
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २० असार । अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम सञ्चालनका लागि झापाको भद्रपुर नगरपालिका र करुणा फाउण्डेशनबीच सम्झौता भएको छ । भद्रपुर नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगरपालिका र फाउण्डेशनबीच अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमका लागि सम्झौता भएको हो । कार्यक्रममा दुवै पक्षबाट सम्झौता पत्र हस्ताक्षर गरिएको छ । सम्झौता पत्र हस्तारक्षपछि मन्तव्य राख्नुहुँदै नगर प्रमुख पोखरेलले परिणाम निकाल्ने गरी काम गर्ने बताउनुभयो । ‘हामी सबै लाग्यौं भने सफताल अवश्य मिल्छ’, उहाँले भन्नुभयो, ‘जनस्तरसम्म पुगेर यो कार्यक्रमलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गर्छु ।’ कार्यक्रममा नगर उपप्रमुख राधा कार्कीले अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमको उद्देश्य अनुसारको काम गर्न सबै लाग्नुपर्नेमा…
अर्जुनधारा, २० असार । झापाको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव गोम्देनले एक सय परिवारको निःशुल्क स्वास्थय बिमा गरिदिने घोषणा गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख गोम्देनलले आगामी आर्थिक वर्षमा आफ्नो र आफन्तजनको नाममा नगरका विपन्न र मजदुर एक सय परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गर्नुभयो । त्यस्तै, विदेशमा रहेका नेपालीहरुबाट संकलित रकमबाट थप दुई सय परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिने उहाँले बताउनुभयो । ‘इच वान हेल्प वान भन्ने नाराका साथ देशविदेशमा रहनुभएका दाजुभाइ दिदी बहिनीहरु संकनल भएको पैसाले २०० जनाको बिमा गर्न लागेका छौं’, उहाँले भन्नुभयो, ‘यो अभियानमा सबैले सहयोग गर्न सक्नेछन्, हुनेले नहुनेलाई सहयोग…
बिर्तामोड, २० असार । झापाको बिर्तामोडमा रहेको ग्रेस इन्टरनेशनलले क्रिकेटर दिपेन्द्रसिंह ऐरीसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियाका क्रममा क्रिकेटर ऐरीले आफ्नो आदर्श खेलाडी भारतीय क्रिकेटर एमएस धोनी भएको बताए । उनले नेपाली खेलाडीले पर्याप्त प्रशिक्षण पाए राम्रो नतिजा ल्याउन सकिने जनाए । ‘नियमितको खेलाइले अनुभव हुन्छ’, उनले भने, ‘यसका लागि खेलाडीले उचित अवसर पाउन जरुरी छ । आज झापाका क्रिकेटप्रेमीहरुसँग ऐरीले विश्वकप खेल्दाको अनुभव र आफ्नो खेल करियरबारे अनुभव साँटेका थिए । यसैबीच, कार्यक्रमकै अवसर पारेर ग्रेसले बिर्तामोडको युनाइटेड क्रिकेट एकेडेमीका प्रमुख हितेश श्रेष्ठलाई एक सेट क्रिकेट किट (ब्याट, हेल्मेट, स्टम्प, ग्लोभ्स, जर्सी) प्रदान गरिएको थियो । कार्यक्रममा ग्रेसका संस्थापक…
अर्जुनधारा, २० असार । झापाको अर्जुनधारा नगरपालिकास्थित नगर अस्पतालले शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमका बीच सभामुख देवराज घिमिरेले उक्त सेवाको उद्घाटन गर्न गर्नुभयो । सेवा उद्घाटनसँगै सभामुख घिमिरेले अस्पतालको अनुगमन समेत गर्नुभएको छ । अस्पतालले दिने सेवा र समस्याका बारेम समेत सभामुख घिमिरेले जानकारी लिनुभएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. योगेश चेम्जोङ्गले शल्यक्रिया सेवा सञ्चालनका लागि संघीय सरकारबाट अत्याधुनिक उपकरण प्राप्तभएको बताउनुभयो । शल्यक्रियाका लािग अत्याधुनिक एनेस्थेसिया मेसिन, विद्युतीय प्रविधिबाट चिरफार हुने उपकरण भएको उहाँले बताउनुभयो । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देनले रु १८ करोडको लागतमा अस्पतालको नयाँ भवन निर्माण भइरहेको बताउनुभयो । “हालसम्म रु…
