
भद्रपुर, ७ असोज । झापाको कचनकवल गाउँपालिकामा स्वास्थ्य महोत्सव हुने भएको छ । जनतासंग माओवादी, विशेष रुपान्तरण अभियान अन्तर्गत नेकपा (माओवादी केन्द्र) को कचनकलवको आयोजनामा असोज १३ गते स्वास्थ्य महोत्सव हुने भएको हो ।
माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा कार्यक्रमका संयोजक डिल्ली घिमिरे हिक्मतले कचनकवलका विपन्न वर्गका साथै मजदुरहरुको स्वास्थ्य परीक्षण गराउने उद्देश्यले स्वास्थ्य महोत्सव आयोजना गरिएको जानकारी दिए । स्वास्थ्य महोत्सवमा फिजिसियन, बाल रोग, नाक, कान, घाटी, स्त्री रोग, दन्त रोग सेवाका साथै मेची आँखा उपचार केन्द्रले आँखा उपचार निःशुल्क रुपमा गर्ने बताइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



