
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३० साउन । झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी–४ लक्ष्मीचोक पश्चिम निवासी अन्दाजी ३० वर्षीय नरेश मोक्तान रहेको प्रहरीले जनाएको छ । मोक्तान मंगलबार बेलुकी ५ बजेको समयमा चुडालचोक पूर्व बाटो छेउको नाली जमेको पानीमा करेन्ट लगाई माछा मार्न गएका थिए । सोही क्रममा उनी करेन्ट लागेर घाइते भएका थिए । करेन्ट लागेका उनलाई डुबेको अवस्थामा उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको थियो । अस्पताल पुर्याउन साथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । घटनापछि जलथल प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय झापाको टोली अनुसन्धानका लागि पुगेको…
झापा, ३० साउन । झापाको भद्रपुरका २० वर्षीय सिर्जन शिवाकोटी परिवारको सम्पर्क बाहिर रहेको आठ दिन भयो । साता बितिसक्दा समेत उनी सम्पर्कमा नआएपछि परिवारको उनको खोजी गरिदिन आग्रह गरेका छन् । भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीको केन्द्रमोड निवासी टीकाराम शिवाकोटीका २० वर्षीय छोरा सिर्जनले सामाजिक सञ्जाल फेसबुकमार्फत साउन २२ गते मंगलबार बिहान ११ बजेको समयमाचन्द्रगढी बजार जान्छु भनी घरबाट हिँडेको र अहिलेसम्म सम्पर्कमा नआएको बताइएको छ ।
एजेन्सी । जापानको राजधानी टोक्योमा एउटा यस्तो अनौठो बार छ, जसले यसको नितान्त नयाँ तथा अपत्यारिलो सेवाका कारण दुनियाँभरका ग्राहकलाई आकर्षित गरिरहेको छ । टोक्योमा रहेको ःगकअभि न्ष्च िद्यबच मा बलिया, गठिला तथा खेलाडी युवतीहरुलाई जागिरमा लगाइएको छ । जसमा ब्राजिलियन जिउजित्सु खेलाडीहरु, फिटनेस सेलिब्रेटीहरु, व्यवायिक रेसलरदेखि अभिनेत्रीहरु समेत रहेका छन् । उनीहरुले सो बारमा आउने ग्राहकलाई अनेक खालका शारीरिक अन्तरक्रिया गराउँछन् । सो बारमा ग्राहकले मांशपेशी सिक्का खरिद गर्नसक्छन् । सो सिक्काबाट ग्राहकले युवतीहरुको थप्पड र लात्तीदेखि राजकुमारी बोकाइ (प्रिन्सेस स्टाइल क्यारी) को सेवा लिन सक्दछन् । यसका लागि ३० हजार जापानी येन अर्थात् करिब २ सय डलर सम्म…
झापा, ३० साउन । निर्वाचन आयोगले स्थानीय तहमा उपनिर्वाचनको तयारी सुरु गरेको छ । नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष गरी रिक्त रहेका ३४ पदका लागि उपनिर्वाचनको तयारी सुरु भएको जनाएको छ । आयोगले आज एक सूचना जारी गर्दै उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम रिक्त पदमा पदावधि एक वर्षभन्दा बढी रहेको अवस्थामा उपनिर्वाचन हुने व्यवस्था छ । आयोगका प्रवक्ता रघुराम विष्टले गाउँपालिका तथा नगरपालिकाका यस्ता पदहरू रिक्त हुँदा आम नागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचनका लागि आयोगले आन्तरिक तयारी गरिरहेको जानकारी…
झापा, ३० साउन । स्वास्थ्य सेवा विभाग टेकुले देशभर ५० जनामा हैजा सङ्क्रमण भएको र त्योमध्ये ललितपुरमा मात्रै ३८ जना सङ्क्रमित रहेको जानकारी दिएको छ । विभागका अनुसार काठमाडौँमा दुई, प्युठानमा दुई, कैलालीमा आठ जनामा हैजा सङ्क्रमण भएको छ । विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा द्रूत प्रतिकार्य टोली परिचालन गरी नियमित बिरामीको खोजी र बिरामीहरूको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगरानी गर्नेरगराउने कार्य गरिरहेको जानकारी दिएको छ । जिल्ला र स्थानीय तहमार्फत खानेपानी गुणस्तर निगरानीसम्बन्धी कार्य भइरहेको, एउटै टोलबाट एक हप्ताभित्रमा पाँच जनाभन्दा झाडापखालाका बिरामी देखापरेमा इपिडिमियोलोजी तथा रोग…
