
अर्जुनधारा, २० असार । झापाको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव गोम्देनले एक सय परिवारको निःशुल्क स्वास्थय बिमा गरिदिने घोषणा गर्नुभएको छ ।
आज आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख गोम्देनलले आगामी आर्थिक वर्षमा आफ्नो र आफन्तजनको नाममा नगरका विपन्न र मजदुर एक सय परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गर्नुभयो ।

त्यस्तै, विदेशमा रहेका नेपालीहरुबाट संकलित रकमबाट थप दुई सय परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिने उहाँले बताउनुभयो । ‘इच वान हेल्प वान भन्ने नाराका साथ देशविदेशमा रहनुभएका दाजुभाइ दिदी बहिनीहरु संकनल भएको पैसाले २०० जनाको बिमा गर्न लागेका छौं’, उहाँले भन्नुभयो, ‘यो अभियानमा सबैले सहयोग गर्न सक्नेछन्, हुनेले नहुनेलाई सहयोग गर्नुपर्छ ।’
विपन्न र मजदुर वर्गमा स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
