झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

पथरी, २५ असोज । मोरङको पथरीशनिश्चरे–१० स्थित आफनै घरबाट मंगलबार दिउँसो ३ बजे हराएकी बालिका सामुहिक बलत्कारको शिकार भएकी छन । पुलचौक निवासी साथी बिपना महराले मेरो जन्मदिन छ भन्दै घरमा आई बोलाएर महराले २ जना केटाहरुसंग आएर लगेको छिमेकीहरुले देखेका थिए । महराले जंगलमा लगेर निगार स्थानीय भाषामा मदिरा खुवाएर जबरजस्ती बलत्कार गरेको पीडित बालिकाले बताएकी छन् । आमा अर्कैसंग पोइला गएकी र बाबू अरुकोमा हली बस्दै आएका कारण पीडित बालिका मावलीमा बस्दै आएकी थिईन् । स्थानीय बिद्यालयमा कक्षा–६ मा अध्यायन गर्दै आएकी १३ वर्षीया ती बालिकालाई एउटा मोटरसाईकलमा आएका पथरीशनिश्चरे वडा नं. ९ का राजकुमार माझी र पथरीशनिश्चरे…

Read More

बुधबारे, २५ असोज । तीनतले सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्तिले आप्mना २२ उपभोक्ता परिवारका युवायुवतीहरुलाई मोटर ड्राइभिङ तालिम दिने भएको छ । आज बिहिबार समितिको कार्यालयमा भएको कार्यक्रममा सो जानकारी गराइएको हो । गरिवी न्युनिकरण कोषबाट २२ जनालाई सो तालिम प्रदान गरिने छ । स्थानीय बाँस्तोला मोटर ड्राइभिङ सेन्टरसँग सम्झौता गरी १ लाख ५० हजार सामुदायिक वनले लगानी गर्ने र बाँकी प्रशिक्षार्थीले बेहोर्ने गरी प्रति प्रशिक्षार्थी ९ हजारका दरले सो तालिम प्रदान गर्ने जनाइएको छ । गरिवी न्युनिकरण कोषका संयोजक शरद मगरको सभापतित्व र तीनतले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नन्दकुमार राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रशिक्षार्थीहरुलाई लगनशिल भएर तालिम…

Read More

सान नेपाल गौरादह, २५ असोज । युवाहरुको विदेशमोह बढ्दै गएको समयमा झापा गौरादहका युवा आप्mनै ठाउँमा विकल्प खोज्न थालेका छन् । कृषि, पशुपालन, उद्योग–व्यवसाय सञ्चालन गरेर यहाँका युवा आत्मनिर्भर बन्दै गएका हुन् । यहाँका केही युवाले संयुक्त लगानीमा गौरादह नगरपालिका–४ स्थित जोरघरेमा सरसफाइका सामग्रीको उत्पादन शुरु गरेका छन् । के एण्ड के ग्रुपको नामक यस उद्योगले पहिलो चरणमा शौचालय सफाई गर्ने र भुइँ सफाइ गर्ने सामग्रीको उत्पादन शुरु गरेको छ । पाँच युवाको रू १० लाखको लगानीमा उद्योग सञ्चालनमा आएको हो । उद्योगमा दुर्लभ काप्mले, पंकज कार्की, सुमन काप्mले, विवेक गिरी र नगेन्द्र कार्कीले लगानी गरेका छन् । उद्योगबाट ‘के…

Read More

बिर्तामोड, २५ असोज । झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई मेचीनगर–६ बाट असोज २२ गते पक्राउ गरेको हो । ‘भारतीय डब्यूबी १७४२७००१ नम्बरको बोलेरो गाडी चेकजाँच गर्दा लागुऔषध भेटियो’, उहाँले भन्नुभयो, ‘नियन्त्रणमा लिएकामध्ये लिम्बूमाथि शंका लागेपछि उनको घरमा चेकजाँच गर्दा हतियार, विस्फोटक पदार्थसहित गैरकानूनी सामग्री फेला प¥यो ।’ प्रहरीले लिम्बूको घरबाट एक केजी पाँच सय…

Read More

काठमाडौँ, २५ असोज । सिन्धुलीपाल्चोक बाह्रबिसे नगरपालिका ७, खनियाबासका १८ बर्षे मनीष तीन महिनाअघि मात्रै बा ४ ख ३१९१ नम्बरको बसमा परिचालक भएका थिए । सोमबार साँझ बसमा भर्याङको डन्डी समाएर बसेका तामाङ अरनिको राजमार्गको गठ्ठाघरसम्म झुन्डिरहेका थिए । राजमार्ग छोडेर भित्री सडकमा पुगेपछि साँझ ६ बजे उनी बसबाट खसे । चालक र यात्रु कसैले थापा पाएनन् । बस आफ्नै रफ्तारमाा कुदिरह्यो । पिच सडकमा बाज्रिएका तामाङ सडकमा छटपटिरहे । डकमा सवारीसाधन गुडिरहे । पैदलयात्रुको आवातजावत पनि चलिरह्यो । उनको उद्धारमा कोहि अघि सरेन । केहिबेरपछि उनको उद्धार भयो । एम्बुलेन्स बोलाएर गठ्ठाघरमा रहेको नागरिक अस्पताल पुर्याइयो । चिकित्सकले एम्बुलेन्स…

