झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ४ साउन । झापाका पुराना पत्रकार एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा परी निधन भएको छ । नयाँ कामना साप्ताहिकका प्रधानसम्पादक एवं नेपाल पत्रकार संघका पूर्व अध्यक्ष खनाल ७१ वर्षको हुनुहुन्थ्यो । बिहीबार दिउँसो ३ः३० बजे सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा गएराति खनालको निधन भएको उनका भतिजा भानुभक्त खनालले जानकारी दिए। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड–२ रामचोकमा साइकलमा यात्रारत उनलाई मे१ज ६५८ नंको जीपले पछाडिबाट ठाक्कर दिएको थियो । ठक्कर दिने जीपका चालक र सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । मृतकको शवलाई कनकाई नदीमा आजै दिउँसो अन्त्येष्टि…

Read More

भद्रपुर, ३ साउन । बुद्धशान्ति–५ स्थित पाँचपोखरी सामुदायिक वनभित्र वयस्क जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । सड्न लागेको अवस्थामा फेला परेको भाले हात्तीलाई जिल्ला वन कार्यालय झापाको टोली, मानव हात्ती द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष, इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट गएको टोली र स्थानीयवासीको रोहबरमा आज मुचुल्का तयार गरी खाल्टोमा पुरिएको छ । बुधबार दिउँसो घाँस दाउरा गर्न सामुदायिक वन पुगेका स्थानीयवासीले दुर्गन्ध आएपछि खोज्दा मरेको हात्ती फेला परेको थियो । उनीहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत अनिरुद्धप्रसाद साहका अनुसार मरेको हात्तीको दाह्रा र दाँत दुवै निकालिएको अवस्थामा छ । मृत हात्तीको उमेर…

Read More

दमक, ३ साउन । एम्बुलेन्सको ठक्करबाट झापा, कमल गाउँपालिका–५ का ६५ वर्षीय देउमान राईको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको चुलाचुलीमोडस्थित सडकखण्डमा आज बिहान एम्बुलेन्सले ठक्कर दिँदा स्थानीय पैदलयात्री राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पाँचथरबाट आउँदै गरेको मे१च ९९२ नंको एम्बुलेन्सले ठक्कर दिँदा एम्बुलेन्स सडकदेखि उत्तरतर्फ पल्टिएको थियो । तर एम्बुलेन्स चालक सन्तोष पराजुलीले भने चरनमा रहेको गाईलाई ठक्कर दिँदा दुर्घटना भएको बताउँदै ढाकछोप गरेका थिए । तर प्रहरीले दुर्घटनाका बारेमा थप अनुसन्धान जारी राखेपछि घटना भएको करीब १२ घण्टापछि दिउँसो ती पैदलयात्रीको मृत्यु भएको चालकले स्वीकार गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए…

Read More

काग अत्यन्त सामाजिक चरा हो र त्यस्तो सामाजिक बन्धन मृत्युपछि पनि जारी रहन्छ भन्दा कमै पत्यार लाग्छ । तर, एक अध्ययनका अनुसार यो साँचो साबित भएको छ । जीवित कागहरु अक्सर भेला भईरहेका हुन्छन् । उनीहरु आफ्ना विश्वासी साथीहरुसँग ठूलो आवाजमा फखेटा फटफटाउँदै खुशी साट्छन, र सायद माया पनि । यीनै सामाजिक चरा कागको अत्यन्त रोचक व्यवहार पनि छ । कतिपय कागहरुले मृत पोथी कागसँग यौन सम्बन्ध राख्न जीवितसँग भन्दा बढि मन पराउँछन् भन्दा विश्वास नलाग्न पनि सक्छ । तर, यो साँचो हो । यस्तो घटनामा कुनै एक काग मात्र सहभागी भएको हुँदैन, कयौँ कागहरु सहभागी भएका लाईभ साईन्स् समाचार…

Read More

बिर्तामोड, ३ साउन । विवाहित महिलाहरुले सञ्चालन गरेको बुहारी समूह ‐म्यारिड ओमन सर्कल) नामक फेसबुक समूहले चार दिनका एक शिशुलाई उपचारका लागि रू ४९ हजार आर्र्थिक सहयोग गरेका छ । नशामा पलाएको ट्युमरका कारण मर्नु न बाँच्नुको अवस्थामा पुगेका शिशुको सफल शल्यक्रिया भए पनि अस्पतालको शुल्क बुझाउन नसकी छट्पटाइरहेका बाबुआमालाई फेसबुकको बुहारी समूहले आज उक्त सहयोग गरेको हो । रविना र मनकुमार राजवंशीका छोरा जन्मेको चार दिनमै नशामा ट्यूमर देखा परेपछि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा शल्यक्रिया गरिएको थियो । शल्यक्रिया भए पनि अस्पतालमा बुझाउनु पर्ने रकम बुझाउन नसकेर राजवंशी दम्पत्ति समस्यामा परेका कुरा बुहारी समूहले थाहा पाएपछि शिशुका बाबु मनकुमारलाई रू…

