
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३१ साउन । जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०८०–८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन् । गत आवमा राहदानीबापत रु १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा दाखिला भएको छ । राहदानी लगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले रु १५ करोड ३० लाख ३९ हजार चार सय ४४ सङ्कलन गरेको छ । यसैबीच उक्त कार्यालयले चालु तथा पुँजीगत खर्च रु तीन करोड ८६ लाख १६ हजार चार सय ५७ भएको जनाएको छ । रासस
झापा, ३० साउन । केही महिनाअघि पोखराको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले सार्वजनिक समारोहमै भने, ‘हाम्रो स्कूलमा पढ्ने विपन्न एक नानी स्कूलबाट गायब छन्। ८ कक्षामा पढ्ने उनको चाइनिज केटासँग विहे भयो भन्ने सुनिन्छ। अहिले त परिवार नै कहाँ गयो पत्तो छैन।’ केही महिनाअघि पोखरा ९, पृथ्वीचोक क्षेत्रकी एक अभिभावकले आफ्नी नाबालिग छोरी चिनियाँसँग मोबाइलमा बोल्दै गरेको भेटिन्। कुरा बुझ्दै जाँदा सोही टोलमा बस्ने एकजनाले ती नाबालिगहरूलाई पोखरामा बस्दै आएका चिनियाँ नागरिकसँग भेट गराइदिएका रहेछन्। भ्रमण भिसामा नेपाल आएका उनीहरूले ती नाबालिकालाई ‘म तिमीलाई माया गर्छु, लेकसाइडमा होटल खोलेर बसौँला, विहे गरौँ भनेर फकाएका रहेछन्,’बाल अधिकारको क्षेत्रमा काम गर्दै आएकी एक…
बिर्तामोड, ३० साउन । बिर्तामोड नगरपालिकाको हर्कलाल मार्ग स्तरोन्नति गर्ने कार्यलाई अघि बढाइएको छ । गएको आर्थिक वर्षमा गरेर बाँकी रहेको भागमा स्तरोन्नति कार्यलाई अघि बढाइएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले सम्बन्धित कार्यालयका ईन्जिनियर सहित सडक अनुगमन गर्नु भएको छ । उहाँले सघन शहरी विकास कार्यालयको १ करोड ५० लाख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १ करोड ७१ लाख रुपैयाँ गरी जम्मा ३ करोड २१ लाख रुपैयाँको बजेटमा सडक स्तरोन्नति गर्न लागिएको जानकारी दिनु भयो ।नगर प्रमुख प्रसाईले संघ, प्रदेश र नगरको बजेटमा प्राथमिकताको आधारमा सडक स्तरोन्नति गर्ने कार्य धमाधम भईरहेको बताउनुभयो । आनन्दचोकसम्मको १ हजार ५६…
झापा, ३० साउन । दाङमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ९ स्याले निवासी चक्र बहादुर ‘श्याम कुमार कुमाल’को कुटपिटबाट उनकी श्रीमती अन्दाजी ४० वर्षीय ईश्वरी कुमालको घटनास्थलमै मृत्यु भएको हो । घटना मङ्गलबार बेलुका करिब ८ बजेको हो । कुटपिटबाट मृत्यु भएकी ईश्वरीलाई छोडेर श्याम कुमार घर छोडेर भागेका थिए । उनलाई जलकुन्डीबाट गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । मृतकका श्रीमान् श्याम कुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो। स्थानीयका अनुसार कुमाल दम्पती दैनिक जसो मादक पदार्थ सेवन गर्ने, झैझगडा गर्ने गर्दथे । अहिले…
दमक, ३० साउन । दमक नगरपालिकाले प्लास्टिकका झोला नियन्त्रणमा कडाइ गर्ने भएको छ । नगरपालिकाको वातावरण समितिले नगर क्षेत्रमा प्लाष्टिक नियन्त्रण गर्ने निर्णय गरेको हो । समितिका संयोजक टेकबहादुर थापाका अनुसार नगरलाई स्वच्छ बनाउनका लागि २० माइक्रोन भन्दा कम मोटाइका प्लाष्टिक प्रयोग निषेध गरिएको छ । यसै गरि समितिले फोहोर जथाभाबी फाल्नेलाई कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ । नगरपालिका भित्र ध्वनि प्रदूषण नियन्त्रण गर्ने निर्णय समेत गरेको छ । पुराण विवाह तथा अन्य कार्य हुँदा अनिवार्य रुपमा वडा कार्यालयको अनुमतिमा मात्रै त्यस्ता कार्य गर्न नगरपालिकाले निर्देशन दिएको छ । यस्तै बढ्दो सवारी चापलाई मध्यनजर गर्दै बजार क्षेत्र भित्र…
