
‘गाउँ गाउँबाट उठ’ बोलको गीत भिडियोमा समेत सार्वजनिक भएको छ । ‘गाउँ गाउँबाट उठ’ बोलको गीत म्युजिक भिडियोमा सार्वजनिक भएको हो । नेपथ्य ब्याण्डले म्यूजिक भिडियो तयार पारेर सार्वजनिक गरेको हो । यो गीतलाई तत्कालीन अवस्थामा रेडियो नेपालले प्रतिवन्धित समेत लगाएको थियो ।
श्याम तमोटले लेखेको ‘संकल्प गीत’ का रुपमा लोकप्रिय यस सिर्जनालाई यो ब्याण्डले एक दसकभन्दा अघिदेखि उसका हरेक जसो कन्सर्टहरुमा सुनाउँदै आएको थियो । विशेषगरि तीसवर्षे पञ्चायत कालमा यो गीतले सांकेतिक रुपबाट सन्देश प्रवाह गर्दै जनताको हक अधिकारका निम्ति भएका आन्दोलनलाई मलजल गरेको थियो । एक हिसाबले यो पञ्चायतकालकै परिस्थितीबाट उत्पन्न गीत हो ।
पहिलो जनआन्दोलन लगत्तै बनेको फिल्म ‘बलिदान’मा समावेश गर्नको निम्ति यसको व्यवस्थित रेकर्ड भएको थियो । त्यो सिनेमा पञ्चायतकालमा प्रजातन्त्रका निम्ति लड्नेहरु माथि नै आधारित थियो । यो गीतलाई लोकरक ब्याण्ड नेपथ्यले आफ्नै शैली र प्रस्तुतीका साथ अंगीकार गर्दैआएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

