झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १० असार । जर्मनी समूह ‘ए’ को विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । स्विट्जरल्यान्डलाई बराबरीमा रोक्दै आयोजक जर्मनी अन्तिम १६ मा प्रवेश गरेको हो । निकलास फुलक्रुगले इन्जुरी समयमा गोल गरेपछि जर्मनी र स्विट्जरल्यान्डबिचको खेल १–१ को बराबरीमा टुङ्गिएको हो । सोमबार बिहान भएको खेलको २८ औँ मिनेटमा डान एनडोयोले स्विस टोलीलाई अप्रत्याशित अग्रता दिलाएका थिए । जितसँगै समूहको विजेता बन्ने सपना बोकेको स्विट्जरल्यान्डलाई ९२ औँ मिनेटमा फुलक्रुगले ठुलो झट्का दिए । योसँगै जर्मनीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेको छ । बराबरीपछि ३ खेलबाट जर्मनीको ७ अङ्क रहेको छ । स्विस टोलीले समान खेलबाट ५…

Read More

झापा, १० असार । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ्र भारी वर्षा हुने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी,…

Read More

झापा, १० असार । हजको समयमा कम्तीमा १ हजार ३०१ जनाको मृत्यु भएको साउदी अरबले जनाएको छ । यसमा धेरैजसो अनधिकृत तीर्थयात्रीहरू छन् जो तीव्र गर्मीमा लामो दूरी हिँडेका थिए। यस वर्षको तीर्थयात्रा तातो लहरको लहरको समयमा भएको थियो । कहिलेकाहीँ तापमान ५० डिग्री सेल्सियस भन्दा बढी थियो। मर्नेहरू मध्ये तीन चौथाइ भन्दा बढीसँग त्यहाँ जान आधिकारिक अनुमति थिएन र पर्याप्त आश्रय बिना चर्को घाममा हिँडेको साउदी समाचार एजेन्सी एसपीएले भन्यो। ‘मृत्यु हुनेमध्ये केही वृद्ध वा दीर्घकालीन बिरामी थिए,’ एजेन्सीले थप्यो। स्वास्थ्य मन्त्री फहद अल-जलाजेलले स्वास्थ्य सेवाले करिब ५ लाख तीर्थयात्रीहरूको उपचार गरेको जानकारी दिए । जसमा १ लाख ४०…

Read More

झापा, १० असार । झापाको बिर्तामोड–शनिश्चरे सडक खण्डको कालोपत्रे गर्ने काम शुरु भएको छ । करिब साढे १५ करोडको लगातमा छ किलोमिटर सडकको कालोपत्रे गर्ने काम शुरु भएको हो । पहिलो चरणमा असार मसान्तभित्र अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रे शुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिनुभयो । “बहुवर्षे योजना अनुसार सडक निर्माण कार्य भइरहेको छ”, इञ्जिनियर खतिवडाले भन्नुभयो, “मौसमले साथ दियो भने तीन–चार दिनभित्र काम सकिन्छ ।” बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ । कालोपत्रेको मोटाइ ४० सेन्टीमिटर रहने उहाँले…

Read More

सन्तोष शर्माझापा, ९ असार । झापाको कनकाई नगरपालिकाले नगरको वृहत्तर विकासलाई लक्षित गरी आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम ल्याएको छ । आज १६ औं नगरसभामा नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटीले नगरको वृहत्तरहितका लागि आगामी आर्थिक वर्षका लागि १८४ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । भौतिक पूर्वाधारतर्फ ‘हाम्रो विकास हाम्रो हात, जुटौं सबै एक साथ’ भन्ने नाराका साथ २७ बुँदे नीति तथा कार्यक्रम रहेको छ । नगरको पूर्वाधार विकास गुरुयोजना अनुसार गरिने, लागत साझेदारीका योजनालाई प्राथमिकता दिइने, गुणस्तरीय र मापदण्ड अनुसारको पूर्वाधार विकासका काय गर्ने लगायतका कुरा समेटिएको छ । त्यस्तै, सामाजिक विकासतर्फ शिक्षा, युवा तथा खेलकुदतर्फ…

Read More

पाँचथर, ९ असार । खानेपानीको मुहान नदिएको भन्दै फालेलुङ वडा नं. ६ र ७ जाने सडक फिदिम १० का स्थानीयबासीले सडक अवरुद्ध गरेका छन् । बृहत सिदिन याङ्नाम खानेपानी आयोजनाको लागि मुहान नदिएको भन्दै फिदिम फालौट सडक खण्ड अन्तरगत आकाशे भञ्जाङमा फालेलुङ जाने सडकमा स्थानीयबासीले खाली गाग्रोसहित सडक अबरुद्ध गरेका हुन् । पटक–पटक वार्ताको माध्यमबाट सहमति गर्न खोजे पनि फालेलुङ वडा नं. ६ र ७ का स्थानीयबासीले खानेपानीको मुहान नदिएपछि आन्दोलन गर्न बाध्य भएको फिदिम १० का वडाध्यक्ष ओमराज थाम्सुहाङले बताए । जिल्ला समन्वय समिती पाँचथर, जिल्ला प्रशासन कार्यालय पाँचथर मार्फत पटक–पटक छलफल भए पनि फालेलुङ वडा नं. ६ र…

