झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

शालिकराम भट्टराई ×अन्तरे” ए बाटो,… कस्तो लमतन्न भा, को ? कता-कता आको, न कतै गाको ? लम्पसार बाटैमा छरिएको । बाँङ्गो टिङ्गो, तलमाथि सोझो पनि भा, को । ए बाटो,…. सयौ बटुवाले खुट्टा बजार्दा ऐया पनि न,भा को ? आफ्नै छातीमा सबैलाइ सवार गराको, किनारामा दुबो झारका बुच्का उमारेर गाईबाख्रा चराको काठदाउरा, ढुङ्गा माटोका चाङ्ग लगाको भव्यतामा कस्तो, सभ्यता न, आको ? ए बाटो….. । लाटा सोझा टाठाबाठा, गधा हिँडाको लोभीपापी पातकी, पंडित सवार गराको लुलो लङ्गडो जड्याहा सुत्न लगाको मालिक राजारङ्क सबै मिलाइ चलाको ए बाटो….. गल्ली, सडक डगर ठहर भा,को हिलो चिप्लो सुख्खा अलकत्रो घसाको नाममा हैन काममै…

Read More

झापा, ९ चैत । उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको बिर्तामोडमा आज सम्पन्न महासंघको साधारणसभाले राउतलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । यस्तै महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल चयन भएका छन् । यस्तै महासंघको कोषाध्यक्षमा सुवास आचार्य चयन भएका छन् । सदस्यहरुमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका तर्फबाट ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश सिवाकोटी, ऋषिराज तिम्सिना चयन भएका छन् । वस्तुगततर्फ राजन श्रेष्ठ र दिपक पाण्डे निर्विरोध निर्वाचित भए । यस्तै एशोसिएट्सबाट रविनकुमार दाहाल, भविसकुमार श्रेष्ठ र श्रवणकुमार…

Read More

झापा, ९ चैत । कोशी प्रदेशका मोरङ र झापा जिल्लाका विभिन्न स्थानहरुबाट नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार–पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१५ बाट, बिराटनगर–११ का २० वर्षीय बिनयक शर्मा र २३ बर्षीय अमरकुमार साहलाई ब्राउनसुगर सहित पक्राउ गरेको हो । को ८ प ७६२ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट २.६८ ग्राम लागुऔषध ब्राउनसगुर बरामद भएको थियो । त्यसैगरी धरान–१६ का २१ बर्षीय मोहन श्रेष्ठ र लालिगुराँस नगरपालिका–७ तेह्रथुमका २८ बर्षीय राजेन्द्र भण्डारीलाई समेत बिराटनगर–१५ बाट १.५० ग्राम लागुऔषध ब्राउनसगुरसहित…

Read More

झापा, ९ चैत । झापामा पछिल्लो समय आगलागीका घटनाहरु बढ्न थालेका छन् । चार दिन अघि मात्र हल्दिबारी गाउँपालिका–१ स्थित गोलधापमा निर्मला आचार्यको घरमा घरमा भएको आगलागीको घटमा सेलाउन नपाउँदै फेरि बाह्रदशी–५ घोडामारा स्थित शनिहाट नजिकै स्थानीय योगेश्वर खतिवडाको घरमा विद्युत् सर्ट भई आगलागी भएको छ। आगलागी हुँदा घरका सदस्यहरु बाहिर काम गरिरहेको र एक्कसी घरमा धुवाँको मुस्लो देखि पछि दौडिदै घर आएको घरमुली योगेश्वर खतिवडाले कनकाई अनलाइनलाई जानकारी दिनु भयो। आगलागीबाट घर भित्रका दराज, सोफा, टिभी, लत्ताकपडा लगायत सबै सामान जलेर पुर्ण रुपमा नष्ट भएको घरकी सदस्य कल्पना खतिवडाले बताउनु भयो। आगलागीबाट घर भित्र रहेको नगद रु. ३ लाख…

Read More

कनकाई, ९ चैत । झापाको कनकाईमा एकैसाथ दुई वटा महायज्ञ सञ्चालनमा आएका छन् । धार्मिक पर्यटनको सम्भावना बोकेको कनकाईको दुर्गापुर र जामुनखाडीमा एकैसाथ महायज्ञ सञ्चालनमा आएका हुन् । कनकाई–१, स्थित दुर्गापुरमा साथै पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र जामुनखाडीमा समेत एकै साथ श्रीमद देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ सुरु भएको हो । दुर्गापुरस्थित श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर परिसरमा एक विशेष समारोहका बीच कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले महायज्ञको समुद्घाटन गरे । कलश यात्रासहित संचालन भएको महायज्ञ मुल आयोजक समिति संयोजक सरला दहाल पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका मन्त्री सिटौला, विशिष्ट अतिथी…

