झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २२ माघ । काेशी प्रदेशका मुख्यमन्त्री केदनर कार्कीले विभेद अन्त्यका लागि दाताले आफ्नाे सम्पत्ति दान गरेर बनाएकाे विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा छुट्टाछुट्टै शिक्षा दिएर विभेद किन गरिरहेकाे भन्दै प्रश्न गराएका छन् । साजिलाल माध्यमिक विद्यालय सुन्दरहरैंचा ६, दुलारीकाे ५८ अैां वार्षिकाेत्सवमा मुख्यमन्त्री कार्कीले विद्यालयकाे विद्यालयमा विभेद विरूद्धकाे विद्राेहकाे बीऊ किन राेपिरहेकाे भन्दै प्रश्न गरेका हुन् । ´एउटै विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा पढाएर अबाेध बालबालिकाकाे मनमा धनी र गरीवविचकाे खाडल किन खनिरहेका छाैं ?,उनले भने, ´विद्यालयमा पढ्ने विद्यार्थीहरूमा धनीका छाेराछाेरीले अंग्रेजी र गरीवका छाेराछाेरी नेपाली माध्यममा पढिरहेकाे कुण्ठा किन बढाइरहेका छाैं, याे कुण्ठाले धनीबिरूद्ध विद्राेहकाे जग बनाउने अपराध…

Read More

अर्जुनधारा, २२ माघ । झापाको अर्जुनधारा–९ स्थित कालिकापीठ कालीस्थानमा सातदिवसीय योग शिविर शुरु भएको छ । पतञ्जली योग समिति अर्जुनधाराको संयोजन, कालिका बहुद्देश्यीय सहकारी संस्थाको आयोजना एवं कालिकापीठ कालीस्थानको ब्यवस्थापनमा सातदिने योग शिविर शुरु भएको हो । आयोजक संस्थाका अध्यक्ष कर्णबहादुर तामाङको अध्यक्षता एवं वडा नं–१० का वडाध्यक्ष भुपेन्द्र न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा कालिकापीठका प्राचार्य आ। रघुनाथ रिजाल, पतञ्जली योग समिति झापाका सदस्य देविका सिग्देल, इन्दु पूर्वेली, पतञ्जली योग समिति अर्जुनधाराका अध्यक्ष दधिराम मिश्र, उपाध्यक्ष टंककुमार बस्नेत, महामन्त्री केदारनाथ ढुङ्गेल, सदस्यहरु गोविन्द पोखरेल, तिला न्यौपाने, १० नं वडा संयोजक गोपी सिग्देल लगायतको आतिथ्य रहेको थियो । योग शिविरको…

Read More

भद्रपुर, २२ माघ । झापा भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजको पाचौं स्थापना दिवस तथा बार्षिक उत्सवको अवसर पारेर निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत समाजले मेची आखा अस्पताल विर्तामोड तथा ओम साई पाथिभरा अस्पताल भद्रपुरको प्राविधिक सहयोगमा निशुल्क आँखा जाँच तथा स्वास्थ्य जाँच शिविर सम्पन्न गरिएको हो । समाजका कार्यवाहक अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षतामा तथा प्रदेश सभा सदस्य छविलाल चुडालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज, ९ का वडाध्यक्ष रामप्रसाद दाहाल र १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीले शुभकामना मन्तव्य राखेका थिए…

Read More

झापा, २२ माघ । प्रेस चौतारी नेपाल झापाले २६ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । चौतारीले आज बिर्तामोड–७ स्थित सहिद नेत्र स्मृति पार्कमा सम्मान, बिरामी भएका पत्रकारलाई उपचार कोषको रकम वितरण, निःशुल्क आँखा स्वास्थ्य शिविरसहित वनभोजको कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो । चौतारीले संगठनको २६ औं स्थापना दिवसको अवसरमा पूर्व अध्यक्ष तोयानाथ दाहाल ‘उपेक्षित’ लाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको छ । चौतारीले उक्त पुरस्कार संस्थापक अध्यक्ष नेत्र पाठकलाई २५ औं स्थापना दिवसको अवसरमा प्रदान गरेको थियो । सोही कार्यक्रमकाबिच चौतारीले स्थापना गरेको पत्रकार उपचार कोषबाट विरामी भएका पत्रकार उद्धव पुरी, तुलसीप्रसाद निरौला र सावित्रा…

Read More

चन्द्र बस्नेतकनकाई, २२ माघ । नगर क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्री वितरणमा निषेध गरेको भन्दै झापाको कनकाई नगरपालिका सम्मानित भएको छ । कनकाई नगरपालिकालाई नेपाल क्यान्सर फाउडेशन, बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र रोटरी क्लब अफ मिट टाउनसँगको सहकार्यमा सम्मान गरेको हो । विश्व क्यान्सर दिवसको अवसर पारेर आइतवार झापाको बिर्तामोडमा नेपाल क्यान्सर फाउण्डेशनका संस्थापक अध्यक्ष तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा विरेन्द्रकुमार यादवले सम्मानपत्रसहित कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उप–प्रमुख आशा शर्मा शिवाकोटी समेतलाई सम्मान गर्नुभएको हो । नगरमा सूर्तिजन्य पदार्थ बिक्री वितरण साथै सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन (२०८०) जारी गर्दै मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरी मुटु…