Read More

नेपाली महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी समस्याहरु मध्ये पाठेघर झर्ने ९खस्ने० ‘जसलाई आङ खस्ने पनि भनिन्छ’ एक मुख्य समस्या हो । अहिले पनि ग्रामिण भेगमा बसोबास गर्ने कतिपय महिलाहरुले यसलाई स्वास्थ्य समस्याको रुपमा लिने गरेको पाइदैन् । बरु उनीहरुले बच्चा भएपछि हुने स्वभाविक असरका रुपमा लिने गरेको पाईन्छ । अर्का तर्फ प्रजनन् अंग र यसको कामको बारेमा हाम्रो परिवार समाजमा निकै न्यून मात्रामा छलफल गरिन्छ । किनकी यस्ता कुरा परिवारको ठूला साना सदस्यसंग गर्दा लाज र इज्जत जाने कुरा सम्झिने गरिन्छ । यसले गर्दा कतिपय महिलाहरु मानसिक, शारीरिक रुपमा सहित श्रीमानबाट समेत पिडीत हुन बाध्य छन् । के हो पाठेघर झर्ने…

Read More

काठमाडौँ, ९ असार । राष्ट्रियसभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले संसद्‌मा मादकपदार्थ खाई आउने सांसदलाई ६ महिना निलम्बन गर्न माग गरेका छन्। आइतवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। उनले केही दिनअघि प्रतिनिधिसभा बैठकमा एक महिला सांसदले पुरुष सांसद संसद्‌मा मादक पदार्थ सेवा गरी आएको कुरा उठाएको भन्दै संसद्को अनुशासनको कुरा गरेर आफैँ अनुशासनहीन काम गर्ने सांसदलाई ६ महिना निलम्बन गरिनुपर्ने बताए। उनले बजेटले कर्मचारीको तलबभत्ता नबढाएको धेरै भएको उल्लेख गर्दै कर्मचारीको तलब बढाउन नितान्त आवश्यक रहेको बताए। उनले भ्रष्टाचार र कालोबजारी रोक्न नसक्ने तर कर्मचारीको तलब नबढाउने जायज नरहेको बताए। बस्नेतले भने, ‘प्रतिनिधिसभामा महिला सांसदले एकजना पुरुष…

Read More

काठमाडौँ, ९ असार । कलाकार तथा क्याप्टेन विजय लामालाई ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । विश्व सङ्गीत दिवसको अवसर पारेर नेपाल संगीतिक सङ्घले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनलाई नगद रु २५०००– सहित उक्त पुरस्कार प्रदान गरिएको हो । लामालाई अभिनय र पाइलट पेसामा पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो । पुरस्कार विकाश घले गुरुङले आफ्ना बाबु (लाल)– आमा (समुन्द्रा) गुरुङको नामबाट स्थापना गरेका हुन् । विकास फिल्मका लेखक, नृत्य निर्देशक र निर्देशक पनि हुन् । विकास केही वर्षदेखि अमेरिका बस्दै आएका छन् । उनी तेक्वन्दो प्रशिक्षक पनि हुन् । पुरस्कार अग्रजलाई सम्मान र नवलाई प्रोत्साहन…

Read More

काठमाण्डौ,९ असार । अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अस्ट्रेलियालाई पहिलो पटक हराएको छ । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर–आठको समूह एक को आज दोस्रो खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हराएको हो । अहिलेसम्म टी–२० विश्वकपमा दुवै टोलीबीच दुई पटक भेट भएको छ । यसअघि सन् २०२२ को विश्वकपमा अस्ट्रेलियाले अफगानिस्तानलाई चार रनले हराएको थियो । आजको जितसँगै समूहु एकको अङ्क तालिका रोमाञ्चक बनेको छ । समूह एकमा भारत दुई खेलमा चार अङ्कसहित शीर्ष स्थानमा छ । अफगानिस्तान र अस्ट्रेलियाको समान दुई अङ्क रहेको छ । समूहमा अब भोलि बेलुका सवा ८ बजे भारत र अस्ट्रेलियाबीच खेल हुनेछ भने अफगानिस्तान र बङ्गलादेशबीच…

Read More