
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २१ भदौ । ट्याक्सीको सिन्डिकेट हटाउने सरकारी योजना अलपत्र परेको छ । मन्त्रिपरिषद् बैठकले २०७१ भदौ १९ मा यातायात विभागका महानिर्देशकको नेतृत्वमा बनाएको समितिले हालसम्म प्रतिवेदन बुझाएको छैन । समितिलाई मुलुकभरका कुन–कुन जिल्लामा कति ट्याक्सी आवश्यक छ, हरियो नम्बर प्लेटका ट्याक्सी व्यवस्थापन र सिन्डिकेट हटाउनेबारेमा एक महिनाभित्र प्रतिवेदन तयार पारेर बुझाउन निर्देशन दिइएको थियो। ‘तर समितिले हालसम्म प्रतिवेदन बुझाएको छैन,’ यातायात सुधार अभियन्ता रामबहादुर थापाले भने। सुरुमा यातायात व्यवस्था कार्यालय सानारठूला सवारी कार्यालय वाग्मती एकान्तकुनाले पर्यटक र जनसंख्या वृद्धिलाई लक्षित गरेर २०६९ माघमा ट्याक्सी अपुग भएको निष्कर्ष निकालेको थियो। त्यतिबेला कार्यालयले ५ हजार ट्याक्सी थप गर्न विभागमा प्रस्ताव गरेको…
झापा, २१ भदौ । बर्दियाकी एक चौधरी थरकी युवतीले खाडीमा छोरी जन्माएर घर फर्किइन् । शुरुमा परिवारले घरमा पस्न दिएनन् । पछि श्रीमानले ‘जे भयो, भयो’ भनेर श्रीमतीलाई घरमा भित्र्याए, विदेशीको उपहार छोरीसहित । मालिकले गर्भवती बनाए । छोरी जन्मियो । बच्चा जन्मिएपछि यही छोड्नु पर्छ भन्ने पूर्व सहमति थिएन । मालिकले यौन हिंसा गर्दा बच्चा जन्मिएको थियो । मालिकले छोरी छोड्नै पर्छ भन्ने कर गरेनन् । सोझी युवतीले पनि विदेशबाट बच्चा बोकेर फर्किदा मलाई गाउँमा के भन्लान् भन्ने फिक्रि गरिनन् । नौ महिना गर्भमा रहेको सन्तानलाई छोड्न कुन चाहि आमाको मनले मान्छ र रु अहिले उनी घरमै छिन् ।…
झापा, २१ भदौ । २०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम मन्त्रिपरिषदले कटौती गर्ने निर्णय गरेपछि १३ लाख बालबालिका प्रभावित हुने भएका छन् । २०५२ देखि चलिरहेको राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्लुएफपी को सहयोगमा चलिरहेको शिक्षाका लागि खाद्य परियोजना पनि प्रभावित हुने भएको छ । यो कार्यक्रमअन्र्तगत २ लाख ६० हजार बालबालिकाले दिवाखाजा पाउँदै आएका छन् । सविधानले प्राथमिक शिक्षालाई अनिवार्य र माध्यमिकलाई निशुल्क गरेलगत्तै सरकारले दिवाखाजा कार्यक्रम कटौती गरेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौँ, २१ भदौ । बालुवा बोकेको अनियन्त्रित टिपरले हिर्काउदा पुर्वपश्चिम राजमार्गको धारापानीमा दाजुभाईको मृत्यु भएको छ । मोटरसाईकलमा यात्रारत दाजुभाईलाई तीव्र गतिमा रहेको टिपरले किचेको थियो । उदयपुरको त्रियुगा नगरपालिका ४ बस्ने २५ बर्षीय विकास राई र २३ बर्षीया सचिन्द्र राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । मृत्क विकास र सचिन्द्र दाजुभाई हुन् । विदेशबाट आएको समान लिन उनीहरु महोत्तरीको बर्दिवाससम्म यात्रारत थिए । चारपाङ्ग्रेएउटा गाडीलार्य ओभरटेक गरेको स ५ प ९०४६ मोटरसाईकललाई ढल्केबरबाट पुर्वतर्फ गईरहेको ना १ प ६१८९ नम्बरको टिपरले ठक्कर थिएको थियो । टिपर तिब्र गतिमा थियो ।, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर…
हेटौँडा, २० भदौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पाँच वर्षभित्रमा समृद्ध नेपाल बनाएरै छाड्ने बताउनुभएको छ । मकवानपुरको मनहरी–९ रजैयास्थित ओम वातावरण शुद्धीकरण अभियान अग्निहोत्राश्रमको वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “अबको छ महिनाभित्रमा सरकारले देखिने गरी काम गर्ने योजना छ ।” पूर्व–पश्चिम रेलमार्ग सपना मात्र नभइकन एथार्थ रहेको बताउँदै उहाँले अब चीन र भारतबाट रेल आउने निश्चित भएको बताउनुभयो । वर्षायाम सकिएपछि काठमाडौँको सबै सडक स्तरोन्नति गरेर सफा र हराभरा बनाउने उहाँको भनाइ छ । अहिले जनता सरकारप्रैति खुशी नरहेको बताउँदै उहाँले भन्नुभयो, “काठमाडौँको सडक हिलो, चिप्लो हेरेर सबै जनता निराश छन् । अब यो वर्षायाम…
