झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

ताप्लेजुङ, २५ साउन । हिमाली जिल्ला ताप्लेजुङमा बलात्कारका घटना बढेका छन् । बुबाले छोरीलाई नातिले हजुरआमालाई समेत बलात्कार गरेको खुलेको छ । नौ बर्षकी बालिकासमेत बलात्कार भएकी छिन् । आठराई त्रिवेणी गाउँपालिकाकी १७ बर्षीया किशोरीलाई उनकै ४० बर्षीय बाबुले पटक—पटक बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ । किशोरीले बलात्कार भएको बताएपछि भागेका बुवालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

बलिउड अभिनेत्री सनी लियोनीले आफ्नो बायोपिकबाट मानिसहरुले प्रेरणा लिन सक्ने बताएकी छन् । उनले भनिन् , ‘म आफ्नो जिन्दगीलाई निकै मन पराउँछु । मेरो कहानी पूरै साँचो हो र मानिसहरुले यसमाथि भरोशा गर्छन् ।’ सनी लियोनी चाहना आफ्ना बच्चाहरु पनि आफूजस्तै मेहनती बनुन् । उनी भन्छिन्, ‘मलाई यो थाहा छ कि असल आमा बन्नका लागि बच्चासँगै रहनुपर्छ ।’ स्मरण रहोस्, सनी लियोनी र उनका पति डेनियल वेबरका तीन बच्चा छन् । सनी र डेनियलले यस वर्ष मार्चमा जुम्ल्याहा बच्चा (नोआ र अशर)लाई आफ्नो सन्तान बनाएका थिए । दुवैको जन्म सेरोगेसीमार्फत भएको थियो । सनीले निशालाई आफ्नो सन्तान बनाउँदा उनी २१…

Read More

चितवन, २५ साउन । जिल्लामा सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ । विगत ६ महिनामा जिल्लका नौ सहकारी संस्थामा चोरी भएको छ । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती सहकारीबाट रु ४९ लाख ३८ हजार बराबरको चोरी भएको छ । एउटा सहकारीबाट रु १० हजारदेखि रु ३५ लाखसम्म चोरी भएको छ । सवैभन्दा बढी सर्वोदय बहुउद्देश्यीय सहकारी भरतपुरबाट रु ३५ लाख ८० हजार चोरी भएको छ । गीतानगर साना किसान गरिबी निवारण कृषि सहकारी संस्थाबाट रु १० हजार, भरतपुरस्थित इन्द्रग्राम पुनर्मिलन सहकारीबाट रु ५० हजार, माडीको सहनशील महिला सहकारीबाट रु एक लाख ११ हजार, बछ्यौलीको साना किसान कृषि…

Read More

काठमाडौं, २५ साउन । यमनमा बालबालिका चढेको बसमाथि हवाई आक्रमण हुँदा कम्तीमा २९ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले पिकनिकबाट विद्यालयतर्फ फर्कंदै गरेका बालबालिका चढेको बसमाथि उत्तरी सादा प्रदेशको दयान शहरमा आक्रमण भएको जनाएको छ । तर हुथी विद्रोहीले ४३ को ज्यान गएको जनाएको छ । हुथी विद्रोहीले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले ६१ जना आक्रमणमा घाइते भएको जनाएको छ । यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठबन्धन बिहीबारको आक्रमणमा दोषी रहेको हुथी विद्रोहीको दावी छ । घटनामा कसको हात रहेको थियो र क्षतिबारे तत्काल पुष्टि गराउन कठीन रहेको पनि आइसीआरसीले जनाएको…

Read More

झापा, २५ साउन । विश्व आदिवासी दिवसमा प्रदेश सरकारले गरेको सार्वजनिक बिदा अवज्ञा गरेर जिल्ला प्रशासन सहितका कार्यलयहरुले संघीयताको अभ्यासलाई असहयोग गरेका छन् । प्रदेश एक सरकारले बिहीवार सार्वजनिक बिदा गरेको थियो । विदाको निर्णयलाई प्रदेशभरका जिल्ला प्रशासन, अदालत, कोष तथा लेखा नियन्त्रक, मालपोत, नापी, शिक्षा, भूमिसुधार र कारागार अवज्ञा गरेका छन् । जनप्रतिनिधि रहेका निकायहरु र शैक्षिक संस्थाले भने विदा गरेका थिए । प्रदेश एक सरकारले बुधबार सूचना जारी गर्दै विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । संघीय सरकारबाट आधिकारिक रुपमा केही परिपत्र नआएको भन्दै प्रमुख जिल्ला अधिकारीले भने प्रदेश सरकारको निर्णय अटेर गर्दै सरकारी…

