
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
राजेशकुमार दास सिटी स्क्यान शरीरका विभिन्न अंगहरूको जाँच गर्ने एउटा प्रक्रिया हो। यसको पूरा नाम कम्प्युटराइज्ड टोमोग्राफी स्क्यान अथवा कम्प्युटेड एक्सिअल टोेमोग्राफी हो। यो जाँच सामान्य एक्स–रे जस्तै हुन्छ तर एक्स–रे को तुलनामा सिटी स्क्यान धेरै नै आधुनिक हो र यसले एक्स–रे भन्दा बढी जानकारी दिन्छ। सिटी स्क्यानको सहायताले शरीरभित्रका हड्डी, नसा र तन्तुहरूको जाँच गरिन्छ। कसरी गरिन्छ सिटी स्क्यान ? सिटी स्क्यानका लागि बिरामीलाई मेसिनभित्र सुताउने गरिन्छ। यो मेसिनको आकार सुरुङ जस्तै हुन्छ। यो मसिनको भित्री भाग विभिन्न एंगलमा घुम्ने गर्छ र जाँच गर्नुपर्ने अंगहरूको जाँच गर्छ। जाँचमा स्क्यानर अथवा सिटी मेसिनले शरीरका भित्री भागहरूको अलगअलग लेवलमा चित्र लिने…
काठमाडौँ, ३ भदौ । सरकारले वार्षिक रु २८ अर्ब ५५ करोड लगानी गरे आगामी नौ वर्षभित्र केरुङ–काठमाडौँ रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ । रेल विभागका सिनियर डिभिजनल इन्जिनीयर प्रकाशभक्त उपाध्यायकाअनुसार सो रेलमार्गको कूल लागत रु दुई खर्ब ५७ अर्ब हुने देखिएको छ । सोही आधारमा वार्षिक रु २८ अर्ब ५५ करोड लगानी गर्नुपर्ने देखिएको हो । चिनियाँ कम्पनीले तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिन नेपाली र चिनियाँ अधिकारी छलफलमा जुटेका बेला विभागबाट उक्त जानकारी प्राप्त भएको हो । शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारी नेतृत्वको टोली चीन प्रस्थान गरेको छ…
आफनी श्रीमतीसहित दमकको लाइफलाइन अस्पतालका बालरोग विशेषज्ञ डा. अनिल थापा विरुद्ध दमकका एक जनाले प्रहरीमा मुद्धा हालेका छन् । दमक–५ का विनोद भट्टराईले आफनी श्रीमती सन्ध्या प्रधान र डा. थापावीच अनैतिक शारीरिक सम्पर्क भएको भन्दै दुवै विरुद्ध प्रहरीमा उजुरी गरेका हुन् । भट्टराईले उनीहरु विरुद्ध इलाका प्रहरी कार्यालय झिलझिलेमा ३१ साउनमा सार्वजनिक अपराध सम्बन्धी मुद्धा हालेका हुन् । उजुरी पछि दुवै अहिले फरार छन् । फरार विरुद्ध खोजतलास गरिएको झिलझिले प्रहरी स्रोतले जनायो । डा. थापा काम गर्दे आएको दमकको लाइफलाइन अस्पतालका एक सञ्चालकले भने डा. थापा एकसाता घरायसी समस्या भएकाले विदामा वसेको वताए । तर ती सञ्चालकले त्यस्तो घटनाका…
कण्डमको प्रयोग १५ हजार वर्ष अगाडि प्रयोगमा आएको इतिहास छ । फ्रान्सका प्राचीन गुफामा मानिसले कण्डम प्रयोग गरेको १२ हजारदेखि १५ हजार वर्ष पुराना चित्र भेटिएका छन् । सन् १६०० तिर जनावरको आन्द्राबाट बनाइएको कण्डम सर्वप्रथम सर्वसाधारणका लागि उपलब्ध थियो । र, महंगो भएका कारण पटक–पटक प्रयोग गरिन्थे । तर जब सन् १८३९ मा चाल्र्स गुडइयरले पहिलोपटक रबरको कण्डम विकास गरे, त्यसपछि सन् १९५७ मा अमेरिकी उत्पादक कम्पनी डुरेक्सले पहिलोपटक चिल्लो पदार्थसहितको कण्डम उत्पादन ग¥यो । मध्यपूर्वी देशमा कण्डम विभिन्न तरिकाबाट प्रयोग गरिन्छ । किसानहरूले पानी बोक्न प्रयोग गर्छन्, छानोमा चुहिने ठाउँमा प्रयोग गर्छन् र सडक मजदूरले सडकलाई चिल्लो बनाउन कण्डम प्रयोग गर्छन् । अझ रोचक त…
काठमाडौँ, ३ भदौ । स्थानीय तहमा अझै प्रशासनतर्फ करीब १३ हाजर र प्राविधिकतर्फ ३० हजार कर्मचारी अपुग छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले सङ्घीयता कार्यन्वयनसँगै स्थानीय तहमा कर्मचारी दैनिक रूपमा पठाए पनि अझै प्रशासनतर्फ १२ हजार ८७१ कर्मचारी अपुग भएको मन्त्रालयका स्थानीय तह शाखाका प्रमुख प्रेम लुइँटेलले जानकारी गराउनुभयो । सातसय त्रिपन्न स्थानीय तहमा प्रशासनतर्फ १८ हजार ३१ कर्मचारीमध्ये अहिले पाँच हजार १६० मात्र कर्मचारी छन् । सबभन्दा बढी नासु अपुग छ । बाह्र हजार ९६४ नायव सुब्बामध्ये ११ हजार ७२ अपुग छन् । उपसचिव लुइँटेलका अनुसार सहसचिव दुई, उपसचिव २१३, शाखा अधिकृत २७९, नायबसुब्बा ११ हजार ७२,…
काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन र विकासको आधारभूमिमा उभिएर परिणाममा देखिने गरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिने दृढता व्यक्त गर्नुभएको छ । ट्विटमा लेखिएको छ, “मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ ।” प्रधानमन्त्रीले नेपाली, अङ्गे्रजी, नेवारी, मैथिली र भोजपुरी भाषामा ट्विट गर्नुभएको हो । वर्तमान सरकार गत वर्ष फागुन ३ गते गठन भएको हो ।
उर्लाबारी, ३ भदौ । मोरङ विराटनगर–२ धरानरोड विक्की हार्डवेयरमा कार्यरत सुरक्षागार्ड विराटनगर पिपलचोकका ५० वर्षीय टङ्क भट्टराई मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक निशान थापाका अनुसार आज बिहान ९.४५बजे हार्डवेयरका कामदारले पसल खोल्ने क्रममा सुरक्षागार्ड भट्टराईको शव फेला पारेका हुन् । मृतक भट्टराईको शरीरमा रड, तथा भाला जस्तो हतियार प्रहार भएको देखिएको थापाले जानकारी दिनुभयो । घटनाको प्रहरीले अनुसन्धान शुरु गरेको भए पनि सो घट्नामा संलग्नको पहिचान गर्न सकेको छैन ।
गौशाला, ३ भदौ । मनरासिस्वा नगरपालिकामा अझै पनि डोम समुदायलाई होटलको भाँडामा खान नदिने गरिएको पाइएको छ । उक्त नगरपालिका–१ मनरा बस्ने प्रगास डोमले आफूहरूलाई यहाँका कुनै पनि होटलमा बस्न र त्यहाँको भाँडाकुडामा खानेकुरा खान नदिएको बताउनुहुन्छ । चार पुस्तादेखि मनरासिस्वामा बस्दै आएका उनीहरूले होटलमा जाँदा त्यहाँका सञ्चालकले प्रवेश गर्न नदिने र होटलको थाल, कचौरा र गिलासमा खानेकुरा खान र पानीसमेत पिउन नदिने गरिएको अर्का पीडित सोगारथ डोमको भनाइ छ।होटलवालाले आफूहरूलाई बाहिरै उभ्याएर कागजमा खानेकुरा दिने गरेको र दिँदा पनि माथिबाट हातमा पर्ने गरी फालेर दिने गरेको उहाँ गुनासो गर्नुहुन्छ । उक्त नगरपालिका–१स्थित जलेश्वर–सम्सी सडक खण्डको छेउमै वर्षौदेखि बस्दै आएका…
काठमाडौँ, ३ भदौ । इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ । नेपाल आज भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको जाकर्तामा रहनुभएका ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जनले जानकारी दिनुभयो । नेपाली पुरुष ब्याडमिन्टन टोलीमा रत्नजित तामाङ, दीपेश धामी, विकास श्रेष्ठ र नवीन श्रेष्ठ रहेका छन् । यस्तै महिला टिम इभेन्टमा नेपाल समूह चरणको खेलमा माल्दिभ्ससँग ३–२ सेटमा पराजित भएको छ । महिला ब्याडमिन्टन टोलीमा नङ्शलदेवी तामाङ, रसिला महर्जन, जेसिका गुरुङ र अमिता गिरी रहेका छन् ।
जाडो, गर्मी, बादल, वर्षा सबै प्रकृतिको नियम नै हो । अहिले गर्मीको मौसम छ, र केही महिनापछि जाडो आउँछ । गर्मी बढि भयो भने के गर्ने ? जिउलाई चिसो र शितल बनाउने खालका उपायहरु अपनाउनुपर्ला । तर भारतमा एकजना मानिसले चाहीँ धेरै गर्मी भएको भन्दै सूर्य विरुद्ध पुलिसमा हालेका छन् । मध्यप्रदेशको शाजापुरका शिवपाल सिंहले स्थानीय पुलिस चौकीमा सूर्य भगवान विरुद्ध उजुरी दर्ता गराएका हुन् । आफु पछिल्लो ६ हप्तादेखि उधुम गर्मीबाट पीडित भैरहेको भन्दै उनले आकाशबाट वषिर्रहेको आगोले आफुलाई निकै समस्या भएको उनले उजुरीमा उल्लेख गरेका छन् । अत्यधिक गर्मीको यो समस्याका लागि ब्रम्हाण्ड निवासी श्रीमान सूर्यनारायण जिम्मेवार रहेको…