झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

जाडो र जोर्नी दुखाइबीच विशेष सम्बन्ध छ । जाडोमा तापक्रम घट्दा मांसपेशी तन्किन थाल्छन् । जसकारण जोर्नी वरपरका नसाहरू फुल्न थाल्छ । यसले जोर्नीहरूमा कडापन र दुखाइ बढ्छ । विशेषगरी जोर्नी वा जोर्नीमा समस्या भएकाहरूको दुखाइ जाडोमा पहिलेको भन्दा बढ्छ । जाडो मौसममा प्रायः व्यक्ति बढी आराम गर्ने गर्छन् । यसबाट शारीरिक सक्रियता कम हुन्छ । दिन छोटो र रात लामो हुनाले जीवनशैली परिवर्तन हुन जान्छ । त्यसैले हाम्रो खानपानको बानी समेत परिवर्तन हुन्छ । हामी व्यायाम पनि कम गर्छौं । त्यसैले जोर्नी दुख्ने समस्या अझ बढ्न जान्छ । जाडोमा जोर्नी दुखाइ बढ्ने कारण जाडो मौसममा वायुमण्डलीय दबाब न्यून हुनाले…

Read More

एजेन्सी, २४ माघ । युरोपेली आयोग (ईयू) ले चिनियाँ स्वामित्वको टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’ लाग्ने खालका डिजाइन परिवर्तन गर्न निर्देशन दिएको छ । त्यस्ता डिजाइन परिवर्तन नगरेको खण्डमा ईयूको डिजिटल सामग्री नियमहरू अन्तर्गत हुने जरिवानाको जोखिम लिन तयार रहन पनि ईयूले चेतावनी दिएको छ । युरोपेली आयोगले टिकटकले विशेष गरी नाबालिग र कमजोर वयस्कहरूमा एपको नकारात्मक प्रभावलाई सम्बोधन गर्न प्रभावकारी कदम नचालेको आरोप लगाएको छ । लत लाग्ने खालका अत्यधिक सामग्री प्रयोगका लागि सार्वजनिक गर्ने, स्वचालितरूपमा प्रशारण हुने, प्रचारात्मक सूचना र अत्यधिक व्यक्तिगत सिफारिस पद्धतीजस्ता सुविधाहरूले चिन्ता निम्त्याएको उल्लेख गर्दै आयोगका प्रवक्ता थोमस रेग्नियरले टिकटकको लत लाग्ने डिजाइन डिजिटल सेवा…

Read More

फिदिम, २४ माघ । पाँचथर जिल्लाका एक हजार ३ सय किशोरीलाइ पाठेघरको मुखमा लाग्ने क्यान्सर विरुद्वको (एच.पि.भि.)खोप लगाइने भएको छ । जिल्लाको एक नगर र सात गाउँपालिका गरी ८ वटा स्थानीय तहका आधारभूत र माध्यामिक विद्यालयको कक्षा ६ मा अध्ययनरतसँगै विद्यालय बाहिर रहेका १० वर्ष उमेरका र गत वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई अभियान विद्यालयमै पुगेर खोप लगाइने जिल्ला स्वास्थ कार्यालय पाँचथरले जानकारी दिएको छ । खोप लगाउन माघ २७ देखि २९ गतेसम्म गतेसम्म विद्यालय केन्द्रित अभियान चलाइने अभिमुखीकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमूख महेश सुनारले जानकारी दिए। यो खोप लगाएपछि १५ वर्षसम्म…

Read More

काठमाडौँ, २४ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल–भारत सीमा नाका ७२ घण्टा अगावै बन्द गरिने भएको छ । मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बलबीचको १६औँ डिआइजीस्तरीय समन्वय बैठकले सो निर्णय गरेको सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । बैठकमा सीमा सुरक्षा, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रणलगायत विषयमा छलफल भएको थियो । समन्वय बैठकमा सीमा स्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।…

Read More

झापा, २४ माघ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उहाँको आज बिहान निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । काठमाण्डौको शंखमुलमा रहेको अपार्टमेन्टमा बस्दै आएका थापा गएराति अस्वस्थ भएपछि थापाथलीमा रहेको नर्भिक अस्पताल लगिएको थियो । उहाँलाई हृदयघात भएको अस्पतालले जनाएको छ । थापाको शवलाई अहिले अस्पतालमै राखिएको छ । ६८ वर्षीय थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय हुनुहुन्थ्यो । नेपाली चलचित्र क्षेत्रमा ‘खलनायक’ को भूमिका धेरै रहेका उहाँ ‘राते काइला’ को रुपमा पनि चिनिनुहुन्छ । थापाको परिवार भारतको मुम्बईमा रहेको र परिवारका सदस्य काठमाण्डौ आइपुगेपछि मात्रै अरु प्रकृया…

