
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ८ असोज । सरकारले चाडपर्वलाई लक्षित गरेर असोजको तेस्रो सातादेखि सुपथ पसल सञ्चालन गर्ने भएको छ । दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले तेस्रो सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्ता ठगिन सक्ने हुँदा बजार मूल्य नियन्त्रण गर्न सुपथ मूल्य पसल सञ्चालन गरिने उनको भनाइ छ । मन्त्रालयले आइतबार सरोकारवाला निकायसँग छलफल…
सुरुङ्गा, ७ असोज । पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत का“कडभिट्टा–इनरुवा खण्डका प्रभावितहरुले आन्दोलनको तयारी थालेका छन् । उनीहरु सरकारलाई दबाब दिन आन्दोलनमा उत्रनेगरिको छलफलमा जुटेका छन् । सरकारले विद्युतीय रेलमार्ग निर्माण गर्ने भन्दै झापा, मोरङ र सुनसरी जल्लाका करिब ५ हजार ५ सय कित्ताका सयौं बिघा जग्गा तीन वर्षदेखि रोक्का राखेको छ । सरकारले जग्गा रोक्का राख्दा रेलमार्ग प्रभावितहरुको व्यवहार बिग्रिएको उनीहरुको गुनासो छ । प्रभावितहरुले सरकारलाई रेलमार्ग बनाउने भन्दै रोक्का राखेको जग्गाको मुआब्जा तत्काल वितरण गर्न माग गरेका छन् । मुआब्जा वितरण गर्न नसक्ने भए परियोजना नै खारेज गर्न समेत माग राखेका छन् । आफ्ना माग सम्बोधन गराउन दबाबमूलक आन्दोलनको…
दमक, ७ असोज । दमकको मेची बहुउद्देश्यीय सहकारी संस्थाका कर्जा अधिकृत मेघराज राउतको आत्महत्या प्रकरणमा सोही सहकारीमा कार्यरत एकजना महिला कर्मचारीविरुद्ध प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गराएको छ । मुलुकी अपराध संहिताको दफा १८५ अर्थात आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सोही सहकारीमा कार्यरत महिला कर्मचारीविरुद्ध इलाका प्रहरी कार्यालय दमकले मुद्दा दर्ता गराइसकेको झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनलाई घटना भएकै राति प्रहरीले पक्राउ गरेको थियो । आत्महत्या दुरुत्साहन अभियोग प्रमाणित भए अदालतले पाँच वर्षसम्मको सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ । ती महिलामाथि मुद्दा दर्ता गराई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको…
भद्रपुर, ७ असोज । झापाको कचनकवल गाउँपालिकामा स्वास्थ्य महोत्सव हुने भएको छ । जनतासंग माओवादी, विशेष रुपान्तरण अभियान अन्तर्गत नेकपा (माओवादी केन्द्र) को कचनकलवको आयोजनामा असोज १३ गते स्वास्थ्य महोत्सव हुने भएको हो । माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा कार्यक्रमका संयोजक डिल्ली घिमिरे हिक्मतले कचनकवलका विपन्न वर्गका साथै मजदुरहरुको स्वास्थ्य परीक्षण गराउने उद्देश्यले स्वास्थ्य महोत्सव आयोजना गरिएको जानकारी दिए । स्वास्थ्य महोत्सवमा फिजिसियन, बाल रोग, नाक, कान, घाटी, स्त्री रोग, दन्त रोग सेवाका साथै मेची आँखा उपचार केन्द्रले आँखा उपचार निःशुल्क रुपमा गर्ने बताइएको छ ।
झापा, ७ असोज । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले सर्लाही लगायतका मधेस प्रदेशका जिल्लामा भइरहेका साम्प्रदायिक घटनाबारे नयाँ ढंगले निर्णय लिन सरकारले तयारी गरिरहेको जानकारी गराउनु भएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री श्रेष्ठले सर्लाही, पर्सा लगायतका जिल्लामा पछिल्लो दिनमा भइरहेका साम्प्रदायिक घटनाबारे सरकार गम्भीर रहेको र त्यहाँ चिन्ताजनक घटना भइरहेको बताउनुभयो । उहाँले सकेसम्म प्रशासनिक निर्णय लिन नपरोस् भनेर सरकार लागिरहेको भए पनि अवस्था बिग्रिँदै गएकाले पछिल्लो समय प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको पनि जानकारी दिनुभयो । गृहमन्त्री श्रेष्ठले नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक भएको तर त्यसमा आँच पुर्याउने र खलल पार्ने कार्य…
