झापा, २२ माघ । प्रेस चौतारी नेपाल झापाले २६ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
चौतारीले आज बिर्तामोड–७ स्थित सहिद नेत्र स्मृति पार्कमा सम्मान, बिरामी भएका पत्रकारलाई उपचार कोषको रकम वितरण, निःशुल्क आँखा स्वास्थ्य शिविरसहित वनभोजको कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो ।
![advt](http://jhapaonline.com/wp-content/uploads/2024/06/Jana-ad-2-copy.jpg)
चौतारीले संगठनको २६ औं स्थापना दिवसको अवसरमा पूर्व अध्यक्ष तोयानाथ दाहाल ‘उपेक्षित’ लाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको छ । चौतारीले उक्त पुरस्कार संस्थापक अध्यक्ष नेत्र पाठकलाई २५ औं स्थापना दिवसको अवसरमा प्रदान गरेको थियो । सोही कार्यक्रमकाबिच चौतारीले स्थापना गरेको पत्रकार उपचार कोषबाट विरामी भएका पत्रकार उद्धव पुरी, तुलसीप्रसाद निरौला र सावित्रा दाहाललाई जनही ५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । त्यस्तै बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा पत्रकारहरुको निःशुल्क आँखासमेत परिक्षण गरिएको थियो ।
चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्य रहेको थियो । स्वागत चौतारी झापाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक प्रदीप परियाले गरेको कार्यक्रममा प्रमुख अतिथि तुम्बाहाम्फे, एमाले केन्द्रिय सदस्य मेनुका काफ्ले, एमाले झापा सचिव शिव ढुङ्गेल, प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य, महासंघका कोशी प्रदेश कोषाध्यक्ष बिमल लामिछाने, झापा सचिव डिकेश लामा, प्रेस युनियन केन्द्रिय सचिव रेजिना गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संगठनका झापा कोषाध्यक्ष तीलक योञ्जनले गरेका थिए ।
वनभोजसहित आयोजना गरिएको स्थापना दिवसमा पत्रकारहरुबीच मनोरञ्जनात्क कार्यक्रमहरु समेत गरिएको कार्यक्रम संयोजक परियारले जानकारी दिए । कार्यक्रममा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।