
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
लमजुङ, २२ साउन । नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो । परियारले छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारेर शौचालयमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उर्लाबारी, २२ साउन । सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी गएराति एकजनाको ज्यान गएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे३प ६६९४ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे३प ९३१० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा ६६९४ नंको चालक रतुवामाई नगरपालिका–२ का ५५ वर्षीय जगदीश साहको मृत्यु भएको हो । उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा परी अर्को मोटरसाइकलका चालक सुनवर्षी– ६ का ४५ वर्षीय रुपनारायण ताजपुरिया घाइते भएका छन् । उहाँको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
सान नेपाल गौरादह, २२ साउन । चिप्स, पकौडा, चटपटे भन्ने बित्तिकै जोकोहीको मुखबाट पानी आउँछ । स्वादिलो खानाको रुपमा चिनिने यी परिकार प्रायः सबैतिर पाइन्छ । तर, झापाको दक्षिणी क्षेत्रमा यसको व्यवसाय भने बढेको छ । यहाँका चोक तथा हाट बजारमा आलुबाट बन्ने परिकारहरुको व्यवसाय गर्नेहरु अत्याधिक मात्रामा पाइन्छन । आलु तरकारीको राजा मानिन्छ । आलुको परिकार प्रत्येक घर परिवारमा प्रयोग भएको पाइन्छ । आलुबाट विभिन्न परिकारका खानेकुराहरु बनिन थालेपछि हाट बजारमा खुद्रा पसल गर्ने साना तिना व्यापारी लाई समेत दैनिक गुजारा चलाउन सहज बनेको छ । आलु चिप्स, पकौडा, सिंगडा जस्ता परिकारहरु बनाइनुका साथै चटपटे व्यवसाय गर्नेहरुले पनि आलूको…
बिर्तामोड, २२ साउन । सञ्चार प्रविधिको विकासले हुलाक कार्यालयका कर्मचारी फुर्सदिला बनेका छन् । झण्डै १०÷१५ वर्षअघिसम्म एउटा चिठी पु¥याउन एक दिन पैदल हिँड्ने हुलाकी अहिले चिठीको पर्खाइमै कार्यालय रुगेर बसिरहेका छन् । मेचीनगर–४ बाहुनडाँगीमा रहेको अतिरिक्त हुलाक कार्यालयमा आइतबार भेटिएका इञ्चार्ज एकीकृत सम्पत्ति करको फारम भर्दै गरेको अवस्थामा भेटिए । ३५ वर्षदेखि सो कार्यलयमा इञ्चार्जको रुपमा कार्यरत ६१ वर्षीय रविन प्रधानको दैनिकी कार्यालयको जिम्मेवारी भन्दा फरक छ । हुलाकमा आएका चिठी पु¥याउन पुग्नुपर्ने इञ्चार्ज यतिबेला दिनभर लेखनदासको रुपमा काम गरिरहेका हुन्छन् । ‘चिठी आउन छोड्यो काम छैन, त्यही भएर जानेको काम हो, जनाताको सेवा यसरी नै गर्दैछु’, उनले भने…
झापा, २२ साउन । श्रीमतीको इच्छा विपरीत यौन सम्पर्क राख्ने झापा बिर्तामोडका २७ वर्षीय पुरुष अहिले इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका छन् । गत साउन १० गते पहिलो पटक म्याद थप गरे पनि ढिलो गरि यो घट्ना सार्वजनिक भएको हो । २२ वर्षीया श्रीमतीको उजुरीका आधारमा प्रहरीले ती युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । पक्राउ परेका ती युवकमाथि अनुसन्धान भइरहेको प्रहरीले इलाका प्रहरी कार्यालय बितामोडका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । श्रीमानले इच्छा विपरीत यौनसम्पर्क गरेको भन्दै ती महिलाले वैवाहिक बलात्कारमा मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ । विवाह भएको दुई वर्षपछि…
