
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २१ फागुन । झापाका पाँच सिटका लागि राजनीतिक दल र स्वतन्त्र गरी ९० जनाले उम्मेदवार प्रतिस्पर्धामा छन् । हेभिवेटदेखि स्वतन्त्रसम्म चुनावी मैदानमा रहेका बेला मतदाताले कसलाई विश्वास गर्ने हो ? आगामी केही दिनभित्रै थाहा हुनेछ । दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । को को छन् उम्मेदवार ?झापा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निशा डाँगी, मंगोल नेशनल अर्गनाइजेशनबाट सन्तोष तामाङ, श्रम संस्कृति पार्टीबाट केवलराम राई, नेकपा (एमाले) बाट रामचन्द्र उप्रेती, नेपाली कम्युनिस्ट पार्टीबाट अशेष घिमिरे, उज्यालो नेपाल पार्टीबाट नरेशकुमार लावती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमराज कार्की, नेपाली काँग्रेसबाट केशवराज पाण्डे, नेपाल जनमुक्ति पार्टीबाट खान्द्रु कुरुवा, संघीय लोकतान्त्रिक राष्ट्रिय…
झापा, २१ फागुन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका हिमाली, पहाडी र तराई भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने जनाइएको छ भने मधेस प्रदेशका तराईका केही भागमा मुख्यतया मौसम सफा रहनेछ । बागमती प्रदेशका हिमाल, पहाड र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ । गण्डकी प्रदेशका सबै भू–भागमा आंशिक बदली हुनेछ । लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा…
झापा, २१ फागुन । आज बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन बिहान १२ बजेदेखि साँझ ५ बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। निर्वाचन आयोगको सिफारिसमा सरकारले मतदान कार्य सुरक्षित र मर्यादित बनाउन यस्तो व्यवस्था गरेको हो। एम्बुलेन्स, दमकल, शववाहन, रगत सञ्चार, खानेपानी तथा विद्युत् मर्मतका सवारीसाधन, कूटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन र आयोग वा जिल्ला प्रशासन कार्यालयबाट पास प्राप्त सवारी मात्र सञ्चालन गर्न पाइनेछ। हवाई यात्रुका लागि भने विशेष सुविधा दिइएको छ। आन्तरिक वा अन्तर्राष्ट्रिय उडानका टिकट भएका यात्रुहरूले विमानस्थलसम्म जान वा फर्किन निजी वा एयरलाइन्सले उपलब्ध गराएको सवारी प्रयोग गर्न सक्नेछन्। यसअघि आयोगले निर्वाचनलाई…
झापा, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको अघिल्लो दिन बुधबार देशभर विभिन्न स्थानमा शङ्कास्पद वस्तु भेटिएका छन्। काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–२ चपली र नागार्जुन नगरपालिका–२ मा राखिएका शङ्कास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ। प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले देशभर १४ ठाउँमा शङ्कास्पद वस्तु भेटिएको जानकारी दिए। उनका अनुसार ती सबै वस्तु आतङ्कित पार्ने उद्देश्यले राखिएका ‘होक्स’ मात्र थिए । कोशी प्रदेशको ताप्लेजुङ, मोरङ, सुनसरी र उदयपुरमा शङ्कास्पद बस्तु फेला परेको थियो । मधेस प्रदेशका पर्सा, धनुषा, महोत्तरी र सर्लाहीमा शङ्कास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ । कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कञ्चनपुरमा शङ्कास्पद बस्तु भेटिएको थियो । गण्डकीको बागलुङ र…
झापा, २१ फागुन । आज फागुन २१ गते बिहीबार मुलुकभर एकै चरणमा प्रतिनिधिसभा सदस्यका लागि मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ७७ वटै जिल्लामा मतदान हुनेछ। संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो। यस निर्वाचनमार्फत प्रत्यक्ष प्रणालीतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्य निर्वाचित हुनेछन्। आयोगका अनुसार एक करोड ८९ लाखभन्दा बढी मतदाता (९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य) मतदानमा सहभागी हुनेछन्। उनीहरूका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र र १४३ अस्थायी मतदान केन्द्रको व्यवस्था…
