
धर्म गौतम
पछिल्ला समाचारहरु अनुसार प्रधानमन्त्री केपी ओलीले सामाजिक अभियन्ता डा. गोविन्द केसीलाई आप्mनै पहलमा बालुवाटारमा बोलाएर मेडिकल शिक्षा तथा स्वास्थ्य सेवामा सुधार सम्बन्धी उनका माग पूरा गनेर् वचन दिएका छन् । आप्mनो २७ दिन लामो अनशन पश्चात सरकारसँग भएका सम्झौता कार्यान्वयनतर्पm सरकारले खासै काम नगरेको देखेपछि डा. केसीले गत बुधबार पत्रकार सम्मेलन गरी ती माग पूरा गराउन उनले अकोर् अनशन बस्नु पनेर् हुनसक्छ भनेपछि प्रधानमन्त्री ओलीले डा. केसीसँग भेट्ने पहल गरेका थिए ।
डा. केसीसँगको भेटमा प्रधानमन्त्री ओलीले उनीसँग भएका सम्झौता जस्ताको तस्तै कार्यान्वय गनेर् मात्रै होइन, उनका मागलाई आप्mनै कार्यक्रम मानेर अगाडि बढ्ने समेत बताएको समाचारमा आए पनि बालुवाटारबाट फर्कंदा डा. केसी उत्साहित नरहेको कुरा समेत केही समाचारमा उल्लेख गरिएको छ । यसले डा. केसीले प्रधानमन्त्रीका साथ बिताएका दुई घण्टालाई फकेर्र हेर्नु पनेर् हुन्छ ।


डा. केसीले पत्रकार सम्मेलन गरेलगत्तै प्रधानमन्त्री ओलीले डा. केसीलाई भेटका लागि खबर गरेका थिए । तर, आपूm त्यसै दिन अस्पतालबाट डिस्चार्ज भएको र स्वास्थ्य अवस्था पनि कमजोर नै रहेकाले भेटलाई केही दिन पर सार्न डा. केसीले मागेका थिए । तर, शनिबार ११ बजे भेट्ने प्रस्ताव शुक्रबारका दिन प्रधानमन्त्रीका तर्पmबाट पुनः डा. केसीकहाँ पुगेपछि उनले शनिबारको ११ बजेको सट्टा १२ बजेको समय मिलाए ।
समाचारहरुमा आएअनुसार निर्धारित समयमा प्रधानन्त्री निवास पुगेको डा. केसीको टोलीलाई २० मिनेट जति कुराएपछि प्रधानमन्त्री ओली बैठकस्थलमा उपस्थित भए । कुशलक्षेम सोध्ने औपचारिकता पूरा गरेर प्रधानमन्त्री बोल्न थाले । उनी आधा घण्टा लगातार बोलिरहेपछि डा. केसीले प्रधानमन्त्रीसमक्ष भने, ‘प्रधानमन्त्रीज्यू, म यहाँ कतिबेर बस्छु थाहा छैन, मेरो छाती दुखिरहेको छ । पेmरि प्रधानमन्त्रीको समय त महत्वपूर्ण हुन्छ नि ।’
त्यसपछि मात्रै ओलीले डा. केसीलाई आप्mना कुरा राख्ने समय दिए । डा. केसीले भने, ‘सर्वप्रथम तपाईंलाई धन्यवाद । मैले उठाइरहेको मुद्दामा सकारात्मक हुनुभएको छ । हाम्रो कुरा बुझाउन २७ दिन लागेकोमा भने दुःखी छु ।’
त्यसपछि केसीले प्रधानमन्त्रीलाई उनी पहिलो पटक प्रधानमन्त्री भएका बखत आपूm आठौँ अनशनमा बसेको स्मरण गराउँदै यसअघिका सरकार र आप्mना अनशनका कुरा सुनाएपछि मुलुकको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको दुरावस्थाको तथ्यगत संक्षिप्त विवरण पेश गरे र भने, ‘हाम्रो देशमा सरकारले स्वास्थ्य शिक्षामा जाने गरेको बजेटलाई खर्चको रुपमा लिएको छ, तर त्यो लगानी हो भन्ने बुभेmको छैन । त्यो लगानीमा उत्पादित जनशक्तिले देशमै सेवा गर्छन् भन्ने सरकार बुभ्mदैन ।’
विगतका अरु दुई प्रधानमन्त्रीसँगको आप्mनो तीतो अनुभव स्मरण गदैर् डा. केसीले भने, ‘शेरबहादुर देउवा चार पटक प्रधानमन्त्री हुनुभयो । उहाँको जिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापनाका लागि पटक–पटक लडेँ, त्यहाँ गेटा मेडिकल कलेज बन्दैछ । त्यसमा देउवाजीले भाँजो हाल्न खोज्नु भयो, निजी मेडिकल कलेज खोल्न खोज्नुभयो तर सक्नु भएन । प्रचण्डजी दूरदराजका जनताका लागि लड्नुभयो, तर यत्रो वर्षसम्म रोल्पाका जनताको स्वास्थ्य शिक्षाका लागि के गर्नु भयो ? उहाँ प्रधानमन्त्री भएका बेला हामीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न आवाज उठायौं, त्यो हुन नदिन चलखेल गर्नुभयो । म अनशन बस्न दाङ पुगेँ, त्यो दबाबमा प्रतिष्ठान सञ्चालनमा आयो ।’
