
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, १७ फागुन । इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन । “ हिमाल हेरेरै बसिरहुँ लाग्यो, फुत्त उफ्रिदा हिमाल छोइएलाजस्तो, चिसो हावाको स्पर्श कति आनन्द ।” उनले भने । तुम्लिङ मात्र होइन नयाँबजार, थुम्के, मेग्मा, जौबारी, कालपोखरीलगायत इलामका उत्तरी भेगका लेकाली क्षेत्र नेपाल भारत सीमामा पर्ने पर्यटकीयस्थल हुन् । हिमाल हेर्न, झुल्के घामको दृश्यावलोकन गर्न, लोपोन्मुख वन्यजन्तु रेडपाण्डा हेर्न र औषधीय गुण भएका जडीबुटी खोज्न पाइने भएपछि खोज, अनुसन्धान र अवलोकन गर्न नेपालसहित भारत,…
तित्रा‘हैन एइ केटा ! यो देशमा के हुन लाग्दैछ हँऽऽऽ? यतै भ्रष्ट, उतै भ्रष्ट, सर्वत्र छरष्ट ! छट्टु स्याल र ब्वाँसाहरूले देश सबै खुर्किएर खाएर सिध्याउने भए त ! उहिले पहिले मिडियाहरूमा सानो भ्रष्टाचारको खबर आउँदा देश हल्लिन्थ्यो, शासनसत्ता पल्टिन्थ्यो । अहिले त शासक नै भ्रष्टको संरक्षण गर्न लागी पर्छन् । न्यायालयले पनि हजार–लाखसम्मको भ्रष्टलाई जेलमा काचे पनि करोड–अरब–खरबका भ्रष्टलाई गउत गंगाजल छर्केर चोख्याउँछ ! ठूला भ्रष्टलाई कार्यालयमा ल्याएर बयान लिने आँट गर्दैनन्, बयान लिनै पर्ने भयो भने भ्रष्टकै घरमा पुच्छर हल्लाउँदै पुगेर बयानको नाटक गर्छन् । हतकडी लाउन त झन् यिनको काबु बाहिरकै कुरा भयो । जेल कोच्नु पर्नेलाई…
चन्द्र बस्नेत कनकाई, १६ फागुन । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गास्थित कनकाई माध्यमिक विद्यालयमा डिल्ली गौतम स्मृति प्रतिष्ठानले निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन गर्ने भएको छ । आज सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी फागुन १७ गते र १८ गते आँखा तथा दन्त शिविर आयोजना गरिने आयोजक संस्था डिल्ली गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष रविन्द्र लम्सालले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै झापा क्षेत्र नं. ४ का सघिंय सासंद एलपी साँवा लिम्बूले आफ्नो क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य तथा सक्षम बनाउने उद्देश्यले आफूहरुको अगुवाइमा संकल्प प्रतिष्ठानले डिल्ली गौतम स्मृति प्रतिष्ठानसँगको सहकार्य, काठमाडौं विएम फाउण्डेशनको प्राविधिक सहयोगमा शिविर आयोजना गर्न लागिएको बताउँनुभयो…
चन्द्र बस्नेतकनकाई, १६ फागुन । झापाको कनकाई–३ सुरुङ्गामा आयोजित तीन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव सम्पन्न भएको छ । कनकाई नगरपालिका–३ स्थित पशुपति अङ्ग्रेजी माध्यमिक विध्यालय सुरुङ्गामा पहिलो पटक आयोजना भएको तीन दिने महोत्सव बुधबार सम्पन्न भएको हो । रोटरी क्लब अफ सुरुङ्गा तथा रोट्र्याक अफ कनकाई सुरुङ्गाको आयोजनामा पहिलो पटक आयोजना भएको महोत्सव सुरुङ्गास्थित पशुपति अंग्रेजी मावि परिसरमा फागुन १४ देखि १६ गतेसम्म सञ्चालन भएको थियो । आयोजक संस्था रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कँडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा बरिष्ठ साहित्यकार तथा संस्कृति विद तुलसी दिवसको प्रमुख आतिथ्य रहेको थियो । आज समापन कार्यक्रममा प्रमुख अतिथि…
शिवसताक्षी, १६ फागुन । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले चुमेको छ । विर्तामोड नगरपालिकालाई ३– १ गोल अन्तरले हराउँदै कमल गाउँपालिकाले उपाधि चुमेको हो । खेलको पहिलो हाफमा कमल गाउँपालिकाका जर्सी नं. ९ का बाबुराम हस्ताले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाए । खेलको दोस्रो हाफमा विर्तामोडका जर्सी नं. ७ का खेलाडी चुनु सोरेनले गोल गर्न सफल भए । त्यस्तै दोस्रो हाफमा कमलको बाबुरामले क्रमशः २ गो गरेपछि कमल विर्तामोड सँग २ गोल अन्तर बनाउँदै उपाधि हात पारेको हो । उपाधि हात पारेसँगै कमलले नगद ७० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको…