झापा, २० फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगका अनुसार आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुर्याइसकिएको छ । सुरक्षालगायतका प्रबन्ध पनि मिलाइसकेको आयोगले जनाएको छ । भोलि हुने निर्वाचनका लागि मतदान केन्द्रहरूको निर्माण, व्यवस्थापन, पहुँच व्यवस्थापन, लैङ्गिक र अपाङ्गमैत्री व्यवस्था तथा कर्मचारी परिचालनलगायतका सम्पूर्ण तयारी भइसकेको आयोगले जनाएको छ । मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न आयोगले अपिल गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलगायतका पदाधिकारीले आज पत्रकार सम्मेलन गरेर संवैधानिक दायित्व अनुसार आयोग स्वतन्त्र, निष्पक्ष, पारदर्शी…
झापा, २० फागुन । परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व तथा खाडी मुलुकमा कार्यरत नेपालीलाई बाध्यात्मक अवस्था उत्पन्न भएमा समुद्री मार्ग प्रयोग गरी स्वदेश फर्काउने विकल्पमा सरकार छलफल गरिरहेको बताएका छन्। बीबीसीसँगको कुराकानीमा उनले हाल तत्काल उद्धार गर्नुपर्ने अवस्था नभएको स्पष्ट पारे। उनका अनुसार वैधानिक हैसियतमा साढे १७ लाखभन्दा बढी नेपाली खाडी क्षेत्रमा कार्यरत छन् भने अवैधानिक रूपमा पनि ठूलो संख्यामा नेपाली रहेका छन्। मन्त्री शर्माले ओमानमार्ग हुँदै जलमार्ग प्रयोग गरेर भारत हुँदै नेपाल फर्काउने सम्भावनाबारे विचार भइरहेको बताए। यसका लागि परराष्ट्र, गृह, श्रम तथा सामाजिक सुरक्षा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच समन्वय भइरहेको उनले जानकारी दिए। खाडी मुलुकका दूतावासहरूलाई नेपाली समुदायसँग…
झापा, २० फागुन । झापाको बिर्तामोड नगरपालिका–४ मुनालटोलमा मंगलबार राति विद्युत् सट भई आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । सिनुराम मगरले बनाएको टिनको छानो भएको भुइँतल्ले घरमा आगो लाग्दा लत्ताकपडा, खाद्यान्न तथा १५ वटा कुखुरा जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी राति ११ः३५ बजे स्थानीय, प्रहरी तथा दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगो निभाउने क्रममा सिनुराम मगरको हातखुट्टा सामान्य जलेको छ भने उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।
बिर्तामोड, २० फागुन । झापाको बिर्तामोड नगरपालिका–५ बाट तास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । यहाँस्थित ग्लोबल आईएमई बैंक छेउमा तास खेलिरहेको अवस्थामा मंगलबार राति १०ः३० बजे सोही स्थानका ४४ वर्षीय पुरुषोत्तम सुवेदीको घरमा तास खेलाइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ का ३५ वर्षीय अमरबहादुर तामाङ, सोही स्थानका ४९ वर्षीय पुरुषोत्तम सुवेदी, ३९ वर्षीय युवराजप्रसाद साह र भारत वेष्ट बंगाल उत्तर दिनासपुरका ३३ वर्षीय बिपुल रोयलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट एक बुङ तास र नगद १८ हजार ५३५ रुपैयाँ बरामद गरेको छ ।…
झापा, २० फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारीबारे गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बुधबार गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । बैठकले मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको छ । गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू तथा गृह मन्त्रालयका अधिकारी सहभागी बैठकमा निर्वाचन तयारीबारे छलफल भएको थियो । उपसचिव रमा आचार्यका अनुसार गस्ती र आपतकालीन प्रयोजनका लागि हेलिकप्टर स्ट्याण्डबाई राख्ने निर्णय गरिएको छ । बैठकले भोलि हुने निर्वाचनमा सुरक्षा चुनौती नरहेको निष्कर्ष निकालेको छ । कानुन विपरीतका गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्ने निर्णय पनि गरिएको छ ।