एजेन्सी । जापानको राजधानी टोक्योमा एउटा यस्तो अनौठो बार छ, जसले यसको नितान्त नयाँ तथा अपत्यारिलो सेवाका कारण दुनियाँभरका ग्राहकलाई आकर्षित गरिरहेको छ ।
टोक्योमा रहेको ःगकअभि न्ष्च िद्यबच मा बलिया, गठिला तथा खेलाडी युवतीहरुलाई जागिरमा लगाइएको छ । जसमा ब्राजिलियन जिउजित्सु खेलाडीहरु, फिटनेस सेलिब्रेटीहरु, व्यवायिक रेसलरदेखि अभिनेत्रीहरु समेत रहेका छन् । उनीहरुले सो बारमा आउने ग्राहकलाई अनेक खालका शारीरिक अन्तरक्रिया गराउँछन् । सो बारमा ग्राहकले मांशपेशी सिक्का खरिद गर्नसक्छन् । सो सिक्काबाट ग्राहकले युवतीहरुको थप्पड र लात्तीदेखि राजकुमारी बोकाइ (प्रिन्सेस स्टाइल क्यारी) को सेवा लिन सक्दछन् । यसका लागि ३० हजार जापानी येन अर्थात् करिब २ सय डलर सम्म शुल्क लाग्दछ ।
सो बारको सबैभन्दा लोकप्रिय ककटेल चाहिँ वेट्रेस युवतीहरुले नांगो हातले अंगुर थिचेर बनाउँछन् । वेटरहरुले ग्राहकलाई काँधमा बोकेर उठबस गर्ने एउटा अनौठो सेवा समेत प्रदान गर्दछन् । यसमा ग्राहकले आफ्नो शरीरको वजन अनुसारको शुल्क तिर्नुपर्छ ।
एकजना ५० केजी तौल भएकी मारु नामक वेटरले १३० किलो वजन भएका ग्राहकसम्मलाई बोक्न सक्छिन् । सो बार हारी नामकी एक फिटनेस सेलिब्रेटीले सन् २०२० मा खोलेकी थिइन् । कोभिड १९ का कारण जिमखाना बन्द भएपछि उनले सो बार खोलेकी हुन् ।
भलिबल खेलाडी समेत रहेकी हारी आफ्नो थप्पड मार्ने शक्ति तथा विधिप्रति विश्वस्त छिन् । बारमा युवतीको थप्पड खाएपछि मुस्कुराउँदै एक ग्राहक हिकारुले भने – यो पीडाले मेरा सबै दुस्ख बिर्सायो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।