विराटनगर, ३० साउन । सुनसरी र उदयपुरबाट लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो सुनसरीको कोशी गाउँपालिका–१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लिम्चुङबुङ गाउँपालिकाकी २० वर्षीया राजमिका राईको साथबाट १ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेसँगै इटहरी उपमहानगरपालिका–१७ का २० वर्षीय अब्बास मिया र २८ बर्षीय मो.सफरुद्दीनलाई समेत नियन्त्रणमा लिएको हो । त्यसैगरी, प्रहरी चौकी भगलपुर उदयपुरबाट खटिएको प्रहरी टोलीले प्रदेश २–०१–००३ प ७०७० नम्बरको मोटरसाइकलबाट लुकाई छिपाई ल्याउँदै गरेको ८ किलोग्राम गाँजा बरामद गरेसँगै मोटरसाइकल चालक बेलका नगरपालिका–९ का २४ वर्षीय प्रबिन राई र मोटरसाइकलमा पछाडि सवार बेलका–७ का २१ वर्षीय…
सुनसरी, ३० साउन । सुनसरीको धरान उपमहानगरपालिका–१५ सेउती पुलस्थितमा हवाई फायर गरी प्रहरीले गाँजा नियन्त्रणमा लिएको छ । हिजो अपरान्ह ५ बजे अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेंकजाँचमा खटिएको प्रहरी टोलीलाई परबाट देख्नासाथ WB74S2531 नम्बरको भारतीय कारलाई सोही स्थानमा छोडेर चालक जंगलतर्फ भागेकोमा प्रहरीले लखेट्दै जाँदा समेत चालक नरोकिएपछि प्रहरीको टोलीले चाईनिज पेस्तोलबाट १ राउन्ड हवाई फायर गरेको थियो । हवाई फायर गर्दा समेत चालक फरार रहेका थिए भने कार चेकजाँच गर्दा कारभित्र ५ वटा बोरामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थाको १ सय किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो । फरार भएका कार चालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले…
शिवसताक्षी, ३० साउन । झापा शिवसताक्षीको दूधेमा रहेर वित्तीय कारोबार गर्दै आएको आदर्श बचत तथा ऋण सहकारी संस्थाले अन्तरक्रिया कार्यक्रम गरेको छ । सहकारीले वार्षिक साधारण सभाको पूर्व सन्ध्यामा आ.व. २०८१ ÷०८२ का लागि नीति तथा कार्यक्रम तयार गर्नका लागि पूर्व कार्यसमिति सदस्यहरुसँग अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा संस्थाका व्यवस्थापक प्रकाश पोख्रेलले वार्षिक साधारण सभाको तयारी हुँदै गरेको जानकारी दिए । उनले आगामी साधारण सभामा प्रस्तुत गर्ने नीति, कार्यक्रम तथा बार्षिका कार्यायोजना निर्माणका लागि समुदायको अपेक्षा र सहकारीले गर्ने नयाँ कस्ता कस्ता कार्यक्रमहरु ल्याउँदा सदस्यहरुलाई आगामी दिनमा सदस्यहरुको आय आर्जनमा बृद्धि गर्न सकिन्छ भन्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए…
झापा, ३० साउन । झापाको मेचीनगर–१४ स्थित दुहागढीमा रहेको श्री कृष्ण प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । आज एक कार्यक्रमका बीच मेचीनगर–१४ मा रहेको आपसी समाज बचत तथा ऋण सहकारीले विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको हो । सहकारीका अध्यक्ष सरद शिवाकोटी, उपाध्यक्ष शान्ता राउत लगायतले विद्यालयका प्रधानध्यापक सीताराम थापा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल ढुङ्गानालाई हस्तान्तरण गरेका हुन् । सामाजिक उत्तरदायित्वबहन गर्दै विपन्न सामुदायका बालबालिका अध्ययनरत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूहरु खुसी भएको सहकारीका अध्यक्ष थापाको भनाइ थियो । ६० जना विद्यार्थीलाई सहकारीले हाउस ड्रेस वितरण गरेको हो । विपन्न विद्यार्थी अध्ययनरत विद्यालयमा सहयोग गरेको भन्दै विद्यालय…
झापा, ३० साउन । झापाको मेचीनगर नगरपालिका–१३ स्थित पूर्व–पश्चिम लोकमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार राति मेचीनगर–१३ कालिझोडास्थित पूर्व–पश्चिम हाइवेमा बिर्तामोडबाट चारआलीतर्फ आउँदै गरेको मे.६ प. ८३२० नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा पहिचान नखुलेको एक जना पैदलयात्री र मेचीनगर–९ का २५ वर्षीय सागर मेचेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । पैदलयात्रीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मंगलबार राति नै मृत्यु भएको थियो भने सागरको सोही अस्पतालमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही मोटरसाइकलमा सवार मेचीनगर–९ का २९ वर्षीय मन्दिप…