Read More

काठमाडौं, २५ साउन । सरकारले नागरिकतामा विभेदकारी व्यवस्थासहितको विधेयक संसद्मा दर्ता गराएको छ । आमाको नामबाट नागरिकता पाउने भए पनि बाबुको पहिचान खुल्नुपर्ने बाध्यकारी व्यवस्थासहितको विधेयक दर्ता गराएको हो । यो व्यवस्थाअनुसार आमाको नामबाट नागरिकता लिन चाहनेले बाबुको पहिचान हुन नसकेको स्वयंले वा आमाले स्वघोषणा गरे मात्र नागरिकता पाउनेछ । नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफा ८ को उपदफा १ को खण्ड क (१) मा भनिएको छ, ‘नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको पुष्ट्याइँसहित निज वा निजको आमाले गरेको स्वघोषणा ।’ त्यस्तै…

Read More

गौरीगञ्ज, २५ साउन । गौरीगञ्जको एक होटलबाट होटल सञ्चालक सहित दुइ युवती पक्राउ परेका छन् । गौरीगञ्जस्थित रोड साइड कटेज होटलमा बुधबार राती सामाजिक मर्यादामा खलल पुग्ने गरी अवाञ्छित गतिबिधि भएको थाहा पाएपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । खबर पाए लगतै प्रहरीको एक टोलीले राती नैे दुई युवतीलाइ नियन्त्रणमा लिएको र बिहीबार दिउँसो होटल सञ्चालकलाइ पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । पक्राउ परेका युवतीहरु दमकका भएको बुझिएको छ भने लामो समयअघि देखि सो होटलमा यौनधन्दा हुदै गरेको स्थानीयहरुले बताएका छन् ।

Read More

काठमाडौँ, २५ साउन । सरकारले बलात्कारीलाई आजीवन कारावासको सजाय हुने गरी विद्यमान कानूनमा संशोधन गर्ने तयारी गरेको छ । बलात्कारीलाई आजीवन काराबास हुने गरी कानून संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुुगी छलफलमा रहेको महिला, बालबालिका तथा समाजक कल्याणमन्त्री थममाया थापा मगरले जानकारी दिनुभयो । समाजमा महिला र बालिकामाथि बलात्कारको घटना बढ्दो रुपमा देखिएपछि बलात्कारीलाई आजीवन काराबास सजायको व्यवस्थासहित कानून संशोधन गर्न लागेको उहाँले बताउनुभयो । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा मन्त्री थापाले बलात्कारको सजाय सम्बन्धमा कानूनमा हुन लागेको संशोधनबारे जानकारी दिँदै १० वर्ष मुनिका बालिका, क वर्गका अपांग महिला तथा ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई बलात्कार गर्नेलाई आजीवन काराबास हुने…

Read More

काठमाडौं, २५ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिहीबार चाबहिल जोरपटी साँखु सडकखण्डको अनुगमन गर्ने सुइँको पाएसँगै ठेकेदार कम्पनीले रातारात खाल्डाखुल्डी पुरेका छन् । मन्त्री महासेठले अनुगमन गर्ने पूर्वजानकारी पाएरै ठेकेदारले बुधबार राति टुसालचोकदेखि जोरपाटीसम्मका केही खाल्डाखुल्डी बुधबार पुरेका छन् । समाचारमा लेखिएको छ, बौद्धका स्थानीयवासीले मन्त्री आउने हल्ला सुनेपछि ठेकेदार कम्पनीले पानी जम्ने केही खाल्डाखुल्डी रातारात पुरेको बतउँछन् । ुबुधबार बिहानसम्म बौद्धको टुसालदेखि जोरपाटीको सडकमा खाल्डामा पानी जमेर तलाउजस्तै देखिन्थ्योु, बौद्धका पासाङ शेर्पाले भने, ुठेकेदारले किन रातारात काम गर्यो भनेको त अनुगमन आउने आउने थाहा पएर पो रहेछ ।ु भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ काठमाडौँको…

Read More

अमेरिकाले नेपाललाई यसकारण दिँदै छ, ४ वटा स्काइ ट्रक काठमाडौं, २५ साउन । अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा स्काइ ट्रक (कार्गो जहाज) सहयोग गर्ने भएको छ । हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै यूएस आर्मीको ुइन्डो प्यासिफिक कमान्डु मार्फत अमेरिकाले ४ वटा ुफिक्स विङु स्काइ ट्रक अनुदान सहायतास्वरुप उपलब्ध गर्न लागेको हो । यी जहाज अमेरिकाबाट छिट्टै नेपाल आउने सेनाले जनाएको छ । ती चारवटै स्काइ ट्रकको अन्तराष्ट्रिय बजारमूल्य करिब ४ अर्ब रुपैयाँ रहेको सैनिक अधिकारीले जनाएका छन् । तत्कालिन राजा ज्ञानेन्द्र शाहले विस २०६१ माघ १९ गते सत्ता हातमा लिएसँगै अमेरिकाले नेपाललाई उपलब्ध गराउँदै…

Read More