
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २७ वैशाख । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ । मेचीनगर नगरपालिकाको वडा नं १, ४ र ५ स्थित बाहुनडाँगी क्षेत्रमा एक सातायता दिनहुँ भारतीय जङ्गलबाट प्रवेश गर्ने ३० देखि ४० को सङ्ख्याका हात्तीको बथानले किसानको मकै, सुपारीलगायत बालीमा क्षति पुर्याउने गरेका छन् । प्रवेश नाकामा हात्ती रोक्न, स्थानीयलाई सुरक्षा प्रदान गर्न र खेतीबालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी, वन रक्षक, रेपिड रेस्पोन्स टिम लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा नंं ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । उहाँले एक सातायता भारतको आसामबाट…
झापा, २७ बैशाख । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी र…
भद्रपुर, २६ बैशाख । वैदिक समाज झापाको सातौं अधिवेशनले लोकबहादुर कुँवरको अध्यक्षतामा ७ सदस्यीय नयाँ समिति गठन गरेको छ । निर्वाचन समिति संयोजक मिरादेवी पौडेलका अनुसार ४ वर्षे कार्यकालका लागि कुँवरको नेतृत्वमा ७ सदस्यीय नयाँ समिति गठन गरिएको हो । समितिको सचिवमा द्रोण अधिकारी, कोषाध्यक्षमा रेवतीराज घिमिरे निर्विरोध चयन भएका छन् भने सदस्यहरू क्रमशः राजु वराल, डिल्लीरमण नेपाल, पदम दाहाल र प्रशोत्तम कार्की चयन भएका हुन् । यसैगरी, संस्थाको सल्लाहकारमा निर्वतमान अध्यक्ष मिरादेवी पौडेलको संयोजकत्वमा पुरूषोत्तम अधिकारी र दिपेन्द्र भट्टराईलाई छनौट गरिएको छ । नवनिर्वाचित अध्यक्ष कुँवरले संस्थालाई चलायमान बनाउन वैदिक साधना तथा बाल शिक्षा कार्यक्रमलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता…
झापा, २६ बैशाख । झापाको कमल गाउँपालिका–५ गुजेश्वरी टोलमा सर्पले टोकेर एक बालक गम्भीर घाइते भएका छन् । आज बिहान स्थानीय कर्ण बहादुर राईका ७ वर्षीय छोरा सायंक राईलाई आफ्नै घरको कोठामा खेलिरहेको अवस्थामा गोमन सर्पले दाहिने खुट्टामा डसेको थियो । घाइते बालकलाई तत्काल दमकस्थित सर्पदंश उपचार केन्द्रमा लगिएकोमा त्यहाँ सामान्य उपचार पश्चात थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा राखिएको छ। बालकको अवस्था गम्भीर र बोल्न नसक्ने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, २६ फागुन । झापाको गौरादह नगरपालिका–५ स्थित स्कुलचन बजारमा आज बिहान यात्रुबाहक बस र टिफर एकआपसमा ठक्कर खाँदा १० जना घाइते भएका छन् । दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे.१ ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको प्र.न.२–०३–००१ ख ७१५३ नम्बरको टिफर भित्री सडक खण्डमा दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा बस चालक कृष्ण प्रसाद राजवंशी, यात्रुहरू योगमाया निरौला, कल्पना प्रसाद उराउ, शारदा देवी पौडेल, सलिना खत्री र उनकी ६ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सृजना पराजुली र किस्मत खड्का घाइते भएका छन् । घाइतेहरुमध्ये योगमाया निरौलालाई…
बिर्तामोड, २६ बैशाख । झापाको बिर्तामोड नगरपालिकामा दोस्रो मेयर कप अन्तर वडा स्तरीय कराँते तथा किकबक्सिङ प्रतियोगिता हुने भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा यहि २०८३ जेठ १ र २ गते बिर्तामोडस्थित अतिथि सदनको सभाहलमा दोस्रो मेयर कप अन्तर वडा स्तरीय कराँते तथा किकबक्सिङ प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा बिर्तामोड नगरका १० वटै वडाबाट खेलाडीहरूको सहभागिता रहने प्रतियोगिताका संयोजक सुदिप खवासले जानकारी दिए ।उनका अनुसार नगरभित्र रहेका प्रतिभाशाली खेलाडीहरूको पहिचान, कराँते तथा किकबक्सिङ खेललाई अझ व्यवस्थित र सुदृढ, साथै नयाँ खेलाडी उत्पादन र खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने…
झापा, २६ बैशाख । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ । हिजो घटेका अधिकांश मुद्राको भाउ आज बढेको हो । आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा थियो । यही वैशाख २३ गते अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा पुगेको…
झापा, २६ बैशाख । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भु–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यम सम्मको वर्षा साथै मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी,…
झापा, २५ बैशाख । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क क्षेत्रबाट प्रतिबन्धित औषधिसहित एक युवा पक्राउ परेका छन् । दमक नगरपालिका घर भएका २६ वर्षीय सुमन थापालाई प्रतिबन्धित औषधिसहित प्रहरीले पक्राउ गरेको हो । आज दिउँसो अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा थापाको साथबाट ३० पत्ता (२९४ पिस) ट्रामाडोल हाइड्रोक्लोराइड र ३० पत्तामा (२९५ पिस) डाइक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट फेला पारेको थियो । प्रतिबन्धित औषधिसहित पक्राउ परेका थापालाई आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, २५ बैशाख । सर्वोच्च अदालतले सुकुमबासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध पेस भएको रिटमा अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले बस्ती नहटाउन भन्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। गोपाल रन पहलीसमेत ११ जनाले यही वैशाख ११ गते सुकुमवासी बस्ती खाली गर्न लागिएको विरूद्ध रिट निवेदन दर्ता गरेका थिए । काठमाडौंका नदी किनाराका सुकुमवासी बस्ती खाली गर्न जिल्ला प्रशासन कार्यालय र काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको विरूद्ध रिट निवेदन दायर भएको थियो । रिट निवेदनमा काठमाडौं उपत्यका तथा देशभरिका नदी किनार वा जुनसुकै स्थानका सुकुम्वासी बस्तीका भूमिहीन परिवारको पहिचान, प्रमाणीकरण र वैकल्पिक…