डा. केसीले १५ औँ अनशन बस्नु अघि शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई भेटेर आपूmले राख्दै आएको मेडिकल शिक्षाको मुद्दालाई सम्बोधन गनेर् गरी चिकित्सा शिक्षा विधेयक ल्याउन अनुरोध गरेको तर त्यस प्रतिकूल विधेयक आएपछि अनशनका लागि आपूm कर्णालीतिर लागेको कथा पनि सुनाए र भने, ‘आशा छ, अब यस्तो तोडमोड हुँदैन, भयो भने म १६ औँ अनशन थाल्छु । विधेयक तोडमोड भयो भने हेर्नुहोस् प्रधानमन्त्रीज्यू, त्यो जनतामुखी, विद्यार्थीमुखी नभएर जनतामारा, र विद्यार्थीमारा हुनेछ ।’
डा. केसीका सबै कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले भने, डाक्टरसाहबसँगको सम्झौताअनुसारको विधेयक ल्याउने जिम्मेवारी मेरो हो । तपाईं पेmरि अनशन बस्ने अवस्था आउन दिन्न ।’
यसरी भेट र वार्ता टुङ्गोमा पुगेपछि प्रधानमन्त्रीले केसीको टोलीलाई बिदा गरेको भए हुने थियो । तर, प्रधानमन्त्रीले अरु असान्दर्भिक कुरा निकालेर भेटलाई लम्ब्याउन थाले । वार्तामा सहभागीका अनुसार प्रधानमन्त्रीको सचिवालयका मानिसहरु अलिक अघिदेखि नै घडी हेर्न थालिसकेका थिए तर ओली रोकिएनन् । आपूm १४ वर्ष जेल बसेको र देशका सबैजसो भागको भ्रमण गरेको सुनाउन भ्याए ।
त्यसपछि आप्mनो अभिभावकलाई जसरी प्रधानमन्त्री ओलीले डा. केसीसमक्ष गुनासो पोखे, ‘मलाई मान्छेहरुले माइतिघरमा भेला भएर मुख छोडे, डान–माफिया, आठ कक्षा पढेको भने । त्यस्तो गर्नुपनेर् अवस्था थियो र ?’
त्यो भेट वार्ताको थालनीमा प्रधानमन्त्री ओलीले मार्सी चामलको भात प्रसङ्ग पनि कोट्याए । उनले भने दुई पार्टी एकताको कुरा चल्दैथियो । प्रचण्डले एकान्तमा वार्ता गरौँ भने । कहाँ गनेर् त भन्दा मेरो साथीको घरमा भनेर लगे । होला भनेर म पनि गएँ, वार्ता भयो । भोक लाग्यो, खाना खाने कुरा भयो । खानामा मार्सी चामलको भात दिए । मीठो त थिएन । केटाकेटीले फोटो खिचेर हालिदिएछन् ।
प्रधानमन्त्री ओली र सामाजिक अभियन्ता डा. केसीबीचको भोटवार्ताका विषयमा आएका समाचार र विचारहरु हेर्दा र प्रधानमन्त्री ओलीले डा. केसीलाई ‘तपाईंका माग मेरा माग हुन्, म तिनलाई जसरी पनि पूरा गरेर छाड्छु’ जस्ता आश्वासन दिँदा पनि डा. केसी किन ढुक्क हुन सकेनन् त भन्ने प्रश्न उठ्छ । हुनसक्छ डा. केसीले प्रधानमन्त्रीका बोलिमा विरोधाभाष देखे ।
एकातिर ओली आपूm किसानको छोरो, आपैmँले हलो जोतेको, जनताकै भलाइका लागि १४ वर्ष जेल बसेको बताइरहेका थिए भने अर्कातिर माइतिघर लगायतका सार्वजनिक स्थलमा गरिने प्रदर्शनमा रोक लगाएकामा मानिसले विरोध गरेको विषयलाई लिएर गुनासो गदैर् थिए । असलमा जनताको पक्षमा दत्तचित्त भएर काम गरे र त्यसको प्रतिफल जनतासामु आउन थाले माइतिघरतिर प्रदर्शन गर्न जाने फुर्सद कसलाई हुने थियो भन्नेतिर ओलीको ध्यान पटक्कै गएको देखिँदैन ।
