
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २९ चैत । आगामी वैशाख ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक भएको छ । ओएसआरको युट्युब च्यानलमार्फत रिलिज भएको गीतमा सत्यराज आचार्य र मेलिना राईको स्वर रहेको छ । गीतमा संगीत सत्य र स्वरुप आचार्यले दिएका छन् । सुरेन्द्र रानाको शब्द रचना रहेको यस गीतलाई म्युजिक प्रोडक्सनको काम रिकेश गुरुङको छ । फिल्मको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा र प्रकाश सपुतको जोडी देखिएका छन् भने अर्का जोडीमा सौगात मल्ल र सिर्जना अधिकारी रहेका छन् । ग्रामीण परिवेशको यस गीतको भिडियोलाई कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । यसअघि यो फिल्मको ‘उडि…
भद्रपुर, २९ चैत । भद्रपुर १० देउनियामा रहेको पञ्चकन्या देवी मन्दिर व्यवस्थापन समितिको ८ औ वार्षिक साधारणसभाले यादवप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । चौथो अधिवेशनबाट समितिको उपाध्यक्षमा कृष्ण दाहाल, सचिवमा उतम सुवेदी , सह सचिवमा भीम राई र कोषाध्यक्षमा विष्णुकुमार कोईरालालाई सर्वसम्मत चयन गरिएको हो । आगामी ४ वर्षे कार्यकालको लागि गठित समिति सदस्यहरूमा क्रमशः अशोक नेपाल ,मुना रोक्का ,राम चौधरी, गोपाल दाहाल, शिव कोईराला र अशोक रोक्कालाई सर्वसम्मत चयन गरेको छ । खुल्ला शत्रको सभाको उद्घाटन भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले गरेका थिए भने सभामा मन्दिरको जगादाता गोपालबहादुर थापा लगायतलाई सम्मान समेत गरिएको…
झापा, २९ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले गर्दा मौसममा फेरबदल भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रको मौसम सामान्यतया सफा देखिएको छ। आज आइतबार कोशी प्रदेशका पहाडी र हिमाली भेगसहित अन्य हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने देखिन्छ। कोशीको तराई र अन्य पहाडी भूभागमा आंशिक बदली हुने भए पनि बाँकी तराईका क्षेत्रमा भने मौसम सफा रहने अनुमान छ। तर, कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपात…
बिर्तामोड, २८ चैत । झापाको बिर्तामोड नगरपालिकाले उत्कृष्ट तीन शिक्षकलाई नगदसहित पुरस्कृत गरेको छ । नगरभित्रका शिक्षकहरुमध्येबाट तीन जनालाई ५० हजार रुपैयाँ, प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो । शुक्रवार बिर्तामोड नगरपालिकाले उत्कृष्ट शिक्षक, सेवा निवृत्त शिक्षक सम्मान र उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको हो ।उत्कृष्ट शिक्षकहरुमा प्रावि तह तर्फ जनता आधारभुत विद्यालयमा कार्यरत सरिता खतिवडा, निमावि तर्फ महेन्द्ररन्त माविका विजय प्रकाश उप्रेती र मावि तह तर्फ महेन्द्ररन्त माविका लक्ष्मी प्रसाद प्रसाई रहेका छन् । बिर्तामोड नगरपालिकाले तीन वर्षदेखि शिक्षक, विद्यार्थीलाई प्रोत्साहन गर्दै आएको छ । १९ जना उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित प्रोत्साहन गरिएको छ । ०८१ सालको आधारभूत शिक्षा परीक्षा ९कक्षा…
झापा, २८ चैत । वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुस रकमसहित कार्यालयबाटै समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई १५ हजार रुपैयाँ घुस र स्रोत नखुलेको रकम ७७ हजार ६०० रुपैयाँसहित शुक्रबार पक्राउ गरेको हो । मस्राङ्गीले सेवाग्राहीसँग वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । अख्तियारको टोलीले निजको साथबाट तीन थान मोबाइलसमेत बरामद गरेको छ ।
झापा, २८ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भेगसहित देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी भागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको…
झापा, २८ चैत । बिर्तामोड नगरपालिकाले बजार क्षेत्रमा सडक पेटी खाली गराउने अभियान पुनः सुरु गरेको छ । नगरपालिकाले पटक–पटक सूचना जारी गर्दै व्यवसायीलाई सटर बाहिर सडक पेटीमा सामग्री नराख्न आग्रह गर्दै आएको थियो । पैदलयात्रु तथा सवारी आवागमनमा अवरोध हुने गरी व्यापारीले फुटपाथ प्रयोग गर्न थालेपछि पुनः ‘फुटपाथ क्लियर’ अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाका अनुसार गत वर्षदेखि नै सुरु गरिएको अभियानलाई निरन्तरता दिइएको हो । उहाँले आवश्यक सबै क्षेत्रमा जनप्रतिनिधिको नेतृत्वमा सडक पेटी खाली गराइने जानकारी दिनुभयो । कृषिथोक रोड क्षेत्रमा पछिल्लो तीन दिनदेखि माइकिङमार्फत सचेत गराउँदा पनि अटेरी गरेपछि सामान जफत…
झापा, २६ चैत । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण विकास भएको वर्षा गराउने प्रणाली अहिले पूर्वी नेपाल केन्द्रित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान पश्चिमबाट सक्रिय भएको प्रणाली बुधबार साँझ पूर्व पुगेको अहिले उक्त प्रणाली बाहिरिने क्रममा रहेको छ । तर पूर्वका विभिन्न ठाउँमा अहिले पनि वर्षा भइरहेको छ । उक्त प्रणाली आज रातिदेखि बाहिरिने र प्रिमनसुनका गतिविधि भने कायम रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा उक्त प्रणालीका कारण विभिन्न चार जिल्लामा भारी वर्षा गराएको तर वर्षा भने सातै प्रदेशमा भएको छ । सबैभन्दा बढी वर्षा…
झापा, २६ चैत । झापासहित देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मेचीनगर नगरपालिका–६ काँकरभिट्टा बाहुनडाँगी रोडबाट एक, काठमाडौँ महानगरपालिका–७ बाट ३०५ थान ट्रामाडोल ट्याब्लेटसहित दुई, सोही महानगरपालिका–२६ मित्रनगरबाट दुई, चितवनको कालिका नगरपालिका–२ बाट एक र माडी नगरपालिका–६ बाट दुई जनालाई पक्राउ गरिएको हो । यसैगरी, कैलालीको टीकापुर नगरपालिका–९ बालुवाटारबाट एक, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट तीन, सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका–५ मुडेस्थित होटल दोलखा दर्शनबाट चार जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ । मोरङको उर्लाबारी नगरपालिका–२ डुम्रेबाट छ, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ बाट दुई, सर्लाही, विष्णु गाउँपालिका–५ फेन्हारा चोकबाट दुई, धादिङको गजुरी गाउँपालिका–२ रातमाटेबाट ३०…
इलाम, २६ चैत । इलामको फाकफोकथुम गाउँपालिका–२ फलाटेमा चट्याङ लागेर एक गाईको मृत्यु भएको छ । चैत २५ गते वर्षा र हावाहुरीसँगै परेको चट्याङले लागेर स्थानीय महनबहादुर राईको गाई मरेको हो । घरदेखि करिब १० मिटर पूर्वमा रहेको बाँसको खाँबा तथा टिनको छाना भएको गाईगोठमा राखिएको गाई मरेको हो । प्रहरीका अनुसार उक्त घटनाबाट करिब ८० हजार रुपैयाँ .बराबरको क्षति भएको छ ।