झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुनसरी, ७ असोज । १२ बर्षिय बालिकालाई जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सुनसरी धरान उपमहानगरपालिक–११ सगरमाथा टोल बस्ने भोजपुर घोंडेटार–७ रानीबासका ३० बर्षीय दुर्गाबहादुर बिक पक्राउ परेका हुन् । बिकलाई जबरजस्ती करणीको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको हो । दुर्गाबहादुरले धरान उपमहानगरपालिका–११ बस्ने १२ वर्षीया बालिकालाई सोही ठाउँस्थित रहेको जंगलमा लगि जबरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Read More

विराटनगर, ७ असोज । विराटनगर महानगरपालिका १६ मा युवकको शव भेटिएको छ । विराटनगर रानीको बुधनगर जाने भित्री सडकको हृयुमपाइप भित्र कुहिन थालेको अवस्थामा युवकको शव भेटिएको हो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार विभत्स अवस्थामा भेटिएको युवकको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । अन्दाजी २५(२६ बर्षको जस्तो देखिएको युवकको अनुहार पहिचान गर्न सक्ने अवस्थाको छैन । हृयुमपाइप भित्रै सडेको अवस्थामा भेटिएपछि प्रहरी स्काभेटरको प्रयोग गरी शव निकालेको निरौलाले बताए । सहज रुपमा शव निकाल्न नसकिएपछि स्काभेटर प्रयोग गरेको हो । सडेको अवस्थामा भेटिएको शवको अनुहार पहिचान गर्न सक्ने अवस्थाको…

Read More

दुनियाको एउटा यस्तो ठाउँका बारेमा के तपाइँले कहिल्यै सुन्नुभएको छ, जहाँ ७० वर्षका वृद्धा महिलाहरु पनि १७ वर्षे उमेरका झैँ तन्नेरी र सुन्दर देखिन्छन् ? सुन्दैमा अनौठो तथा लोभलाग्दो लाग्ने यस्तो यथार्थ पाकिस्तानको एउटा गाउँमा पाइन्छ । यो संसारमा सयौँ आदिवासीहरु बसोबास गर्दछन् । ती मध्ये एक हुन्जा आदिवासी यस्ता छन् जो वास्तवमा कहिल्यै बुढा नै हुँदैनन् भन्दा हुन्छ । यो आदिवासीका खासगरी महिलाहरु पाको उमेरसम्म पनि जवान र सुन्द्यर देखिन्छन् । पाकिस्तान अधिनस्थ काश्मीरको गिलगिट इलाकास्थित हुन्जा उपत्यकामा यो जनजाति समुदाय बस्दछ । अनौठो त के भने यो समुदायका महिलाहरुले ६५।७० वर्षको उमेरमा पनि बच्चा जन्माउँदछन् । यो समुदायका…

Read More

बलिउडकी मोडल राखी सावन्त विभिन्न बिषयमा दिएको बयानका कारण सधै नै विवादमा रहन्छिन् । राखी सावन्तको विवादस्पद बयानले उनलाई प्रहरी चौकीसम्म पुर्‍याउने गरेको छ । उनै, राखीले फेरि एउटा भिडियो सार्वजनिक गरेर चर्चा कमाइरहेकी छिन् । राखीले आफ्नो शरीरको कुनै एक अंग दान गर्ने घोषणा पनि गरेकी छिन् । उनले भिडियो सन्देशमा भनेकी छिन्– ‘यो संसारमा कति धेरै असल मानिसहरु छन् । जो अरुका लागि आफ्नो आँखा, मुटु, मृगौला दान गर्छन् । म पनि आफ्नो यस्तै एउटा अंग दान गर्न चाहन्छु । मेरो साथमा अरु त त्यस्तो केही पनि छैन, मेरो आकर्षक बक्षस्थल छ । म आफ्नो बक्षस्थल दान गर्न…

Read More

इलाम, ७ असोज । नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन समयमा आर्थिक सहयोग गर्ने उद्देश्यले रु ५० हजारको राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । महासङ्घको आज बसेको बैठकले तत्काल रु ५० हजारको राहत कोष स्थापना गर्ने र पछि रकम बढाउँदै लैजाने निर्णय गरिएको महासङ्घका सचिव ख्याम भुजेलले जानकारी दिनुभयो । कोष निर्माण गर्न शाखा अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा उपसमिति गठन गरिएको छ । बैठकले वार्षिकरुपमा मेचीका उदयमान पत्रकारलाई वितरण गरिँदै आएको आशिष स्मृति पुरस्कार कोष रु एक लाखको बनाउने निर्णय गरेको छ । हाल कोषमा रु ६० हजार रहेको छ ।

