
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १७ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमाले शीर्ष नेतृत्वको कटु आलोचना गरेका छन् । भ्रष्टाचारका विषयमा दुईचार जना नेताले बन्द कोठामा सहमति गर्ने र बाहिर हाँस्दै निस्केको दृश्यले मुलुकलाई गिज्याइ रहेको थापाले बताए । उनले यो दृश्य असोभनीय, अस्वभाविक र उदेकलाग्दो भएको टिप्पणी गरे। यसले मुलुक र जनताको अहित शिवाय केही नगर्ने उनले दाबी गरे। शनिबार नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनलाई सुरुङ्गामा सम्बोधन गर्दै थापाले भने,” भ्रष्टाचारको पोल खोल्ने कुरा गरेर कसैले कसैलाई तर्साउन पाइदैन, तेरो यो पोल खोलिदिन्छु, त्यो पोल खोलिदिन्छु भन्दै नेताहरूले भ्रष्टाचारीलाई जोगाइ रहेका छन्…
बिर्तामोड, १७ भदौ । झापाको बिर्तामोडमा श्रीकृष्ण जन्माष्ठमीको अवसरमा रथयात्रा हुने भएको छ । भदौ २१ गते नन्द उत्सवको अवसर पारेर बिर्तामोडमा श्रीकृष्ण रथयात्राको आयोजना गरिने भएको हो । श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा रथयात्रा गरिने भएको हो । रथयात्राको तयारी अन्तिम चरणमा पुगेको आयोजक श्री बालाजी मन्दिर समितिका अध्यक्ष नबिन गोयलले जानकारी दिए । उनका अनुसार भदौ २१ गते बिहान १० बजे विषेश पूजाअर्चाना गरिने र ११ बजे रथयात्रा बालाजी मन्दिरबाट प्रारम्भ हुने छ । त्यस्तै सतगुरु श्री देवचन्द्र सदनबाट पनि रथयात्रा शुरु भइ दुबै रथयात्रा बालाजी…
झापा, १७ भदौ । धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा गत जेठमा मोरङकी ३४ वर्षीया जमुनादेवी श्रेष्ठलाई आफ्नै ३९ वर्षीया दिदी दुर्गा श्रेष्ठले मिर्गौला दान गरेर नयाँ जीवन दिइन्। दिदी दुर्गाको मिर्गौला प्रत्यारोपणपछि जमुनाको स्वास्थ्य स्थिति सहज बनेको छ। दुर्गा पनि नियमित काममा फर्केकी छिन्। आठ वर्षदेखि बिस्तारै समस्या देखिँदै जाँदा गत वर्ष जमुनाको मिर्गौला काम नलाग्ने बनेको थियो। आफ्नै मिर्गौला दिएर बहिनीलाई बचाउने निधो गरेको दुर्गा बताउँछिन्। परिवारमा बुवाआमा, दाजुभाइ भए पनि दुर्गा नै मिर्गौला दान गर्न अघि सरिन्। आमाबुवा बुढो भइसकेकाले आफैंले मिर्गौला दिने निधो गरेको दुर्गाको भनाइ छ। उनका अनुसार बहिनीलाई मिर्गौला दिन आफैं तम्सिनुको कारण दाजुभाइ विदेशमा…
झापा, १७ भदौ । कवि राजेश ढुंगानाको कविता संग्रह ‘सुकिला मान्छेको सामुहिक मृत्यु’ माथि शनिबार विर्तामोर्डमा चर्चा गरिएको छ । कार्यक्रममा वक्ताको रुपमा भवानी क्षेत्री, पुण्य बराल र लेखनाथ भट्टराई उपस्थित थिए भने पत्रकार लीला अनमोलले सहजीकरण गरेकी थिइन् । त्यस्तै साहित्यकारहरु पुण्य खरेल, लीला उदासी र गणेश निरौलाले टिप्पणी गरेका थिए । नेपाली लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार बिजय खरेलको स्मृतिमा शोकसभा समेत गरिएको थियो । झापाली लेखक, साहित्यकारको गुणात्मक एवम् उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको सञ्चालन समीरबाबु कट्टेलले गरेका थिए ।
झापा, १७ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बङ्गालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत नेपालमा आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भूभागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति भने कोशी, लुम्बिनी…
