
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १० साउन । झापाको कचनकवल गाउँपालिकामा करेन्ट लागेर १५ वर्षीय किशोरको मृत्यु भएको छ। बुधबार साँझ करिब १० बजे कचनकवल गाउँपालिका वडा नं ०४ केचनाका ललन साहका छोरा विशाल साहलाई करेन्ट लागेको थियो। विशाल साह आफ्नो घरको टिनको छानो भएको बराण्डामा पानीको धाराबाट आउने क्रममा अज्ञात कारणले विद्युत प्रवाह हुँदा अचेत अवस्थामा पुगेका थिए । विशालको बुबाले उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र बनियानिमा लगे । स्वास्थ्य केन्द्रमा डाक्टरले जाँच पश्चात् विशाललाई मृत घोषित गरेका थिए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ।
राजेश ढुङ्गानातिमीलेजो देख्यौमत्यो हुन सकिनअपशोच !तिमीलेजुन देख्न सकिनौमत्यो मात्र हुन सकें !
झापा, ९ साउन । पूर्वीनाका काकरभिट्टाबाट आर्थिक वर्ष २०८०/०८१ मा रु. १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलंैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा रु. १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा काँकरभिट्टाबाट रु. छ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताए । यो नाकाबाट सबैभन्दा धेरै अलैंची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ । सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ…
झापा, ९ साउन । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे जाँचबुझ गरी कारण पत्ता लगाउन आयोग गठन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संंयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरिएको हो । आयोगको सदस्यमा दिपुराज ज्वारचन, डा सुदिप भट्टराई सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डंगोल छन् । ४५ दिनभित्र जाँचबुझ गरी आयोगलाई प्रतिवेदन बुझाउन कार्यदेश दिएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । सरकारले दुर्घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बुधबार बिहान पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थल नजिक दुर्घटना हुँदा १८ जनाको मृत्यु हुनुका साथै…
झापा, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे नेपाल नागरिक उड्डययन प्राधिकरणको उद्धार समन्वय केन्द्रबाट ब्रिफिङ लिएका छन् । विमानस्थलस्थित घटनास्थलको अवलोकनपछि ओलीले उद्धार समन्वय केन्द्रमा पुगेर ब्रिफिङ लिएका हुन् । सो क्रममा प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद, हृदयविदारक र अकल्पनीय भएको बताएका थिए । निधन भएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्दै उनले घाइते क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ लाभको कामना गरे। ब्रिफिङमा गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्रि पाण्डे, निमित्त मुख्यसचिव लीलादेवी गड्तौला सहभागी थिए ।
झापा, ९ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले १८ जनाको मृत्यु भएको पुष्टि गरे । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो । जहाज उड्नेबित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तर पूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
काठमाडौँ, ९ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकोहरु सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । शिक्षण अस्पतालले सबै शवहरुको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने जानकारी दिएको छ । सबै प्रक्रिया सुरु गरेर आजै पोष्टमार्टम सुरु गरिने पनि अस्पतालले जनाएको छ । बुधबार बिहान जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले उल्लेख गरेको छ ।
काठमाडौँ, ९ साउन । सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिराज उनीहरुका छोरा हुन् । प्रिजाका बुबा प्रकाश खतिवडाले ज्वाइँ मनुराज प्राविधिक भएको बताए । भावविह्वल अवस्थामा आएका उनले ज्वाइ प्राविधिक भएको बताएपनि सौर्य एयरलाइन्सकै कर्मचारी भए–नभएको खुलाएनन् । तर, सौर्य एयरलाइन्सले भने उनीहरु सबै कर्मचारी भएको आफ्नो विवरणमा उल्लेख गरेको छ । पारिवारका अनुसार प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत थिइन् । यस्तै अधिराज भने नाबालक हुन् । बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको जहाजमा सवार…
झापा, ९ साउन । मोरङ र झापाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले विराटनगर–१६ स्थितमा चेकजाँचको क्रममा को.१९प८५९२ नम्बरको मोटरसाईकलमा सवार मोरङ सुन्दरहरैचा नगरपालिका–५का २५बर्षीय अभिषेक चौधरी र सुन्दरहरैचा–४ का ३० बर्षीय उज्वल सापकोटालाई ३ ग्राम २४ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी झापाको अस्थायी प्रहरी पोष्ट नयाँबसपार्क बिर्तामोडको प्रहरीटोलीले सिन्धुलीका २८ बर्षीय धन बहादुर बस्नेतलाई ३ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित र मेचीनगर–६ धाईजनका ३० बर्षीय सोनु तामाङ र २८ बर्षीय शुरेश गुरुङलाई १ ग्राम ८७० मिलिग्राम ब्राउनसुगर सहितइलाका प्रहरी कार्यालय…
झापा, ९ साउन । झापाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पाँच जनालाई पक्राउ गरेको छ । मंगलबार झापाको अर्जुनधारा, मेचीनगर र झापा गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषध ब्राउनुगरसहित चार जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार मंगलबार साँझ झापा गाँउपालिका–४ स्थित हुलाकी सडक खण्डमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चर्तागाछीबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र. १–०१–०१५ प ७८०८ नम्बरको स्कुटीलाई रोकी चेकजाँच गर्दा स्कुटी पछाडी सवार कमल गाउँपालिका–१ की ३६ वर्षीया सर्मिला राईको साथबाट प्लाष्टिकबाहेक ५ ग्राम ५३० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । उनीसँगै स्कुटर चालक कमल–१ का २९…