झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, २९ साउन। केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । ऋषि कट्टेल नेतृत्वको नेकपाले आयोगमा उजुरी गरेको हो । तत्कालीन एमाले र तत्कालीन माओवादीबीच एकता भएपछि नयाँ पार्टीको नाम ने।क।पा। राखेर निर्वाचन आयोगमा दर्ता गरिएको छ जुन नाम कट्टेल नेतृत्वको नेकपासँग मिल्छ । त्यसैले कट्टेलले सत्तासिन दलले दल दर्ता सम्वन्धमा असंवैधानिक, गैह्रकानुनी र दुर्नियतपूर्ण काम गरेको बताउँदै आएका छन् । सत्तासिन दलको कामलाई प्रोत्साहन हुने गरी सञ्चार माध्यमले पनि समाचार सम्प्रेषण गरिरहेको गुनासो कट्टेलको गुनासो छ । अध्यक्षद्वय ओली र प्रचण्ड तथा धुम्बाराही र पेरिसडाँडास्थित…

Read More

बनियानी, झापा, २९ साउन । झापाको विभिन्न स्थानबाट विप्लव नेतृत्वको नेकपाका पाँच जना कार्यकर्तालाई प्रहरीले आज पक्राउ गरेको छ । झापाको कचनकवलबाट एक जना, बिर्तामोड र दमकबाट दुई÷दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार कचनकवल–१ बनियाँनीबाट ४३ वर्षीय देवी खड्का, बिर्तामोडबाट ३५ वर्षीय दीपमान राई र ४८ वर्षीय प्रेम चापागाईं तथा दमकबाट २५ वर्षीय असल लिम्बू र २६ वर्षीय राजु दासलाई पक्राउ गरिएको हो । ‘बन्द गराउँदै र पर्चा बाँड्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो’, उहाँले भन्नुभयो, ‘जिल्लामा त्यस्तो कुनै अलोकप्रिय घटना भएको छ, अवस्था सामान्य छ ।’…

Read More

विराटनगर, २९ साउन । कृषि विकास बैंक लिमिटेड विराटनगर क्षेत्रीय कार्यालयले गत आर्थिक वर्ष मा कूल रु १० अर्ब ९९ करोड १८ लाख ५७ हजार ऋण लगानी गरेकामा रु ११ अर्ब १६ करोड ४५ लाख २५ हजार असुल गरेको छ । मेची–कोशी अञ्चलका १० जिल्लामा कार्य क्षेत्र रहेको यो बैंकको क्रृण असुली समग्रमा ११० प्रतिशत रहेको बैंकका अधिकृत उमेशकुमार मास्केले वताउनु भयो । कृषि क्षेत्रमा मात्र लगानी गरिरहेको यो बैंकले मेची अञ्चलमा रु तीन अर्ब ७७ करोड २३ लाख १९ हजार लगानी गरेकामा रु तीन अर्ब आठ करोड ८२ लाख ४९ हजार असुल गरी ९६ प्रतिशत लक्ष्य हासिल गरेको छ…

Read More

उट्पटाङ हर्कत गरेर चर्चा र विवादमा आउन खप्पिस छिन् बलिउडकी ड्रामा क्वीन राखी सावन्त । हालै उनले यस्तै एउटा हर्कत गरेकी छन् । राखीले इन्टाग्राममा एउटा भिडियो पोष्ट गरेकी छन् । भिडियोमा उनी हवाईजहाजभित्र सिटमा बसिरहेकी देखिन्छिन् । उनी भन्छिन्, ‘मलाई जहाजभित्रै डान्स गर्न मन लाग्यो, के गर्ने होला ?’ त्यसपछि उनले जहाजका क्रु मेम्बरलाई सोध्छिन्, ‘के म जहाजभित्र डान्स गर्न सक्छु ?’ उनीहरुले त्यस्तो गर्न नमिल्ने बताउँछन् । त्यसपछि राखी भन्छिन्, ‘ठिक छ त्यसो भए म वासरुम भित्र गएर डान्स गर्छु । मलाई बेस्सरी डान्सले च्याप्यो ।’ त्यसपछि उनी वासरुम भित्र पस्छिन् र अहिले ट्रेन्डिङमा रहेको गीत ‘किकी, डु…

Read More

बेलायतमा एकजना महिला भूतसँग प्रेममा परेकी छिन् । भूतको प्रेममा उनी यति फसेकी छिन् कि भूतसँगको संसर्गबाट बच्चा जन्माउने उनको चाहना छ । एमथिस्ट रिल्म हो उनको नाम । आफू एउटा भूतसँग सिरियस रिलेसनशिपमा रहेको दाबी उनको छ । उनको प्रेमकहानी अनौठो छ । उनको जीवनमा भूतको प्रवेश हुनुअघि उनका एकजना प्रेमी थिए । उनले आफ्नो ब्वायफ्रेण्डसँग इन्गेजमेन्ट पनि गरिसकेकी थिइन् । बिहे पनि छिट्टै गर्ने योजना थियो । उनको ब्वायफ्रेण्ड कामका कारण प्रायः बाहिरै बस्दथे । यहीँ क्रममा रिल्मको जीवनमा भूतको प्रवेश भयो, नयाँ प्रेमीको रुपमा । भूतसँग यौनसम्पर्क गर्नकै लागि उनले आफ्नो प्रेमीलाई पनि छाडिदिएकी थिइन् । ३०…