धर्म गौतम ‘इलाम धेरै पहिलेदेखि आउन खोजेकी थिएँ तर मिलिरहेको थिएन । यसपालि अवसर जु¥यो, साह्रै खुसी लागेको छ । इलाम नेपालको एउटा सुन्दर नगरका रुपमा चिनिन्छ । त्यस्तै पोखरा अर्को सुन्दर शहरका रुपमा चिनिन्छ । म पोखराकी मान्छे, इलाममा आएर, इलामलाई देखेर साह्रै आनन्दित भएकी छु ।’ लेखक पाठक सम्वाद तथा ‘नथिया’ आख्यानमाथि विमर्श कार्यक्रममा नथियाकी लेखिका सरस्वती प्रतीक्षाले आप्mनो मन्तव्यको थालनी यसरी नै गरिन् । ‘फरक आयाम’ र ‘भानु प्रतिमा संरक्षण तथा साहित्य प्रवद्र्धन समिति’ को निम्तिामा गएको आइतबार इलाम सदरमुकाम आइपुगेकी प्रतीक्षाले नथियाको रचना गर्भ र त्यस आख्यानका बारेमा बोल्दै गर्दा यस पंक्तिकारलाई भने एकखाले पछुतोले सतायो…
काठमाडौं, २१ साउन । थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोली आज स्वदेश फर्किएको छ । यही साउन १९ र २० गते भएको प्रतियोगितामा नेपालले दुई स्वर्ण, एक रजत र एक कांस्य पदक जितेको थियो । टोलीलाई जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, कोषाध्यक्ष विपिन श्रेष्ठलगायतका पदाधिकारी, खेलाडी, प्रशिक्षकले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको थियो । प्रतियोगिताअन्तर्गत पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण दिलाएका थिए । १५ प्रतिस्पर्धी सहभागी स्पर्धामा इन्द्रले चार खेलाडीलाई पराजित गरे । उनले थाइल्यान्डका दुई तथा युएई र जापानका खेलाडीलाई हराए…
उर्लाबारी,२१ साउन । हत्यामा संलग्न फरार तीन जनालाई घटना भएको १५ वर्षपछि प्रहरीले मोरङको बुढीगंगा गाउँपालिकाबाट पक्राउ गरेको छ । साविकको डंग्राहा गाविस–६ का ६० वर्षीय गारीलाल विश्वासको हत्यामा संलग्न बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ५१ वर्षीय भवरलाल मण्डल, ४० वर्षीय ईश्वरचन्द गच्छदार र ३८ वर्षीय श्रवण गच्छदारलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता निशान थापाले आज जानकारी दिनुभयो । विश्वासको २०६० मंसिर ७ गते हत्या भएको थियो । हत्या भएको लामो समय भए पनि घटनामा संलग्नलाई गाउँघरबाटै पक्राउ गर्न प्रहरी सफल भएको थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार गाउँमा रातको समयमा धान चोरी गर्न आएको…
अशोक घिमिरे काठमाडौँ २१ साउन । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ । नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाई भाडाबापत तिर्ने रकम ५३० अमेरिकन डलरबाट ४११ अमेरिकन डलरमा झरेको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ । अब नेपाली कामदारले कोरिया जाँदा हवाई टिकटबापत रु ४११ अमेरिकी डलर अर्थात ४५ हजार २९२ रुपैँया तिर्नुपर्नेछ । इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने कामदारले तिर्ने हवाई भाडा सार्वजनिक खरिद ऐनअनुसार पहिलो पटक विद्युतीय बोलपत्रको माध्यमबाट प्रतिस्पर्धा गराइएको शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । बोलपत्रमा पाँच ट्राभल्स कम्पनीले सहभागिता…
सुर्खेत, २१ साउन । नयाँ शक्ति पार्टी जुम्ला जिल्ला संयोजक तथा चन्दननाथ नगरपालिका– २ निवासी ४३ वर्षीय राधाकृष्ण बुढ्थापा मृत अवस्थामा फेला परेका छन् । आइतबार राति १० बजेतिर मोबाइल गस्तीमा गएको प्रहरी टोलीले मोटरसाइकलको मधुरो प्रकाश जुगाडखोलाको किनारामा भेटेपछि खोजतलास क्रममा उक्त खोलामा बुढ्थापा मृत अवस्थामा फेलापारिएको जुम्ला जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक प्रकाश केसीले जानकारी दिनुभयो । “आइतबार बेलुकातिर जुम्लाको सनलाइट होटेलमा बुढ्थापा खाजा खान गएका बखतमा एङ्गल लामासँग खाजा खाएको, तस्वीर खिचेको र गीत गाएको भेटियो,” उहाँले भन्नुभयो । होटल साहु खड्गजीत रोकायाको भनाइ उद्धृत गर्दै उहाँले खाजा खानेक्रममा भएको विवादले दुवैबीच हानाहान भएको र…