झापा, १७ भदौ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेका विभिन्न कार्यालयमा रहेको बाँझो जमिनबारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा। वेदुराम भुसालको निर्देशनमा नार्कले वैज्ञानिक विवेक सापकोटाको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलले आफ्नो काम सुरु गरिसकेको नार्कका कार्यकारी निर्देशक डा। ध्रुवराज भट्टराईले बताए। नार्क अन्तर्गत देशभर रहेको कार्यालयमातहत कति बाँझो जमिन छ, त्यसलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ, कहाँको जमिनमा के बाली लगाउन सकिन्छ जस्ता विषयको अध्ययन गरी कृषिमन्त्री भुसाललाई बुझाउने उनले बताए । नार्क अन्तर्गत एक हजार २७२ हेक्टर जमिन छ, त्यसमध्ये ५९ प्रतिशत मात्र प्रयोगमा आएको र बाँकी बाँझो…
झापा, १६ भदौ । उपप्रधान तथा गृहमन्त्री नाराणकाजी श्रेष्ठले माओवादी भएकै कारणले कुनै अपराधीले छुट नपाउने दाबी गरेका छन् । आज जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान समुद्घाटन कार्यक्रमलाई ललितपुरको बाँडेगाउँमा सम्बोधन गर्दै उनले अनुसन्धानले अपराधी पुष्टि गरेमा माओवादी नै भएपनि कानूनको कठघरामा ल्याउने भन्दै माओवादीको नेतृत्वको सरकार छ बाचिन्छ भन्ने भ्रममा नपर्न चेतावनी दिए । उनले भने, ‘अहिले ६० किलो सुनको तस्करी र ९ किलो सुनको तस्करीको अनुसन्धान गरिरहेका छौं । सरकारको कुरा के छ भने जो सुकै परोस् दोषी र अपराधी छन् भने, अनुसन्धानले त्यसको पुष्टि गर्छ भने कानूनको कठघरामा ल्याउँनेछौं । कुन पार्टीको, कोसँग कस्तो सम्बन्धको मान्छे मतलब…
झापा १६ भदौ । क्षेत्र, प्रदेशसभा क्षेत्र र नगर सम्मेलनलाई तिब्र बनाएको नेपाली कांग्रेसले शनिबार ४ नम्बर क्षेत्रीय सम्मेलन, ५ (क) प्रदेशसभा (क) क्षेत्रीय सम्मेलन र मेचीनगरको नगर सम्मेलन सम्पन्न गरेको छ । तीनमध्ये मेचीनगर र क्षेत्र नम्बर–४ को सम्मेलनलाई कांग्रेसका महामन्त्री एवं युवानेता गगनकुमार थापाले सम्बोधन गरेका छन् भने ५ (क)को प्रदेशसभा सम्मेलनलाई अर्का युवा नेता एवं केन्द्रीय सदस्य प्रदीप पौडेलले सम्बोधन गरेका छन् । मेचीनगर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८२ सालबाट अहिलेको पार्टी नेतृत्व बिदा हुने बताए । ‘पार्टीको नेतृत्व ठिक भएन भनेर तपाईंहरू चिन्तै नगर्नुस’,थापाले भने, ‘तपाईँहरू तलको समस्या मिलाउनुस्, हामी माथिको समस्या लिलाउँछौं,…
गौरादह, १६ भदौ । नेकपा (माओवादी केन्द्र) गौरादहले पार्टीको ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ कार्यक्रमको उद्घाटन गर्दै आज नगरका सबै वडामा विभिन्न कार्यक्रम गरेको छ । गौरादह नगरमा जिम्मेवारी लिएर आउनुभएका नेकपा माओवादी केन्द्रका सचिव सुशील उप्रेती (गणेश) को नेतृत्वमा नगरका सबै वडामा प्रतिनिधिमूलक जिम्मेवारी बडफाड गरि अभियानको उद्घाटन गर्दै गौरादहका सबै वडामा कार्यक्रम गरिएको हो । अभियान उद्घाटन कार्यक्रममा गौरादह वडा नं. १ र २ मा जिम्मेवारी सम्हाल्नु भएका विरेन्द्र बस्नेत सहितका माओवादी नेता कार्यकर्ताको समुहले कृष्णे घाट सवदाह स्थल सरसफाइ साथै विविध कार्यक्रम गरेको छ । त्यस्तै वडा नं. ४ मा जिम्मेवारी सम्हाल्नु भएका लेखत खड्का र गणेश…
झापा, १६ भदौ । झापाका १ सय ३१ वटा वडामा आजदेखि एक साथ सामाजिक महत्वका कामहरु थालिएका छन् । सरकारले गर्न नभ्याएका साना तिना कामहरुलाई श्रमदानबाट निर्माण गर्ने र देश विकासमा चेतना जागृति गर्ने ध्येयले जनतासँग माओवादी रुपान्तरण कार्यक्रम अन्तर्गत सामाजिक कार्यको थालनी गरिएको हो । कमल गाउँपालिका वडा नं. ७ का यूवाहरुले आज श्रमदानबाट भत्किएको सडक मर्मत गरेका छन् । नेकपा माओवादी केन्द्रले देशव्यापीरुपमा थालेको घरघरमा माओवादी अभियान अन्तर्गत सामाजिक सेवाका काम गर्ने ध्येयले सडक निर्माणको गरिएको माओवादी केन्द्र कमल कमिटिका अध्यक्ष रविन गुरुङ्गले बताउनु भयो । घरघरमा माओवादी रुपान्तरण अभियान अन्तर्गत भदौ १६ गते देखि ३ महिने अभियानमा…