झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा छायांकन सुरु हुनुअघि कलाकारदेखि छायाँकारसम्मको उपस्थितिमा वर्कसप गर्ने चलन फस्टाउँदै गएको छ । फिल्म निर्माण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन आयोजना गरिने यस्ता वर्कसपले कलाकारलाई आफ्नो क्यारेक्टर गहिरो रूपमा बुझ्न र स्क्रिप्टको सूक्ष्म अध्ययन गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । वर्कसपको यही महत्त्वलाई बुझेर हुनसक्छ, निर्माणको तयारीमा रहेको फिल्म ‘मितज्यू’को टिमले पनि यो अभ्यासलाई आत्मसात गरेको छ । सोहीअनुसार शनिबारबाट काठमाडौंमा फिल्मका निर्देशकदेखि कलाकारहरूको उपस्थितिमा वर्कसप सुरु गरिएको छ । वर्कसपमा कलाकारहरू तेरिया मगर, पुस्कर गुरुङ, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने लगायत सहभागी छन् । फिल्ममा कलाकारहरूले गर्ने भूमिकालाई सहज होस् भन्ने हिसाबले…

Read More

विश्वभर मांसाहारी खाना (ननभेज फुड) लाई निकै रुचिका साथ खाइन्छ र यसलाई पौष्टिक पनि मानिन्छ । यद्यपि, ननभेज र भेज खानाको बहस सधैँ चलिरहन्छ, किनकि शाकाहारी मानिसहरू भोजनका लागि जनावरहरू मार्ने कुराको विरुद्धमा छन् । यस्तोमा भिगन समुदाय पनि छ, जसले समय–समयमा प्रदर्शन पनि गरिरहन्छन् । तर पनि विश्वभर मांसाहारी खाना खानेहरूको कमी छैन । के तपाईंलाई थाहा छ, कुन देशमा सबैभन्दा बढी मांसाहारी खाना खाइन्छ ? विश्वको तथ्यांकअनुसार खाद्य र कृषि संगठन (एफएओ)को रिपोर्टमा आधारित भएर वर्ल्ड अफ स्ट्याटिस्टिक्सले हालै सार्वजनिक गरेको १० देशहरूको सूची यहाँ प्रस्तुत गरिएको छ, जहाँ सबैभन्दा बढी ननभेज खाना खपत हुन्छन् । १. अमेरिकाः…

Read More

शशिधर पराजुलीविराटनगर, ६ पुस । विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको भवनबाट खसेर एक जना प्रशिक्षार्थी (इन्टर्न) चिकित्सकको मृत्यु भएको छ । आइतबार बिहान अस्पतालको पाँचौँ तलाबाट खस्नुभएका ३४ वर्षीय डा. अमित यादवको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार आज बिहान करिब ६ः३० बजे अस्पतालको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट यादव अचानक भुइँमा खस्नुभएको थियो । सप्तरीको राजविराज नगरपालिका–९, जगदरी निवासी यादव सोही मेडिकल कलेजमा एमबीबीएस अध्ययन पूरा गरी इन्टर्न चिकित्सकका रूपमा कार्यरत हुनुहुन्थ्यो । पाँचौँ तलाबाट खसेका कारण उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । घटनालगत्तै चिकित्सक यादवलाई अस्पतालकै आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको…

Read More

ताप्लेजुङ, ६ पुस । बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आज बिहान मृत्यु भएको हो । स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।रासस

Read More

झापा, ६ पुस । सुनको भाउ आज घटेको छ । सुन आज तोलामा १ सय रुपैयाँले घटेर तोलाको २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज एकैदिन १ सय रुपैयाँले बढेर तोलाको ४ हजार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

जोहान्सबर्ग, ६ पुस । दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हतियारधारीहरूले एक बारमा गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । यो महिनाभरि देशमा भएको दोस्रो ठूलो गोलीकाण्ड हो । पुलिसका अनुसार आक्रमणकारी दुईवटा सवारीसाधनमा बारमा पुगेका थिए र ग्राहकमाथि गोली चलाए । भाग्दा पनि उनीहरूले अनियन्त्रित रूपमा गोली चलाइरहेका थिए । मृतकमध्ये एक अनलाइन कार सेवा चालक पनि छन् । आक्रमणकारीहरूको खोजी अभियान जारी छ । दक्षिण अफ्रिका लामो समयदेखि अपराध र भ्रष्टाचारको सामना गर्दै आएको छ । देशमा गोलीकाण्ड सामान्य घटना हुन् र प्रायः हिंसा अवैध व्यवसाय प्रतिस्पर्धाका कारण हुने…