लाग्छ, प्रधानमन्त्री ओलीलाई लागेको छ, मैले राम्रा काम गरिरहेको छु, विपक्षीहरु बिनासित्तै मेरो विरोध गरिरहेका छन् । त्यति मात्रै होइन सरकारका राम्रा कामको प्रतिरक्षा र प्रतिपक्षीको अनावश्यक विरोधमा आप्mना नेता कार्यकर्ताले समेत केही गरिरहेका छैनन् । त्यसैले उनी पार्टीका फोरमहरुमा आप्mनै दलका नेता कार्यकर्तामाथि समेत असन्तुष्टि व्यक्त गरिरहेका देखिन्छन् ।
कसैले पनि राम्रो गदैर्छु भनेर आत्मसन्तुष्टि लिँदैमा राम्रै भइरहेको छ भन्न सकिँदैन । राम्रो कामको प्रतिफल जनताले देख्ने खालका हुनुपर्छ । यथार्थमा त्यस्तो भइरहेको छैन, हुन सकिरहेको छैन । भएको भए त कम्तिमा आप्mनै पार्टीका नेता कार्यकर्ता त बोल्थे नि ! उनीहरु पनि किन चुप छन् त ? वास्तवमा सरकारले देखिने खालको असल काम गर्न सकेकै छैन ।
मानिसले उनलाई आठ कक्षा पढेको भनेर आलोचना गरे रे, त्यसमा उनले गुनासो गरिरहन आवश्यक छैन । बरु त्यसमा गर्व गर्नु पनेर् हो– जेलमा बस्दै उमेर गयो, स्कूल कलेज जाने समय मिलेन । तर, स्वाध्याय त सकेजति गरेको छु । त्यसलाई साथीभाइले मात्रै होइन, जनताले समेत अनुमोदन गरेका छन् । अहिलेको समयमा सबै विषयको जानकार हुन सकिँदैन । आधारभूत कुराको ज्ञान थोरबहुत मसँग पनि छ । नजानेका कुरामा सल्लाह लिनका लागि वैधानिक व्यवस्था छ । म त्यसको उपयोग गरिरहेकै छु भनेर ढुक्क भए भइगयो नि ।
ओलीजी कुरा त चाखिलै गर्छन् तर आपूm चिप्लेको थाहा पाउँदैनन् । मार्सी भातकै प्रसङ्गलाई लिऔँ । एकान्त वार्ताका लागि जाने ठाउँ कहाँ हो, कसकोमा हो भन्ने समेत यकिन नगरी उनी कमरेड प्रचण्डका पछि लागेर दुर्गा प्रसाईंकहाँ पुगे होला त ? दुई घण्टा डा. केसीसँग वार्ता गर्दा पाँच÷छ पटक औषधि सेवन गनेर् ओली खानपानका बारेमा केही नसोची प्रचण्डसँग वार्तामा निस्के होला त ?
चार दिनअघिदेखि डा. केसीसँग भेट गनेर् तयारीमा रहेका प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधेयकको कुरा कहाँ पुगेको छ भनेर शिक्षा मन्त्रीसँग पहिले नै छलफल गर्नु पनेर् थिएन ? उनका सल्लाहकारहरु के गरेर बसिरहेका हुन्छन् ? भनिन्छ डा. केसीसँग वार्ता भएपछि मात्रै त्यसबारे जानकारी लिन उनले शिक्षा मन्त्रीलाई आपूmकहाँ बोलाएका थिए ।
होला, प्रधानमन्त्री ओली मुलुकमा समृद्धि ल्याउन कसिएका छन्, नेपालीलाई सुखी बनाउन दिनरात खटेका छन् । उनको इमान्दारीमाथि शङ्का नगरौँ । तर, प्रतिफल त देखिएको छैन नि । भन्छन्, अघिल्लो सरकारले मुलुकलाई टाट पल्टाएकाले काम गर्न गाह्रो भइरहेको छ तर राष्ट्रको सञ्चित कोषमा तीन खर्ब रहेको कुरा त उनकै अर्थमन्त्रीबाट बाहिर आयो त ।
यो सरकारलाई अर्थात् नेकपाको दुइतिहाइ वहुमत भएको सरकारलाई असफल हुने छुट छैन । त्यसैले यसलाई सफल पानेर् हो भने सरकार पुनर्गठन गर्न, आपूm बाहिरिएर अकोर् सक्षम साथीलाई सिंहदरबार र बालुवाटारको चाबी हस्तान्तरण गर्न समेत ओली तयार हुनु पर्दछ । अन्यथा ओली आपूm त असफल प्रमाणित हुन्छन् नै त्यसको मूल्य मुलुकले चुकाउनु पनेर् अवस्था आउन सक्दछ । यति कुरा नेकपाका नेता कार्यकर्ताले कमरेड ओलीलाई बुझाउन विलम्ब गर्नु किमार्थ हुँदैन । त्यसपछिको निर्णय उनको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