Read More

काठमाडौँ, ७ असोज । एएफसी सोह्र वर्षमुनि (यू–१६) महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘ई’ को उपाधि म्यान्मारले हात पारेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको छनोट चरणअन्तर्गतको अन्तिम खेलमा म्यान्माले फिलिपिन्सलाई ५–१ गोलअन्तरले पराजित गर्दै समूह ‘ई’ को उपाधि रक्षा गरेको हो । तीन खेल खेलेको म्यान्मा ९ अङ्क जोड्दै शीर्ष स्थानमा रह्यो । उपाधिसहित म्यान्माले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गरेको छ । यता ६ अङ्क जोडेको फिलिपिन्स पनि समूह ‘ई’ मा दोस्रो हुँदै थाइल्याण्डको यात्रा तय ग¥यो । समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको यात्रा…

Read More

भद्रपुर, ७ असोज । समग्र मानव सूचकाङ्कमा मुलुककै उत्कृष्ट १० जिल्लाभित्र पर्ने झापामा एउटा बस्ती नै पिउने पानीका लागि परम्परागत स्रोत इनारमा निर्भर छ भनेर सुन्नेलाई पत्याउन गाह्रो होला । दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–५ को डाँगीटोल पुगेपछि पत्याउनैपर्ने हुन्छ, किनकि त्यहाँका ५० परिवार अझै पनि एउटै इनारको पानीमा निर्भर छन् । स्थानीय गोपालप्रसाद गनगाईले टोलवासीले ४७ वर्ष पुरानो इनारबाट पानीको आवश्यकता पूरा गरिरहेको बताउनुभयो । टोलमा बसोबास गर्ने अधिकांश स्थानीय आदिवासी समुदाय गनगाई रहेका छन् । उनीहरूले पिउने, लुगा धुने, नुहाउने र गाईबस्तुलाई खुवाउनका लागि त्यही एउटा इनारको पानी प्रयोग गरिरहेका छन् । त्यसो त टोलमा पानीको अन्य स्रोतका लागि…

Read More

पशुपतिनगर, (इलाम) ७ असोज । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत कोइरालाको क्रेनको ठक्करबाट मृत्यु भएको छ । इलाम सदरमुकामस्थित जिरो किलोमिटरबाट कार्यालय जाने क्रममा झापाको कनकाई नगरपालिकाको सुरुङ्गामा आज बिहान ९ः४५ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना १ क ३७२९ नंको जेसिबी क्रेनले पछाडिबाट कोइराला चढ्नुभएको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते कोइरालाको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा निधन भएको सुरुङ्गा ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक टेकहादुर बस्नेतले बताउनुभयो । क्रेनको ठक्करबाट कोइराला चढ्नुभएको मे ५ प ६६६४ नंको मोटराइकल क्षतविक्षत भएको छ । क्रेनका चालक फरार छन् ।

Read More

काठमाडौँ, ७ असोज । एएफसी सोह्र वर्षमुनि (यु–१६) महिला च्याम्पियनसिपअन्र्तगत आज छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्नेछ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा हुने उक्त खेलमा समूह ‘इ’ को आफनो अन्तिम खेलमा नेपालले विजय लक्ष्यका साथ मलेसियाको सामना गर्नेछ । उक्त खेल नेपाली समयअनुसार दिउसो ३ ः३० बजे हुनेछ । नेपाल र मलेसिया पहिलो जीतको खोजीमा हुनेछन् । यसअघि नेपाल फिलिपिन्ससँग ४–० गोल अन्तरले तथा दोस्रो खेलमा म्यानमारसँग ११–१ गोल अन्तरले पराजित भएको थियो । समूह ‘इ’ मा म्यानमार र फिलिपिन्स दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । त्यस्तै आज नै हुने अर्को खेलमा समूह विजेता टोलीको छिनोफानो हुनेछ…

Read More

भद्रपुर, ६ असोज । खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु उराऊको मृत्यु भएको छ । घरदेखि आठ सय मिटरको दूरीमा रहेको काली खोलामा आज बिहान उनको शव फेला परेको हो । दैनिक जसो मादक पदार्थ सेवन गरेर हिँड्ने उराऊको मापसेकै कारण खोलामा डुबेर मृत्यु भएको अनुमान प्रहरीको छ । उनको आजै मेची अञ्चल अस्पताल भद्रपुरमा शव परीक्षण गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

Read More