Read More

झापा, ९ चैत । विलासिताका वस्तुको प्रतिबन्ध फुकुवापछि आयात अकासिएको छ। निर्यात भने ओरालो लागेको छ। फागुनमा १ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँको आयात हुँदा निर्यात भने ११ अर्ब ३६ करोडको मात्रै भएको छ। सरकारले पुस १ गतेदेखि विलासिताका वस्तुको प्रतिबन्ध हटाएसँगै राष्ट्र बैंकले अनिवार्य नगद मार्जिन हटाएको थियो। जसको परिणाम देखिन थालेको हो। भन्सार विभागको तथ्यांकअनुसार फागुनको वस्तु आयात भदौयताकै सबैभन्दा बढी हो। चालू आर्थिक वर्षको हालसम्मको अवधिमा भने दोस्रो उच्च हो। यसअघि भदौमा १ खर्ब ४२ अर्ब ३१ करोड मूल्यको सामान भित्रिएको थियो। विभागका अनुसार माघभन्दा फागुनमा १३ अर्ब बढीको वस्तु विदेशबाट आएको हो। सरकारले गत वैशाखमा…

Read More

झापा, ९ चैत । सत्ता साझेदार प्रमुख राजनीतिक दलहरू सरकारलाई पूर्णता दिन छलफलमा जुटेका छन् । आगामी साताभित्र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई पूर्णता दिँदै प्रदेश सरकार पनि गठबन्धन अनुकूल बनाउनेगरी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का शीर्ष नेताहरू छलफलमा जुटेका हुन्। दाहालले यही चैत ६ गते प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत लिएसँगै सत्ता साझेदार दलका नेताहरूले मन्त्रालय भागबन्डामा सहमतिका लागि छलफल थालेका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार प्रमुख चार दलका शीर्ष नेताहरूबीच संघ र प्रदेश सरकार विस्तार, पुनर्गठनका विषयमा प्रारम्भिक छलफल सुरु भएको छ। आन्तरिक, दुई पक्षीय र बहुपक्षीय छलफल गरेर संघ र…

Read More

शिवसताक्षी, ८ चैत । झापाको पर्यटकीय क्षेत्र दोमुखा सडक निर्माणको चरणमा रहेको छ । शिवसताक्षी नगरपालिका–१० मा पर्ने उक्त सडक निर्माणका क्रममा ह्युमपाइप हेडवालमा लगाइएको ढुंगा कमसल प्रयोग भएपछि नगरप्रमुख मेगाहाङ्ग थोप्राले उक्त वाल निर्माण कम्पनीलाई भत्काउन लगाएका छन् । निर्माण कम्पनीले निर्माण सामाग्री कमशल प्रयोग भएको जनगुनासोसँगै अनुगमनका क्रममा नगरप्रमुख थोप्राले उक्त वाल भक्ताएर पुन निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् । माइधार दोमुखा सडक लामो समय पछि निर्माण हुन थालेको हो । यो सडक नगरपालिकाको गौरवसँग जोडिएको नगरप्रमुख थोप्राले जानकारी दिए । उनले भने, ‘गुणस्तरीय सडक निर्माण गर्न नगरपालिका लागि परेको छ । सडक तोकिएको मापदण्ड अनुसार…

Read More

झापा, ८ चैत । रोजगारीका लागि फागुन महिनामा झापाबाट दुई हजार भन्दाबढी युवा बिदेशिएका छन् । अवसरको खोजी गर्दै विदेशिनेमा झापाका युवाको संख्या उल्लेख्य हो । सबैभन्दा धेरै धनुषाका युवा विदेशिएका छन् । फागुनमा झापाबाट २ हजार ७३५ जना युवा विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ । झापा भन्दा धेरै धनुषाबाट ३ हजार १२९ युवा विदेशिएको विभागको तथ्यांक छ । विभागका अनुसार एक महिनाको अवधिमा कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका छन् । यो संख्या माघको तुलनामा भने केही कम हो । माघमा ६४ हजार २८४ जना युवा विदेशिएका थिए ।

Read More

झापा, ८ चैत । स्टार्ट अप उद्यमले २५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा पाउने बाटो खुलेको छ । सरकारले स्टार्ट अप कार्यविधि स्वीकृत गरेपछि उद्यमशीलता प्रवर्द्धन र प्रतिभा पलायन रोक्न सहयोगी हुने ठानिएको कार्यक्रम पहिलोपटक कार्यान्वयनमा आउन लागेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १४ प्रकारका उद्यमलाई विनाधितो सहुलियत ब्याजमा ऋण सुविधा उपलब्ध गराउने गरी स्टार्ट अप कर्जा कार्यविधि तयार गरी स्वीकृतसमेत गरेको हो । कार्यविधिअनुसार स्टार्ट अप अन्तर्गतको सहुलियत कर्जा पाउन तोकिएका उद्यम सञ्चालन भएको ७ वर्ष ननाघेका हुनुपर्नेछ । ५० लाख रुपैयाँभन्दा बढी चुक्ता पूँजी नभएको, व्यवसायको कुल आय वार्षिक ५० लाखभन्दा बढी नभएको, स्थिर पूँजी २ करोडभन्दा…

Read More