Read More

काठमाडौँ, २९ साउन । नेपाल गुणस्तर तथा नापतौल विभागले १६ उद्योगको सामान उत्पादन तथा बिक्री वितरण बन्द गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा मापदण्डभन्दा बाहिर गएर उद्योग सञ्चालन गरेको भन्दै विभागले ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको हो । विभागले आव २०७३÷७४ मा ६ उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको थियो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा गर्न पटकपटक आग्रह गर्दा नमानेपछि ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरिएको बताउनुभयो । बिक्री वितरण बन्द गरिएका उद्योगमा खाद्यान्न, तेल, पाइप, छडलगायत बढी रहेका छन् । विभागले मापदण्डविपरीत उद्योग सञ्चालन गर्ने ६२ उद्योगलाई स्पष्टीकरणसमेत सोधेको छ…

Read More

काठमाडौँ, २९ साउन । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेलेलगत्तै नेपाली खलाडी बरियतामा समावेश भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सोमबार सार्वजनिक गरेको बरियतामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन् । सन्दीप २१७ औँ स्थानमा छन् भने सोमपाल २२९ औँ तथा ज्ञानेन्द्र २३६ औँ बरियतामा छन् । ज्ञानेन्द्र र सोमपालले नेदरल्यान्ड्सविरुद्धको सिरिजमा अर्धशतक प्रहार गरेका थिए । सन्दीपले नेदरल्यान्ड्सविरुद्ध चार विकेट लिएका थिए । साउन दोस्रो साता नेदरल्यान्ड्ससँग पहिलो अन्तर्राष्ट्रि एकदिवसीय प्रतियोगिता खेलेपछि नेपाली खेलाडी आइसिसिको बरियतामा समावेश भएका हुन् । यसअघि यही साउन २३ गते आइसिसिले सार्वजनिक गरेको टी–२० बरियतामा कप्तान पारस…

Read More

तेह्रथुम, २९ साउन । जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबैन्दी राखेपछि उनीहरुको बिचल्ली भएको छ । जिल्ला कारागारमा २५ जनाको क्षमता भएपनि ८८ कैदीबन्दी राखिएको छ । कैदीबन्दीलाई दैनिक शौच गर्न, खाना पकाउन, खानेपानीलगायत समस्या भएको छ । अहिले ८३ पुरुष र पाँच महिला कैदीबन्दी रहेको कारागार प्रमुख उमेश घिमिरेले जानकारी दिनुभयो । “क्षमताभन्दा बढी कैदीबन्दी भएपछि व्यवस्थापन गर्न समस्या भएको छ,” उहाँले भन्नुभयो । कारागारको समस्या समाधानका लागि सम्बन्धित निकायलाई पटक–पटक ताकेता गर्दैआएको घिमिरेले बताउनुभयो । “माग सुनुवाइ भएको छैन,” उहाँले भन्नुभयो । जीर्ण र साँघुरो भवनमा कैदीबन्दीलाई बस्न सास्ती भएको छ ।

Read More

गौरादह, २९ साउन । झापाको गौरादह नगरपालिका–७ वडा कार्यालय नजिक आज बम विष्फोट भएको छ । ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवन नजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिनुभयो । बम विष्फोटबाट कार्यालयको झ्यालको सिसा फुटेको छ भने पर्खालमा सामान्य क्षति भएको छ । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी चौकी ग्वाल्डुब्बाका प्रहरी सहायक निरीक्षक नीलकुमार श्रेष्ठले बताउनुभयो । प्रहरी चौकी ग्वालडुब्बा वडा कार्यालयदेखि पाँच सय मिटर टाढा रहेको छ । जिल्लाको दमकबाट सोमबार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् । पर्चा बाँड्दै गरेको अवस्थामा प्रहरीले ताप्लेजुङका २५ वर्षीय असल लिम्बू…

Read More

काठमाडौँ, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको प्रवद्र्धन, लोकतन्त्रको संस्थागत विकास, सामाजिक सहिष्णुता र समानताका आधारमा राष्ट्रिय एकताको सुदृढीकरण वर्तमान सरकारका प्रमुख प्राथमिकता भएको बताउनुभएको छ । नेपालको संविधानका सम्बन्धमा राजधानीमा आयोजित सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उहाँले असमानता, भेदभाव र दमनको अन्त्य गरेर यथाशीघ्र आर्थिक विकास र समृद्धि हासिल गर्नु वर्तमान सरकारको मुख्य लक्ष्य भएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले द्रुत विकास र समृद्धिका निम्ति सरकार सुशासन, जवाफदेहीता, पारदर्शीता, मितव्ययीता र भ्रष्टाचारलाई निर्मुल गर्नमा केन्द्रित रहेको उल्लेख गर्दै नयाँ संविधान घोषणाका निम्ति देशले व्यहोरेका उतारचढावको फेहरिस्त प्रस्तुत गर्नुभयो । संविधानका विशेषताबारे प्रष्ट पार्दै उहाँले राज्य संरचनामा महिलाको…

Read More