झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १९ फागुन । देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार सर्लाही, सुनसरी, बारा, मकवानपुर, भक्तपुर, चितवन, धादिङ, कास्की, बाँके, रूकुम पूर्व, रुपन्देही र कञ्चनपुरमा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

Read More

महेन्द्रनगर, १७ फागुन । कञ्चनपुरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभुत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो । सोमबार राति खाना पकाउने क्रममा बेहोस भएका उनको आज धनगढीस्थित निशर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । राना उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित भएको पाइएको प्रवक्ता शाहीले बताउनुभयो । यसैगरी मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । बेदकोट नगरपालिकामा…

Read More

झापा, १९ फागुन । निर्वाचन सुरक्षालाई लक्षित गर्दै पूर्वी पृतना अन्तर्गत कोशी प्रदेशका सबै जिल्लामा करिब १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरिएको पूर्बी पृतनाले जानकारी दिएको छ । पृतनाले शङ्कास्पद वस्तु देखिए वा फेला परेमा तत्काल नजिकैको सुरक्षा निकायलाई जानकारी गराउन सेनाले सर्वसाधारणमा अपिल गरेको छ ।

Read More

बिर्तामोड, १९ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको व्यवसायी सदस्य राहत कोषमा वेदप्रकाश अग्रवाल दम्पतीले आर्थिक सहयोग प्रदान गरेका छन् । संघका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवाल र सन्तोषदेवी अग्रवालले आफ्नो बैवाहिक वर्षगाँठको अवसरमा सोमबार कोषका लागि २१ हजार रुपैयाँ सहयोग गरेका हुन् । उक्त रकम संघका अध्यक्ष राजु न्यौपाने, राहत कोष संयोजक राजकुमार घिमिरे (राजु), विशिष्ट सदस्य निर्मल भट्टराई तथा उद्योग उपाध्यक्ष विशाल थापालाई हस्तान्तरण गरिएको थियो । व्यवसायी सदस्यहरूलाई आपत्कालीन अवस्थामा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको राहत कोषलाई आगामी दिनमा एक करोड रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको संघले जनाएको छ। हालसम्म कोषमा २५ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ।…

Read More

झापा, १८ फागुन । रामेछापमा भएका निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । आज मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका–२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका सात जनामध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । यसअघि दुर्घटनामा असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो । घिमिरेलाई रामेछाप–२ को वडा कार्यालय भवन साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाइएको रामेछापको मुख्य निर्वाचन…

Read More

बिर्तामोड, १८ फागुन । प्रतिनिधि सभाका निवर्तमान सभामुख एवम् झापा क्षेत्र नं. २ का नेकपा (एमाले) तर्फका उम्मेदवार देवराज घिमिरेले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन देशको भविष्य र समृद्धिको संकल्प गर्ने अवसरको रुपमा रहेको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उम्मेदवार घिमिरेले त्यस्तो बताउनुभएको हो । देश जटिल परिस्थितिमा रहेको बताउनुहुँदै उहाँले राष्ट्रियताको पहरेदार बनेर उभिएको एमालेको दरिलो अडानलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताउनुभयो । “म आम मतदाताहरूलाई विनम्र अपिल गर्दछु, यो केवल एउटा चिन्हमा छाप लगाउने कुरा मात्र होइन”, उहाँले भन्नुभयो, “यो देशको भविष्य र समृद्धिको संकल्प गर्ने अवसर…

Read More

झापा, १८ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु हुँदैछ। आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ। मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा चुनाव प्रचार प्रसार गर्न वा भोट माग्न पाइँने छैन। रातिदेखि मौन अवधि सुरु हुने भएकाले राजनीतिक दल र उम्मेदवारले आज मतदाता रिझाउन अन्तिम कसरत गर्दैछन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत विभिन्न दलका नेताले आइतबारै भिडिओ सन्देश जारी गर्दै आफ्ना उम्मेदवार र दलको पक्षमा मत मागेका छन्। निर्वाचन आयोगका अनुसार मौन अवधि आज मध्यराति १२…

Read More

झापा, १८ फागुन । आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएको छ । फागुन १८ र १९ गते होलीको सार्वजनिक बिदा रहेको छ । त्यसपछि फागुन २०, २१ र २२ गते निर्वाचन बिदा दिइएको छ । २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेकोले साताव्यापी सार्वजनिक बिदाको अवसर जुटेको हो । साताव्यापी सार्वजनिक बिदा भएसँगै निर्वाचनको लागि गाउँ फर्कनेहरू बढेका छन् ।

Read More

झापा, १८ फागुन । झापा गौरीगञ्ज गाउँपालिका–२ बाहुनटोलस्थित दक्षिण टटुवामारीबाट उत्तर बाहुनटोलतर्फ साईकलमा यात्रा गरिरहेका एक युवकलाई प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको छ। गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा आइतबार कमल गाउँपालिका–४ साधु टोलका ३३ वर्षीय राजेश नेम्वाङको साथबाट ब्राउन सुगर जस्तो देखिने लागुऔषध फेला पारेको छ। प्रहरीका अनुसार नेम्वाङको साथबाट प्लास्टिकसहित ५ ग्राम ५५० मिलिग्राम (४ ग्राम ८५० मिलिग्राम प्लास्टिक बाहेक) लिसाइलो पदार्थ बरामद गरिएको हो । पक्राउ परेका व्यक्ति तथा प्रयोग गरिएको साईकललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Read More

झापा, १८ फागुन । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम लगभग बन्द भएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन । विशेषगरी युवतीहरुलाई लोलामा पानी…

Read More