कनकाई, १६ फागुन । पछिल्लो समय झापा र कनकाई नगरपालिका क्षेत्रमा बढ्दो लागुऔषध प्रयोगकर्तालाई घटाउन इलाका प्रहरी कार्यालय सुरुङ्गाले स्कुल स्कुलमा सचेतना अभियानलाई तीव्रता दिएको छ । यसैक्रममा कनकाई नगरपालिका वडा नं. १ स्थित संस्थागत विद्यालय नवयुग शिक्षा निकेतन अंग्रेजी माध्यमिक विद्यालयमा एकदिवशीय लागुऔषध र साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक प्रविणकुमार भट्टराईले विद्यालयका कक्षा ९ र १० का १०० विद्यार्थीलाई लागुऔषधको प्रयोग र यसको असर, यसबाट बच्ने तरिका, लागुऔषधबाट मानिसमा पर्ने असर, साइबर अपराध यसको प्रकार र सजाय लगायातका बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा…
झापा, १६ फागुन । झापाको बाह्रदर्शी गाउँपालिका–६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो २ बजे खेतमा जमेको पानीमा करेन्ट लागाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा स्थानीय २८ बर्षीय बुद्धराज लिम्बुको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरीको टोली खटिगई कानुनी प्रकृया पश्चात शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
बिर्तामोड, १६ फागुन । यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरिएको छ । यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, अर्को विभागीय टोली नेपाल पुलिस क्लबले फागुन २० गते ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग क्वार्टर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । उद्घाटन खेलको विजेताले सर्लाहीको बागमती युवा क्लबसँग पहिलो क्वार्टर फाइनल खेल खेल्नेछ । त्यस्तै, फागुन २२ गते नेपाल पुलिस र चर्च ब्वाइजबीच हुने…
भद्रपुर, १६ फागुन । झापाको भद्रपुर नगरपालिकामा २१ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । आगामी फागुन २० देखि २९ गतेसम्म नगरका ९ महिनादेखि १५ वर्षमुनीका २१ हजार बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको हो । अभियानबारे जानकारी दिन आज नगरको स्वास्थ्य शाखाले पालिका स्तरीय अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको छ । नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा अभिमुखीकरण गोष्ठी भएको हो । नगरप्रमुख पोखरेलले दादुरा–रुबेला खोप अभियानलाई सफल बनाउन अधितम् प्रयास गर्ने बताउनुभयो । उहाँले नगरका १०४ वटै टोल विकास समितिहरुसँग छलफल गरी अभियान सफल बनाइने बताउनुभयो । बैशाखा नयाँ विद्यार्थी भर्ना गर्ने क्रममा खोप कार्ड अनिवार्य गरिनुपर्ने सुझाव समेत आएको…
बिर्तामोड, १६ फागुन । पूर्वको व्यापारिक केन्द्र बिर्तामोडस्थित बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने विजयी भएका छन् । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार राजु न्यौपानेले २ हजार २२५ मत ल्याएर विजयी भएका हुन । उनका निकटम् प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १ हजार ५२० मत प्राप्त गरेका छन् । १९ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, जनसम्पर्क उपाध्यक्ष, कोषाध्यक्ष, तीन खुल्ला सदस्य र एक महिला सदस्यबाहेक बाँकी १२ पदमा लोकतान्त्रिक प्यानलले जीत निकालेको छ । बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु) १८२६ मतका साथ निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी सञ्जीव घिमिरे १७८१ मत प्राप्त गरेका…