झापा, ७ असोज । प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पशुपति प्रसाद २ ः भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक गरिएको छ। आगामी कात्तिक ४ अर्थात् बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनमा आउन लागेको गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा मुख्य कलाकार विपिन कार्की र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । दुई पात्रबीचको मायाप्रेमलाई गीतमा देखाइएको छ। रमाइलो शैलीमा तयार पारिएको गीतको छायांकन, कलर र प्रोडक्सनमा निर्माण पक्षले ध्यान दिएको देखिन्छ। ¥यापको समिश्रण रहेको सिनेमामा कृष्ण भारद्धाजको संगीत तथा सुशिल पौडेल र संगीतकार भारद्धाजको शब्द रचना रहेको गीतमा कालीप्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर सुन्न सकिन्छ। दर्शकमाझ प्रतिक्षित रहेको सिनेमाले ‘पशुपति प्रसाद’को…
झापा, ७ असोज । नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाई अंकित मेडालियन सिक्का सार्वजनिक गरेको छ । बैंकले दुई किसिमका चाँदीका सिक्का सार्वजनिक गरिएको हो । ती सिक्का १० ग्राम र २५ ग्रामका छन् । राष्ट्र बैंकको टक्सार महाशाखाले पुराना मेशिनहरुलाई मर्मत सम्भार गरी मुद्रणसम्बन्धी काम सुरु गरेको छ । जसमा नयाँ सिक्का आज सार्वजनिक गरिएको हो । १० ग्राम सिक्काको १६ सय र २५ ग्राम सिक्काको ४ हजार रुपैयाँ मूल्या निर्धारण भएको छ। दुवै सिक्का ९९९ टचको चाँदीको प्रयोग भएको छ।
झापा, ७ असोज । कोशी प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा सञ्चालित प्रहरी जवान १४० औ समूहको आधारभूत तालिममा सहभागी २९५ जना प्रहरी जवान दिक्षित भएका छन् । २०७९ साल कार्तिक २० गतेदेखि सञ्चालित २ सय ३४ कार्यदिनको प्रहरी जवान १४० औ समूहको आधारभूत तालिम पश्चात आज प्रशिक्षार्थीलाई कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङ्गणमा कोशी प्रदेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यमा दिक्षान्त समारोह सम्पन्न भएको हो । आधारभूत तालिममा ५३ जना महिलासहित २९५ जना प्रहरी जवान दिक्षित भएका छन् ।
राजेन्द्र गौतमतीन दिनदेखिको निरन्तर वर्षाले मौसम चिसिएको यो बेला कुनै कुराको गरमागरम बहस छ भने त्यो, हो – काठमाडौँमा उतारिएको मानव सागर र तुहाइएको शिक्षक आन्दोलन। गत बुधबार बिहानदेखि काठमाडौँको सडकमा देखिएको पुलकित उत्साह र गुन्जिएका गगनभेदी आवाज शुक्रबार साँझसँगै सदाका लागि धुमिल भएको छ। सहमतिका नाममा भद्दा मजाक गरेपछि हुने यस्तै हो। स्थानीय तहको मातहतमा बसिँदै बसिन्न, उदारो सम्झौता मर्दै गरिन्न , अधिकार खनखन चाहिन्छ, कर्मचारीसँग वार्ता नै गरिन्न भनेर हङ्गामा मच्चाएको आन्दोलन यसरी तुहाइयो, जो भित्रभित्रै कुहिएको फर्सीको कथासँग मेल खान्छ। ज्वारभटा झैँ उठेको आन्दोलन तुहाउन कुन ललिपपले काम गर्यो ? लेखिएको छ र भनिएको सात बुँदे सहमतिले…
झापा, ७ असाेज । सुरुङ्गा जेसीजको जेसीज सप्ताह अन्तर्गत शनिबार शिक्षक तालिम सम्पन्न भएको छ । समाज रुपान्तरणमा उत्तरदायी भूमिका खेल्दै आएको सुरुङ्गा जेसीजले विगतका वर्षदेखि नै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सुरुङ्गा जेसीज अध्यक्ष प्रवीण तिम्सिना को सभापतित्वमा आयोजित कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियोे । कार्यक्रममा प्रमुख अतिथि उप प्रमुख शिवाकोटीले बेला बेलामा यस्ता तालिम आवश्यक रहेकोे र यो तालिम अतिउपयोगी सावित भएको भन्दै आगामी दिनमा पनि संचालन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा रेडक्रस सुरुङ्गा उप शाखाका सभापति बालकृष्ण प्रसाईं, सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष कमल कट्टेल, निवर्तमान अध्यक्ष शुस्मा न्यौपाने, सहभागी शिक्षकमा पाथीभरा…