Read More

काठमाडौँ, २५ असोज । नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक एकतालाई लिएर विवाद चुलिरहेका बेला नेता वामदेव गौतमलाई उपनिर्वाचन लड्ने विषयले झनै विवाद बढाएको छ । नेकपाले बर्दिया निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा चुनावमा पराजित नेता गौतमलाई काठमाडौं ७ बाट निर्वाचित सांसदलाई राजीनामा गराएर संसदमा लैजाने प्रक्रिया सुरु गरेपछि यसले विवाद भने चर्काएको हो । मंगलबार नेकपाका सांसद रामवीर मानन्धरले पत्रकार सम्मेलनमार्फत गौतमका लागि राजीनामा दिने घोषणा गरेका थिए । सांसद मानन्धरले अध्यक्ष पुष्पकमल दाहाल र नेता गौतमसँग छलफल गरी राजीनामा दिन लागेको जनाएपछि नेकपाका सचिवालय सदस्य एव उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जालमा लामो प्रतिक्रिया लेख्दै दुर्भाग्य सम्भावनालाई पराजित गर्नुपर्ने बताएका…

Read More

काठमाडौँ, २५ असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निर्णय नभएको बताएका छन् । उनले नेता गौतमलाई उपनिर्वाचनमार्फत संसद्मा ल्याउने सन्दर्भमा काठमाडौं निर्वाचन क्षेत्र नं। ७ का सांसद रामवीर मानन्धर ले राजीनामा दिने चर्चाबारे पार्टीमा कुनै निर्णय नभएको बताएका हुन् । अध्यक्ष प्रचण्डले सिट गुमाउने गरी निर्वाचनमा नजाने बताउँदै उनले जित्ने गरी मात्र उम्मेदवार बनाउने बताए । बर्तमान सरकार ५ बर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताउँदै उनले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारीरुपमा काम गर्न सकिने विश्वास व्यक्त गरे । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

काठमाडौँ, २५ असोज । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका सञ्चालकले ३३ करोड ७६ लाख रुपैयाँभन्दा बढी अनियमितता गरेको पाइएको छ । कलेजको लेखापरीक्षण प्रतिवेदनअनुसार उक्त रकम अनियमितता भएको पाइएको हो । कलेजका अध्यक्ष लम्बोदर न्यौपाने, सूर्यबहादुर केसी, लवराज भट्टराई, रामरत्न उपाध्याय र उपेन्द्र गौतमले ३३ करोड ७६ लाख ७३ हजार रुपैयाँ अनियमितता गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ। सञ्चालक समिति सदस्य हरिप्रसाद पाण्डे, सलिल भट्टराई, डा।दीपक भट्टराई, सोमप्रसाद मिश्र, प्राचार्य हरिकृष्ण श्रेष्ठ र सहायक प्राचार्य दीपक धामीले कलेजको आर्थिक हिसाब पारदर्शी बनाउन ‘जी पौडेल एण्ड एसोसिएट्स’ बाट लेखापरीक्षण गराएका थिए। जसअनुसार अध्यक्ष लम्बोदर न्यौपानेलगायत १५ जनाको नाममा बेरुजु देखिएको हो। लेखापरीक्षण प्रतिवेदनअनुसार…

Read More

काठमाडौँ, २५ असोज । बाटुलीमाया चेपाङको नागरिकतामा जन्म मिति २००१ साल छ । उनले राज्यले दिने बृद्ध भत्ता बुझ्दै आएकी थिइन् । गएको साउनमा आफ्नो भत्ता लिन उनी वडा कार्यालय पुगिन् । कालिका नगरपालिका ११ वाङथालमा उनको घर छ । घरदेखि दुइ घण्टा परको वडा कार्यालय पुग्दा कर्मचारीले उनलार्य बृद्धभत्ता नपाउने बताए । वडा कार्यालयमा उनको मृत्यु भएको विवरण पुगेको थियो । मरको मान्छेले कसरी भत्ता पउने ? बृद्धा बाटुली गाउँमा बिलौना गर्दै हिँड्न थालिन् म त मरी सकेछु । अबदेखि भत्ता पाउन्न रे । केहि युवाले सोधखोज गर्दा पत्ता लाग्यो बाटुलीको निधन ०७४ सलको पुस १७ गते भएको कागजपत्र वडा…

Read More

काठमाडौँ, २५ असोज । बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ । तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए । तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान समेतका ४९ जना विरुद्ध उक्त आक्रमणको आरोप लागेको थियो । रहमानमाथि आक्रमणको योजना बनाएको आरोपमा मुद्दा चलेको छ । ५० वर्षीय रहमान भने सन् २००८ मा देश छाडेर बेलायतको लन्डनमा निर्वासित जीवन व्यतित गरिरहेका छन् । भ्रष्टाचारको आरोपमा गत फेब्रुअरीमा पाँच…

Read More