बिर्तामोड, २० भदौ । झापाका दुई पानी उद्योगमा आज शिलबन्दी गरिएको छ । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले झापाका पानी उद्योगमा आज गर्नुभएको अनुगमनका क्रममा बिना अनुमति सञ्चालित गोर्खा मिनरल र भगवती वेभरेज अनुमतीबिना सञ्चालन भएको पाइएपछि ती उद्योगलाई तत्काल बन्द गर्न अनुगमन समितिले निर्देशन दिएको छ । विषय विज्ञ र कर्मचारीसहित आएको अनुगमन टोलीले उद्योगहरुबाट पानीको स्याम्पल लिएर गएको छ । त्यो पानीको गुणस्तर मापन गरेर चाँडै रिपोर्ट सार्वजनिक गरिने मन्त्री घिमिरेले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री घिमिरे नेतृत्वमा गएको टोलीले झापाका एचएमएन फुड वेभरेज, देवी पाथीभरा इन्डष्ट्रिज, गोर्खा मिनरल, विशाल वेभरेज, भगवती वेभरेज,…
काठमाडौँ, २० भदौ । किशोरी हराई खोजीका लागि प्रहरीमा उजुरी गरेको १७ दिनसम्म पनि अवस्था थाहा नपाउँदा अभिभावक चिन्तित बनेका छन् । काठमाडौँ महानगरपालिका–४, चप्पल कारखाना बस्दै आएकी १६ वर्षीया आरती अधिकारी भदौ २ गते प्रगति टोलबाट हराएकी थिइन् । आफन्तकहाँ नभेटिएपछि अभिभावकले भदौ ३ गते महानगरीय प्रहरीवृत्त महाराजगञ्जमा उजुरी गरे । उजुरी गरेको १७ दिन पूरा हुँदा पनि अवस्थाका बारेमा थाहा पाउन नसकिएको अधिकारीका मामा तेजबहादुर बानियाँले गुनासो गर्नुभयो । प्रहरीले विस्तृत कल विवरण माग गर्न लेखेको पत्रमा मोबाइल नं गलत लेखेकाले पनि अनुसन्धानमा ढिलाइ भएको उहाँको भनाइ छ । वृत्तका प्रहरी नायब उपरीक्षक भेषराज रिजाल भने आमाबाबुले गाली…
विराटनगर, २० भदौ । जिल्ला अदालत मोरङले सहकारीको रकम ठगी गर्ने तीन जनालाई थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश दीपक खनालको एकल इजलास ले विराटनगर–९ बाटारोडस्थित प्राइम सहकारीमा सर्वसाधारणले बचत गरेको करौडौँ रकम ठगीको आरोप लागेका सो सहकारीका प्रमुख ईन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिब ईश्वर श्रेष्ठ र उपाध्यक्ष विष्णुप्रसाद सुवेदीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले आज जानकारी दिनुभयो । मुलुकी ऐनको अदालती बन्दोबस्तीको ११८ को २ बमोजिम उनीहरुलाई थुनामा राख्न आदेश दिएको श्रेस्तेदार नवराज दुलालले वताउनुभयो ।
सन्तोष शर्मा झापा, २० भदौ । झापाको हल्दिबारी गाउँपालिकाको सबै टोल विकास संस्थामा महिलाले नेतृत्व पाएका छन् । गाउँपालिकाले पाँच वटा वडामा गठन गरेको २७ वटा टोल विकास संस्थाको अध्यक्षमा महिलाले नेतृत्व पाएका हुन् । गाउँपालिकाको दोस्रो गाउँसभामा पारित ‘हल्दिबारीका महिला, विकासमा पहिला’ भन्ने नीति तथा कार्यक्रम अन्तरगत सबै टोल संस्थाको नेतृत्व महिलालाई प्रदान गरिएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिनुभयो । गाउँपालिकाले आज कार्यालय परिसरमा आयोजना गरेको ‘टोल विकास संस्था दर्ता हस्तान्तरण’ कार्यक्रममा टोल विकास समितिका अध्यक्षहरुलाई प्रमाणपत्र र संस्था सञ्चालन कार्यविधि प्रदान गरेको छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले गाउँपालिकाको विकास र समृद्धिमा महिलाको भूमिका महत्वपूर्ण हुने…
बनियानी, २० भदौ । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले झापाका पानी उद्योगको आज अनुगमन गर्नुभएको छ । मोरङका विभिन्न १० वटा पानी उद्योगमा कोलिफर्मको मात्रा पाइएपछि मन्त्री घिमिरेले यहाँका पानी उद्योगको अनुगमन गर्नुभएको हो ।पानी जीवनको महत्वपूर्ण आधार भएकाले पानीको शुद्धता अत्यावश्यक भएको मन्त्री घिमिरेले बताउनुभयो । अनुगमनका क्रममा झापाका तृष्णा, लाइफलाइन, गोर्खा लगायत आधा दर्जन पानी उद्योगको नमुना संकलन गरिएको छ । उद्योगले गर्नुपर्ने सुधारका विषयमा तत्कालै लिखित निर्देशन दिइएको मन्त्री घिमिरेले बताउनुभयो । ‘संकलित नमूनाको नतिजा एक साताभित्र सार्वजनिक गरिनेछ’, उहाँले भन्नुभयो, ‘जे रिजल्ट आउँछ, त्यसका आधारमा कारबाही प्रक्रिया अघि बढ्छ ।’ ‘प्रदेश सरकार…