Read More

विराटनगर, ६ पुस । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट पुस ५ गते लागु औषध ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले इटहरी–६ स्थितमा चेकजाँचको क्रममा प्रदेश १.०२.०४८ प ४४७८ नम्बरको मोटरसाईकलमा सवार कोशी गाउँपालिका–८ का २० बर्षीय मो।जईसुल र बराहक्षेत्र–५ का ३५ बर्षीय अनिल कार्कीलाई ब्राउन सुगर ५५ ग्राम १६ मिलिग्राम र नगद १ लाख ६५ हजार सहित नियन्त्रणमा लिएको हो । यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर झापाले भद्रपुर.–५ बाट इलाम नगरपालिका–१२ का अनिल प्रधानलाई २ ग्राम १ सय मिलिग्राम ब्राउन सुगरसहित र…

Read More

झापा, ५ पुस । झापाको कनकाई नगरपालिका-३ स्थित भीमसेन बचत तथा ऋण सहकारी संस्थाले पत्रकार चुडामणि तिम्सिना (सीएम शर्मा) लाई सम्मान गरेको छ । १६ औँ वार्षिक साधारण सभाको अवसरमा संस्थाले आज पत्रकार शर्मालाई सम्मान गरेको हो । विगत दुई दशकदेखि पत्रकारिताको माध्यमबाट समाजलाई सुसुचित गर्दै आउनुभएका शर्मा ठोस खबरका सम्पादक हुनुहुन्छ । कार्यक्रमका अध्यक्ष तेजबहादुर प्रधान, प्रमुख व्यक्तित्व संस्थापक अध्यक्ष भरतकुमार श्रेष्ठ, संस्थाका सल्लाहकार संयोजक नरेन्द्रकुमार श्रेष्ठ, सल्लाहकार रामबाबु महर्जन लगायतले शर्मालाई सम्मान गर्नुभएको थियो । गत आव २०८१/०८२ मा नियमित बचत कारोबारतर्फ जिल्लामै उत्कृष्ट कारोबार गरेको भीमसेनले २०८१/०८२ मा १८ लाख ९७ हजार २६६ रुपैयाँ मुनाफा गरेको छ…

Read More

निशान निराैला झापा, ५ पुस । नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय अभिनेता ईलामका मुकेश गुरुङको अभिनयमा नयाँ म्युजिक भिडियो “हिजो तिम्रो आज तिम्रो” सार्वजनिक भएको छ। लगातार (ब्याक टु ब्याक) रूपमा सार्वजनिक भइरहेका उनका म्युजिक भिडियोहरूले दर्शक–श्रोताको ध्यान तानेका छन्। प्रेम, समर्पण र समयसँगै बदलिँदो सम्बन्धको भावनालाई गीतले कलात्मक रूपमा प्रस्तुत गरेको छ। गीतमा कमल घले र जुनु प्रसाईंको सुमधुर स्वर रहेको छ भने शब्द रचना दिनेश सुवेदीले गरेका छन्। संगीत सन्तोष प्रगाढ राईको रहेको छ भने एरेन्ज पुष्कल खत्रीले गरेका छन्। म्युजिक भिडियोमा अस्मि थापा र मुकेश गुरुङको सशक्त अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन बबिता श्रेष्ठ मालेकुले गरेकी हुन् भने…

Read More

काठमाण्डौ, ५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज चितवनको चौबीसकोठीमा भएको सभालाई सम्बोधन गर्नुभएको छ । भरतपुरको चौबीसकोठीमा उहाँले विशेष सम्बोधनमार्फत चितवनले आफूलाई मात्र नभइ सिङ्गो देशलाई न्याय गर्ने विश्वास व्यक्त गर्नुभयो । हिजो मात्रै थुनामुक्त भएका लामिछानेले चौबीसकोठीमा पहिलो सभालाई सम्बोधन गर्ने क्रममा आफूमाथि अन्याय भएको दोहोर्‍याउनुभयो । नवयुवाको भावनालाई समेट्न आफूले सक्दो प्रयास गर्ने उहाँको भनाइ छ । रुपन्देहीको बुटवलमा रहेको सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा थुनामा रहेका लामिछाने हिजो मात्रै जिल्ला अदालतमा उपस्थित भएर रिहा हुनुभएको हो ।

Read More