झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, १ जेठ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय लेटाङ मोरङमा कार्यरत प्रहरी निरीक्षक सागर साहलाई वैशाख “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक सागर साहले इलाका प्रहरी कार्यालय लेटाङ मोरङको प्रमुखको रुपमा कार्यरत रही विभिन्न मितिमा फैसला कार्यन्वयन अन्तर्गत आफू समेत प्रहरी कर्मचारीहरु परिचालन गरी उल्लेख्य संख्यामा फरार प्रतिवादीहरुलाई पक्राउ गरी सम्मानित अदालतमा उपस्थित गराएको र प्रविधिमैत्री प्रहरी सेवा प्रवाह गर्न ड्रोन क्यामेरा (Drone Camera) को माध्यमबाट अपराधको रोकथाम र अनुसन्धान गर्ने कार्य…

Read More

बिर्तामोड, १ जेठ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ झापाको बिर्तामोडमा ’दोस्रो मेयर कप २०८३ अन्तर वडा कराँते तथा किक बक्सिङ प्रतियोगिता’ सुरु भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडस्थित अतिथि सदनको सभाहलमा आयोजित एक विशेष समारोहका बीच बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले प्रतियोगिताको उद्घाटन गर्नुभयो । आज र भोलि अर्थात जेठ १ र २ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बिर्तामोड नगरपालिकाका १० वटै वडाका प्रतिभावान खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ । स्थानीय स्तरमा रहेका खेलाडीहरूको पहिचान गरी उनीहरूलाई राष्ट्रिय स्तरसम्म पुर्याउने र खेलकुदको माध्यमबाट नगरलाई चिनाउने उद्देश्यले प्रतियोगिताको आयोजना…

Read More

बिर्तामो‌ड, १ जेठ । आजदेखि झापाको‌ बिर्तामो‌ड नगर‌पालिकामा दो‌स्रो‌ मे‌यर‌ कप अन्तर‌ वडास्तर‌ीय कर‌ाँते‌ तथा किकबक्सिङ प्रतियो‌गिता हुँदैछ । बिर्तामो‌ड नगर‌ खे‌लकुद विकास समितिको‌ आयो‌जनामा आज जे‌ठ १ र‌ भोलि जेठ २ गते‌सम्म प्रतियो‌गिता हुने‌ भएको‌ हो‌ । प्रतियो‌गितामा बिर्तामो‌ड नगर‌का १० वटै‌ वडाबाट खे‌लाडीहरूको‌ सहभागिता र‌हने‌ प्रतियो‌गिताका संयो‌जक सुदिप खवासले‌ जानकार‌ी दिनुभयो‌ । उहाँका अनुसार‌ नगर‌भित्र र‌हे‌का प्रतिभाशाली खे‌लाडीहरूको‌ पहिचान, कर‌ाँते‌ तथा किकबक्सिङ खे‌ललाई अझ व्यवस्थित र‌ सुदृढ बनाउनुका साथै‌ नयाँ खे‌लाडी उत्पादन र‌ खे‌लाडीहरूलाई प्रो‌त्साहन गनेर्‌ उद्दे‌श्यले‌ प्रतियो‌गिता आयो‌जना गर्न लागिएको‌ हो‌ । प्रतियो‌गितामा उत्कृष्ट प्रदर्शन गनेर्‌ वडाहरूलाई पुर‌स्कार‌समे‌त प्रदान गरि‌ने‌ छ । प्रतियो‌गितामा प्रथम हुने‌ले‌ नगद ५० हजार‌, द्वितीय हुने‌ले‌…

Read More

झापा, १ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ र बिक्रीदर १७९ रुपैयाँ ७१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ६० पैसा र बिक्रीदर १०७ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ७३ पैसा र बिक्रीदर १११ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको…

Read More

हल्दीबारी, १ जेठ । झापाको हल्दीबारी गाउँपालिका–५ ले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले बिहीबार करिब १८ लाख रुपैयाँबराबरका कृषि सामग्री वितरण गरेको छ । ‘वडा र किसानको साझेदारी कार्यक्रम’अन्तर्गत खेती प्रणालीमा आधुनिकीकरण प्रवर्द्धन तथा कृषि उत्पादन वृद्धि गर्ने लक्ष्यसहित विभिन्न कृषि सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष खड्कबहादुर लावतीका अनुसार ३८ जना किसानलाई दुई इन्चको मोटर, ३५ जनालाई १।५ इन्चको मोटर, ३५ जनालाई ठेलागाडा तथा ३० जनालाई इलेक्ट्रोनिक स्प्रे ट्याङ्की वितरण गरिएको छ । त्यसैगरी, मकैखेती प्रवर्द्धनका लागि २० जनालाई मकै रोप्ने मेसिन, २० जनालाई मकै गोड्ने हलो तथा २१ जनालाई मकै छोडाउने मेसिन प्रदान गरिएको…

Read More

झापा, १ जेठ । वैदेशिक रोजगारका लागि ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्राउ परेकामध्ये मधुसुदन पराजुलीले ग्रिस पठाउने भन्दै रु २३ लाख तथा प्रकाश बाँस्तोलाले युएई पठाउने भन्दै रु तीन लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” निजहरू दुवै जनलाई…

Read More

झापा, १ जेठ । मानवसेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत कोशी प्रदेशबाट ४८ जनाको उद्धार गरिएको छ । सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरिएकामध्ये ३६ जना पुरुष र १२ जना महिला रहेका छन् । झापाबाट नौ जनाको उद्धार गरिएकामा चार पुरुष, पाँच महिला, मोरङबाट सात जना जसमा छ पुरुष, एक महिला र सुनसरीका विभिन्न ठाउँबाट ३२ जनाको उद्धार गरिएको छ । जसमा २६ पुरुष र छ जना महिलाको उद्धार गरिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । उद्धार गरिएका सडक आश्रित मानवहरूलाई मानवसेवा आश्रमका विभिन्न शाखामा सुरक्षित संरक्षणका लागि पठाइएको…

Read More

झापा, १ जेठ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भेगमा आंशिक बदली भएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा कोशी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा तराईमा आंशिक बदली हुने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान, बाँकी हिमाली तथा…

Read More

भद्रपुर, ३१ बैशाख । झापा भद्रपुरका ५० विपन्न परिवारलाई झुुल वितरण गरिएको छ । आज भद्रपुर नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नेपाल भारत मैत्री संघ झापाले भद्रपुर नगरपालिका वडा नं ५ र ६ का ५० परिवारलाई झुल वितरण गरेको हो । संघका अध्यक्ष प्रदीपमणि रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच प्रमुख अतिथि नेपाल भारत मैत्री संघका पूर्व केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, भद्रपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष रतिया राजवंशीलगायतले नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालयले उपलब्ध गराएको झुल वितरण गरेका थिए । नेपाल भारत मैत्री संघ झापाकी सचिव शर्मिला अधिकारीले सञ्चालन र उपाध्यक्ष शिवकुमार…

Read More

झापा, ३१ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको संशोधित कार्यसम्पादन नियमावलीबमोजिम मौजुदा मन्त्रिपरिषद्मा रहेका नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । यस्तो नयाँ मन्त्रिपरिषद्–

Read More