सन्तोष शर्मा
झापा, २२ माघ । झापामा माटोको अवस्था खराब रहेको पाइएको छ ।
जिल्लाका विभिन्न स्थानमा गरिएको माटो परीक्षणमा माटो अवस्था खराब पाइएको हो । झापाका दुई वटा पालिकामा गरिएको माटो परीक्षणमा माटो अवस्था कमजोर पाइएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।
दमक र अर्जुनधारा नगरपालिका एक वटा ४८ माटोको परीक्षण गर्दा माटोमा पाइनुपर्ने प्राङ्गारिक पदार्थ ६३ प्रतिशतमा कम पाइएको निमित्त प्रमुख विगटले बताउनुभयो । ३४ प्रतिशतमा मध्यम मात्रामा छ भने तीन प्रतिशतमा अधिक मात्रामा पाइएको छ ।
माटोको ४० प्रतिशत नमूनामा अम्लियपनको अवस्था अधिक रहेको छ । त्यस्तै, ५३ प्रतिशतमा हल्का अम्लियपन र सात प्रतिशत तथस्ट रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । माटोमा हुनुपर्ने पोटास, नाइट्रोजन र फस्फोरसको मात्रा समेत कम पाइएको छ ।
डपरीक्षण गरिएका नमूनामध्ये ५७ प्रतिमा नाइट्रोजन कम, ४० प्रतिशतमा कम र ३ प्रतिशतमा अधिक मात्रा पाइएको छ । फस्फोरस ४३ प्रतिशतमा कम, २८ प्रतिशतमा मध्यम र २९ प्रतिशत अधिक रहेको पाइएको छ । त्यस्तै, माटोमा पोटासको मात्रा समेत धेरै कम रहेको पाइएको छ । पोटास ६७ प्रतिशतमा कम, २६ प्रतिशतमा मध्यम र ७ प्रतिशतमा अधिक रहेको छ ।
झापामा प्राङ्गारिक मल, पोटास, डिएपीभन्दा युरियाको प्रयोग धेरै भइरहेकाले माटोको अवस्था बिग्रँदै गएको छ । तत्काल समस्या नभए पनि कालान्तरमा यसले उत्पादनमा ठूलो असर गर्ने प्रमुख विष्ट बताउनुहुन्छ ।
“माटोमा प्राङ्गारिकसँगै पोटास र फस्फोरस धेरै काम छ”, उहाँले भन्नुभयो, “युरियाको प्रयोग धेरै हुँदा मोटोको स्वास्थ्य खराब हुँदै गएको छ ।”
चालू आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले जिल्लामा १७ वटा माटो परीक्षण विशिर सञ्चालन गर्दैछ । जसका लागि रू १० लाख बजेट समेट विनियोजन भएको छ । घुम्ती प्रयोगशालामार्फत् माग भएका ठाउँमा गएर माटो परीक्षण शिविर सञ्चालन गरिँदै आएको छ भने झापाको सुरुङ्गास्थित माटो परीक्षण कार्यालयबाट निमित माटो परीक्षण हुँदै आएको छ ।
यता, माटो सुधारका लागि स्थानीय तहले कृषि चुन वितरण गर्दै आएका छन् भने कृषि ज्ञान केन्द्र झापाले घन्सीको बिऊ समेत वितरण गर्दै आएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।