Read More

खानामा सलादको रुपमा प्रयोग गरिने गाँजरमा प्रशस्त मात्रामा भिटामिन ए, बिटा क्यारोटीन, मिनरल्स,, एन्टी अक्सिडेन्ट हुन्छ । जुन शरीरका लागि लाभदायी हुन्छ । गाँजरको नियमति सेवन गर्नाले आँखा तेजिलो हुनुका साथै मोतिबिन्दु, रतन्धो लगायतका समस्या समाधान गर्न मद्दत मिल्छ । गाँजरको सेवनले शरीरका बिकार पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । गाँजर खानाले शरीरमा यौनक्षमतामा बृद्धि ल्याउनुका साथै मूलाको रसमा गाजरको रस मिलाएर सेवन गर्नाले यौन क्षमता बढाउन मद्दत मिल्छ । गाँजरको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरमा शक्ति पैदा गर्छ गाँजरको नियमित सेवनले पाचन शक्ति बढाउनुका साथै अल्सर तथा फोक्सो, स्तन, कोलोन क्यान्सर जस्ता खतरनाक रोग लाग्नबट बचाउँछ…

Read More

मुम्बई, २३ माघ । नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म ‘रामायण’ को स्टार कास्टलाई लिएर नयाँ जानकारी सार्वजनिक भएको छ । यो फिल्ममा अब दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता विजय सेतुपति पनि देखिने भएका छन् । फिल्ममा रणवीर कपुर ‘भगवान राम’ को भूमिकामा देखिनेछन् भने साउथका सुपरस्टार यश ‘रावण’ को भूमिकामा नजर आउनेछन् । हालै बाहिरिएको रिपोर्ट अनुसार, विजय सेतुपतिले फिल्ममा रावणका भाइ ‘विभीषण’ को भूमिका निभाउने भएका छन् । रामायणमा विभीषणको पात्रलाई सत्य र धर्मको प्रतिक मानिन्छ, जसले आफ्नै दाजु रावणको अधर्मको साथ नदिई भगवान रामलाई साथ दिएका थिए । यद्यपि, विजय सेतुपतिको यस भूमिकाबारे निर्माण पक्षले अहिलेसम्म कुनै…

Read More

झापा, २३ माघ । सुनचाँदीको भाउ आज पनि घटेको छ । सुन आज तोलामा ४ हजार २ सय रुपैयाँले घटेर तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९५ हजार २ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ तोलामा २ सय ७० रुपैयाँले घटेको छ । चाँदी २ सय ७० रुपैयाँले घटेर तोलाको ४ हजार ७ सय १० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Read More

धनगढी, २३ माघ । सुदूरपश्चिम प्रदेश सरकारले बैतडी बस दुर्घटनामा ज्यान गुमाएका परिवारजनलाई राहत स्वरूप जनही एक लाख उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले बस दुर्घटनामा परि ज्यान गुमाएका परिवारजनलाई मानवीय सहायताका रुपमा जनही एक लाख रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै बस दुर्घटनाका घाइतेहरूको उपचारमा लाग्ने खर्च प्रदेश सरकारले ब्यहोर्ने जनाएको छ । सरकारले बैतडी बस दुर्घटनामा भएको जनधनको क्षतिप्रति गहिरो दुख ब्यक्त गरेको छ । बिहीबार बैतडीको पुर्चौडी स्थित बडगाउमा जन्ती सवार बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ भने अन्य तीन दर्जन घाइते भएका छन् ।…

Read More

झापा, २३ माघ । भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका दाजुभाइको मृत्यु भएको छ।मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र उनका सहोदर भाइ २४ वर्षीय सुरेन्द्रको घटनास्थलमै मृत्यु भएको हो। उनीहरू बराहपोखरीस्थित सालघारीभञ्ज्याङका खड्गबहादुर खपाङ्गी मगर र टङ्ककुमारी खपाङ्गी मगरका छोरा भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए। घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन्। मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनाको टोलीमध्ये बराहपोखरीस्थित वालम्पाका ताराबल मगरमात्र सकुशल रहेको जनाइएको छ ।…

Read More