Read More

काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवनरक्षाका लागि एकतावद्ध भएर प्रदर्शनमा उत्रन सबैलाई आह्वान गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक केसीले जायज माग राखेर आमरण अनसन बसेको दावी गर्दै उनको जीवनरक्षाका लागि एकतावद्ध भएर प्रदर्शनमा उत्रन आह्वान गर्नु भएको हो । उनले बिहीबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबहू पारित नगरे मान्य नहुने चेतावनी पनि दिनु भयो । सभापति देउवाले डा. केसीको ज्यान जाने अवस्था आउँदा पनि सरकार उनको माग सम्बोधन गर्न गम्भीर नभएको आरोप समेत लगाउए । सभापति देउवाले जुम्लामा…

Read More

‘गाउँ गाउँबाट उठ’ बोलको गीत भिडियोमा समेत सार्वजनिक भएको छ । ‘गाउँ गाउँबाट उठ’ बोलको गीत म्युजिक भिडियोमा सार्वजनिक भएको हो । नेपथ्य ब्याण्डले म्यूजिक भिडियो तयार पारेर सार्वजनिक गरेको हो । यो गीतलाई तत्कालीन अवस्थामा रेडियो नेपालले प्रतिवन्धित समेत लगाएको थियो । श्याम तमोटले लेखेको ‘संकल्प गीत’ का रुपमा लोकप्रिय यस सिर्जनालाई यो ब्याण्डले एक दसकभन्दा अघिदेखि उसका हरेक जसो कन्सर्टहरुमा सुनाउँदै आएको थियो । विशेषगरि तीसवर्षे पञ्चायत कालमा यो गीतले सांकेतिक रुपबाट सन्देश प्रवाह गर्दै जनताको हक अधिकारका निम्ति भएका आन्दोलनलाई मलजल गरेको थियो । एक हिसाबले यो पञ्चायतकालकै परिस्थितीबाट उत्पन्न गीत हो । पहिलो जनआन्दोलन लगत्तै बनेको…

Read More

विराटनगर, ३ साउन । विगत लामो समयदेखि बन्द विराटनगर जुटमिल पुनःआजदेखि सञ्चालनमा आउने भएको छ । मिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनले सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । मिलको मर्मत र विद्युत् जडानसम्बन्धी कार्य सम्पन्न गरिएकाले मिल सञ्चालन गर्न लागिएको उनले बताए । मिल सञ्चालनका लागि ११ केभिए विद्युत् लाइन जडान सम्पन्न भएको र परीक्षणस्वरुप दैनिक छ टन जुटको सामग्री मिलबाट उत्पादन गर्ने लक्ष्य राखिएको अध्यक्ष वन बताउछन् । मिल पूर्ण सञ्चालनमा आए दैनिक २० टन जुटको सामग्री उत्पादन हुनेछ । विसं १९९३ मा स्थापित सो मिल मुलुकको सबैभन्दा जेठो उद्योग हो ।

Read More

विराटनगर, ३ साउन । भूमिगत जलसिँचाइ विकास डिभिजन कार्यालय विराटनगरले प्रदेश नं १ अन्तर्गत चार जिल्लामा यसवर्ष रु तीन करोड ५१ लाख ९३ हजारको लागतमा डिप ट्युबवेल निर्माण गरेको छ । कार्यालय प्रमुख दीपेन्द्र लौडारीका अनुसार आव २०७४÷७५ मा मोरङका लेटाङ, झापाको अर्जुनधारा, सुनसरीको पानवारीमा एक÷एक वटा डिप ट्युबवेल निर्माण भएको । त्यस्तै आव २०७३÷७४ मा शुरु भई गत आव २०७४÷७५ मा सुनसरीको जलुवा, मोरङको लेटाङ, वैजनाथपुर र इलामको चुलाचुलीमा पनि एक÷एक वटा डिप ट्युबवेल निर्माण कार्य सम्पन्न भएको छ । डिप ट्युबवेलको निर्माणबाट अर्जुनधारा, पानबारी, जलुवा, लेटाङ, बैजनाथपुर र चुलाचुलीमा ४०÷४० हेक्टर जमीनमा सिँचाइ हुने बताइएको छ । कार्यालयका…

Read More