झापा, ३० साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। यतिबेला (बुधबार बिहान) देशभरको मौसम साधारणतया बदली छ। मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसैगरी कोसी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा अहिले हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली…
गुल्मी, ३० साउन । रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेका सङ्घका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए । मदाने वन क्षेत्रमा भेटिएका थप नयाँ प्रजातिका चरामा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, कालो बुङ्गेचरी, आली चुइँया र हिमाली लेकचरी र रेसुङ्गा वन क्षेत्रमा सानो सेतो बकुल्ला नामको नयाँ प्रजाति फेला परेको परियोजना अधिकृत पन्थीले बताए । वर्षमा दुईपटक म्याकिनन्स लिस्टिङ मेर्थड विधिको माध्यमबाट गुल्मीमा चराको सर्वेक्षण गरिँदै आएको परियोजना अधिकृत पन्थीले बताए । विश्वमा पाइने दुर्लभ प्रजातिका…
झापा, २९ साउन । झापाको बिर्तामोड नगरपालिका–६ सुगम शान्ति टोलमा चोरले आक्रमण गर्दा एक जना महिला घाइते भएकी छन् । गएराति सोही स्थानका विष्णुप्रसाद अधिकारीको घरको दोस्रो तलाको झ्यालबाट चोर पसेको थाहा पाएर उनकी श्रीमती कृतिका अधिकारीले चोरसँग प्रतिकार गर्दा उनी घाइते भएकी हुन् । घरमा एक वर्षीया छोरी नित्यनि अधिकारीसँगै सुतिरहेको अवस्थामा चोर पसेको थाहा पाएपछि कृतिकाले चोरसँग प्रतिकार गर्दा उनको नाकमा सामान्य चोट लागि घाइते भई बेहोस भएकी थिइन् । चोर घरभित्र पसेर दराजबाट अन्दाजी तीन तोला सुन, एक तोला चाँदी, अन्दाजी लत्ताकपडा एक लाख रुपैयाँ बराबरको, झर्के थाल–१० थान, बटुका–५ थान, ओपो कम्पनीको मोबाइल–१ थान गरी जम्मा…
झापा, २९ साउन । पहाडी भेगमा वर्षा सँगै सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ३० वटा ढोका खुला गरिएको छ । मङ्गलवार दिउँसो २ बजेको मापनअनुसार सप्तकोसीको पानीको बहाव २ लाख १९ हजार ११५ क्युसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ । कोशी ब्यारेजमा अहिले खतराको सङ्केतको रातो बत्ती बालिएको छ । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ।
झापा, २९ साउन । मनसुनजन्य विपद्बाट पछिल्लो दुई महिनामा एक सय ७० जनाको मृत्यु भएको छ । गत जेठ २८ देखि यही साउन २४ गतेसम्म विभिन्न विपद्का घटनामा परी ४४ जना बेपत्ता तथा एक सय ९५ जना घाइते भएका छन् । मनसुनजन्य विपद्ले सबैभन्दा बढी गण्डकी प्रदेशमा ५४ जनाको मृत्यु भएको छ । सबैभन्दा कम मधेस प्रदेशमा तीन जनाको मृत्यु भएको छ । गतवर्ष सोही अवधिको तुलनामा यसवर्ष मनसुनजन्य घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । गतवर्ष सोही अवधिमा ७२ जनाको मृत्यु, २८ बेपत्ता र एक सय जना घाइते भएका थिए ।…