Read More

भद्रपुर, २२ माघ । कृषि ज्ञान केन्द्र झापाले बीऊ बिजन उत्पादन, आपूर्ति तथा व्यवस्थापन कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै उन्नत बीऊ उत्पादनका लागि पूर्वाधार तथा प्रशोधन विकास सहयोगका लागि २० लाख रुपैयाँ र श्रोत बीऊ उत्पादनका लागि पूर्वाधार तथा प्रशोधन विकास सहयोगका लागि २० लाख रुपैयाँको प्रस्ताव माग गरेको हो । कार्यालयका निमित्त प्रमुख सागर विष्टले आ.व. २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ‘प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरित कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि ‘२०८०’ अनुसार दुई कार्यक्रमका लागि जिल्लाका इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीहरुबाट प्रस्ताव माग गरिएको…

Read More

झापा, २२ माघ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नजरमा बहालवाला मन्त्री र पूर्वमन्त्री अटेरी देखिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्र कन्ट्रोल सिस्टम ९टेरामक्स० खरिद प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बयानका लागि अटेर गर्दै आएका छन् । टेरामक्स प्रकरणमा मुछिएका कर्मचारी सबैले बयान दिइसक्दा पनि उनीहरूले भने अटेर गर्दै आएका हुन् । अख्तियारले ताकेता गरेपछि उनीहरू अप्ठेरोमा परेका छन् । ुदुवै जना अहिले अख्तियारको नजरमा फरार छन्,ु अख्तियार स्रोतले भन्यो । मन्त्री बस्नेतलाई अख्तियारले बयानमा बोलाए पनि उनको सचिवालयले भने त्यस्तो नभएको बताएको छ…

Read More

झापा, २२ माघ । मलेसियाले बजारमा छापा मार्दा वैध कागजात नभएका १५ नेपालीसहित ५ सय विदेशी पक्राउ परेका छन् । त्यहाँको सेरी केम्बांगनस्थित सेलान्गोर होलसेल बजारमा अध्यागमन विभागले अपरेसन सञ्चालन गरेको थियो । अपरेसनमा सहभागी सेलान्गोर इमिग्रेसनका निर्देशक खैरुल अमिनस कमरुद्दीनले शनिबार बिहानै अपरेसनका क्रममा २६ जना महिलासहित ५ सय ३० विदेशीलाई नियन्त्रणमा लिइएको बताए । उनीहरूमा म्यानमारका २ सय ७७, बंगलादेशका ९४, भारतका ७२, इन्डोनेसियाका ३९, नेपालका १५, श्रीलंकाका ९, पाकिस्तानका ६ र भियतनामका एक जना रहेको बर्नामाले रिपोर्टले जनाएको छ । खैरुल अमिनसका अनुसार विदेशी नागरिकसँग स्वदेशमा रहेका वैध कागजात छन् कि छैनन् भनी जाँच गरिनेछ । आजको…

Read More

झापा, २२ माघ । स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्न नपाइने भए पनि ती पदमा नियुक्त गर्ने क्रममा कमी आएको छैन । स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी कानुनमा स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने व्यवस्था नभए पनि कतिपय पालिका प्रमुखले आफूखुसी त्यस्ता पदाधिकारी नियुक्त गर्दै आएका छन् । संविधानमा जनप्रतिनिधिको सेवासुविधासम्बन्धी कानुन प्रदेश सरकारले बनाउने उल्लेख छ । जनप्रतिनिधिको सेवासुविधासम्बन्धी प्रदेश सरकारले बनाएको कुनै पनि कानुनमा स्वकीय सचिव र सल्लाहकार राख्न पाउने व्यवस्था छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार राख्ने गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता कमलप्रसाद…

Read More

सन्तोष शर्माझापा, २२ माघ । झापामा माटोको अवस्था खराब रहेको पाइएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको माटो परीक्षणमा माटो अवस्था खराब पाइएको हो । झापाका दुई वटा पालिकामा गरिएको माटो परीक्षणमा माटो अवस्था कमजोर पाइएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो । दमक र अर्जुनधारा नगरपालिका एक वटा ४८ माटोको परीक्षण गर्दा माटोमा पाइनुपर्ने प्राङ्गारिक पदार्थ ६३ प्रतिशतमा कम पाइएको निमित्त प्रमुख विगटले बताउनुभयो । ३४ प्रतिशतमा मध्यम मात्रामा छ भने तीन प्रतिशतमा अधिक मात्रामा पाइएको छ । माटोको ४० प्रतिशत नमूनामा अम्लियपनको अवस्था अधिक रहेको छ । त्यस्तै, ५३ प्रतिशतमा हल्का अम्लियपन र सात…

Read More