झापा, २० असार । झापाको बुद्धशान्ति गाँउपालिका वडा नम्वर-२ जयपुरमा आगलागि भएको छ । बुधबार राति सोही स्थानका मनरथ पोखरेलको घर नजिकै रहेको काठ र टिन बाट बनेको गाई गोठमा बिद्युत सर्ट भई अचानक आगलागी भएको हो। घटनाको खबर इलाका प्रहरी कार्यालय बुधबारे झापामा जानकारी प्राप्त हुन साथ तत्काल प्रहरी टोलि खटिएको थियो। अगलागी स्थानियवासी, घर परिवार, मेचिनगर नगपालिकाको दमकल, बिर्तामोड नगपालिकाको दमकल र नेपाल प्रहरीको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आगलागिबाट गाईगोठ, गोठमा राखेको पराल, सखुवाको काठ ३० क्यूफिट, कुटि काट्ने मेसिन र मकै ३० मन गरी अन्दाजि रु.३ लाख बराबरको क्षति भएको…
झापा, २० असार । झापाको माई खोलाले धार परिवर्तन गर्दा तीन परिवार जोखिममा परेका छन् । झापा गाउँपालिका–२ सुगा बथान र गौरीगञ्ज गाउँपालिकाको सिमाना स्थितमा रहेको माई खोलाले धार परिवर्तन गर्दा सोही स्थानका जयमुनी उराउ (परिवार संख्या ५ जना), नुनलाल राजबंशी (परिवार संख्या १ जना) र बेङ्गा राजबंशी (परिवार संख्या १ जना) जोखिममा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।
बनियानी, १९ असार । झापाको कचनकवल गाउँपालिका वडा नं. ३ ले यहाँका ज्येष्ठ नागरिकलाई छाता वितरण गरेको छ । कचनकवल–३ ले ७० वर्ष माथिका ३६० जना ज्येष्ठ नागरिकलाई छाता वितरण गरेको हो । वर्षाको समयमा ज्येष्ठ नागरिकलाई सहज होस् भन्ने उद्देश्यले छाता वितरण गरिएको वडाध्यक्ष ग्याँस अजमल मियाले जानकारी दिनुभयो । छाता पाएपछि ज्येष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका छन् ।
झापा, १९ असार । गौरीगञ्ज आधारभूत अस्पतालमा सुत्केरी भएका महिलाहरुलाई १० वटा गिरीराज कुखुराको चल्ला वितरण गरिएको छ । बच्चाको पोषणमा सहयोग गर्ने उद्येश्यले ४४ जना सुत्केरी महिलालाई आज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले वितरण गरेकी हुन् । संघिय सरकारको बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत गौरीगंज गाउँपालिकाले १५ दिने गिरीराज कुखुराको चल्ला सुत्केरी महिलाहरुलाई वितरण गरेको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए । त्यसैगरी आजै गौरीगंज गाउँपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ । अवरोध घटाऔं र शिशुलाई स्तनपानबाट वञ्चित नगरौं भन्ने नारालाई साकाररुप दिन गाउँपालिकाले स्तनपान कक्ष स्थापना गरेको हो । गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले ब्यानर पढेर स्तनपान कक्ष स्थापना भएको घोषणा…
बिर्तामोड, १९ असार । बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप पालिका घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार २०८१ असार १७ गतेसम्ममा ८ हजार २ सय ५१ जना बालबालिकालाई सबै प्रकारका खोपहरु लगाईएको स्वास्थ्य शाखाले जनाएको छ । तथ्याङ्क अनुसार खोप लगाउन छुटेका ५२ जनालाई खोजेर लगाएको स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत दीपक सापकोटाले जानकारी दिनुभयो । पालिकाका १० वटै वडाका बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख राजिवकृष्ण विष्टले बताउनु भयो ।…
बिर्तामोड, १९ असार । नेपाली सेनाको चारआलीस्थित अरिदमन गणमा एकदिने स्वास्थ्य शिविर बुधबार भएको छ । मेची आँखा अस्पताल सैनिकमोडको प्राविधिक सहयोगमा सेनाका अधिकृत र जवानहरुको आँखा जाँच गरिएको हो । मेची आँखा अस्पतालका युवराज बोहोरा , कविता कार्कीलगायतका स्वास्थ्यकर्मीहरुले आँखा जाँच गरेका थिए । त्यस्तै, वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. रणधीर राजवंशीले नाक, कान, घाँटीसम्बन्धी स्वास्थ्य जाँच गरेका थिए । आँखामा २१२ र नाक, कान, घाँटीमा ३० जना गरी २४२ जनालाई स्वास्थ्य जाँच गरिएको गणका गणपति प्राजु बस्न्यातले जानकारी दिए । उनले यस किसिमको सहकार्यमा नेपाली सेनाले निकट भविष्यमा दुर्गम स्थानहरुको पहिचान गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन…