्चात बोल्दै प्रमुख अतिथि तामाङले पछिल्लो समय सरकारले मिडियामा नाकाबन्दी लगाउने किसिमको निर्णय गरेकाले पत्रकारिता क्षेत्रमा दिनानुदिन चुनौतीहरु थपिदै गइरहेको बताएका छन् । उनले सरकारले सरकारी विज्ञापन सरकारी पत्रिकामा मात्रै प्रकाशित गर्नुपर्ने निर्णय गरेकाले सरकारको उक्त निर्णय तत्काल फिर्ता गर्नुपर्ने धारणा राखेका थिए । उनले स्थानीय सञ्चारमाध्यमलाई टिकाउन स्थानीय निकायको प्रमुख दायित्व रहेकोले स्थानीय निकायले स्थानीय सञ्चारकर्मी र मिडियाका…
झापा, २० वैशाख । कोशीका आन्तरिक मामिला राज्यमन्त्री उमाकान्त गौतमले झापाको कोटीहवन क्षेत्रमा रहेका धार्मिक तथा थर, गोत्रीय संरचनाको संरक्षणमा प्रदेश सरकार चनाखो , सचेत र प्रतिबद्ध रहेको बताएका छन् । गौतम समाज झापा केन्द्रीय समितिले आयोजना गरेको श्रीमद्भागवत महोत्सवको उद्घाटन गर्दै राज्यमन्त्री गौतमले कोटीहवन क्षेत्र ऐतिहासिक धार्मिक क्षेत्र भएकोले यसको संरक्षण संघ, प्रदेश र स्थानीय सरकार साझा दायित्व भएको स्पष्ट पारे । “अहिले डोजर आतंक मच्चाइएको छ, यहाँ पनि डोजर चल्ने हावादारी हल्ला चलेको सुनेको छु, यो हल्लामा कुनै सत्यता छैन” उनले भने,” यो ऐतिहासिक र धार्मिक पर्यटकीय क्षेत्र हो, यहाँ डोजर चल्ने कुरा कसैले चलाएको लहडको हल्ला हो,…
झापा, २० बैशाख । राष्ट्रिय सूचना प्रविधि दिवस (आईसिटी डे मे २)–को अवसरमा आज झापामा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘सूचना प्रविधिको विस्तारः दिगो विकासको आधार’ नारा दिएर मनाइएको यस दिवसमा झापाका महिला उद्यमीहरुका लागि डिजिटल मार्केटिङ तथा एआई सम्बन्धी तालिम सञ्चालन गरिएको हो । फेडरेशन अफ कम्प्युटर एशोसिएसन नेपाल ९क्यान महासंघ० झापाको आयोजनामा अध्यक्ष शुभ कुमाई पाठकको अध्यक्षतामा आयोजित तालिममा तीन दर्जनभन्दा बढी उद्यमी महिलाहरुको सहभागिता थियो । तालिमको सहजीकरण पत्रकार उमाकान्त खनाल र प्रथम आईटीका विजनेश एक्जुकेटिभ सुरज चिमरियाले गर्नुभएको थियो । तालिम उद्घाटन शत्रमा क्यान महासंघ कोशी प्रदेशका सचिव कृष्णप्रसाद घिमिरे र क्यान महासंघ केन्द्रका…
झापा, २० चैत । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गर्नुभएको छ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने भएका छन्। सञ्चार, हवाई सेवा र मुद्रण क्षेत्रको पदमुक्तिनेपाल वायुसेवा निगम ऐन, २०१९ बमोजिम नियुक्त अध्यक्ष, उपाध्यक्ष, सञ्चालक र महाप्रबन्धकसहित सात जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्। राष्ट्रिय समाचार समिति ऐन, २०१९ अन्तर्गतका दुई जना सञ्चालक र गोरखापत्र संस्थान ऐन, २०१९ बमोजिमका अध्यक्ष तथा सञ्चालक गरी तीन जनाको…
झापा, २० बैशाख । झापाको बिर्तामोड नगरपालिका–२ श्रीहरी टोलमा पैनी (नाला) खन्ने कार्यका क्रममा स्थानीयबीच विवाद उत्पन्न हुँदा कुटपिटको घटना भएको छ । शनिबार वडा अध्यक्षको उपस्थितिमा सडक किनारमा दुई वटा स्काभेटर प्रयोग गरी पैनी खन्ने काम सुरु गरिएको थियो । स्थानीय बासिन्दाले विरोध जनाएपछि काम तत्काल स्थगित गरी स्काभेटर फिर्ता गरिएको, स्थानीय र नगरपालिका बीच सहमति भएपछि मात्र बाँकी काम अघि बढाइने समझदारी बनेको बताइएको छ। यसैबीच, घटनास्थलमा करिब २०–३० जना स्थानीय भेला भई अर्को जेसीबी ल्याएर नाला पुर्ने प्रयास गर्दा बिर्तामोड–२ का ७३ वर्षीय नन्दकुमार उप्रेती र सोही स्थानका २२ वर्षीय निकेश मिश्रबीच विवाद भएको थियो । विवादका…
झापा, २० बैशाख । आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी प्रदेशको तराईको थोरै स्थानमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ…
झापा, १९ बैशाख । झापामा चैत महिनामा मात्र १६२ वटा सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी २५३ जना सामान्य घाइते भएका छन् । चालू आर्थिक वर्ष २०८२÷०८३ को नौ महिनाको तथ्यांक हेनेर् हो भने चैत महिनामा सबैभन्दा बढी १६२ वटा सावरी दुर्घटना भएको देखिन्छ । ती दुर्घटनामा २४२ वटा सवारी साधान संलग्न छन् । जसमध्ये सबैभन्दा धेरै मोटरसाइलक १५० वटा रहेका छन् । जिल्लामा चालू आवको चैत मसान्तसम्म १ बालक, १० महिला र ४३ पुरुष गरी ५४ जनाको मृत्यु भएको झापा ट्राफिक प्रहरी प्रमुख सन्तोष राईले जानकारी दिनुभयो । जिल्लामा सवारी…
भद्रपुर, १९ बैशाख । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को चैत मसान्तसम्म १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको छ । उक्त रकम चालु आवका लागि निर्धारण गरिएको लक्ष्यको ६९ दशमलव ८३ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवमा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ । चैत महिनामा मात्रै एक अर्ब ६० करोड ६८ लाख ४७ हजार राजश्व संकलन भएको उहाँले जानकारी दिनुभयो । उक्त संकलन चैत महिनाको लक्ष्यको ९४ दशमलव ६९ प्रतिशत हो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको साउन महिनामा एक…