
शालिकराम भट्टराई ×अन्तरे”
ए बाटो,…
कस्तो लमतन्न भा, को ?
कता-कता आको, न कतै गाको ?
लम्पसार बाटैमा छरिएको ।
बाँङ्गो टिङ्गो, तलमाथि सोझो पनि भा, को ।
ए बाटो,….
सयौ बटुवाले खुट्टा बजार्दा
ऐया पनि न,भा को ?
आफ्नै छातीमा सबैलाइ सवार गराको,
किनारामा दुबो झारका बुच्का उमारेर
गाईबाख्रा चराको
काठदाउरा, ढुङ्गा माटोका चाङ्ग लगाको
भव्यतामा कस्तो, सभ्यता न, आको ?
ए बाटो….. ।
लाटा सोझा टाठाबाठा, गधा हिँडाको
लोभीपापी पातकी, पंडित सवार गराको
लुलो लङ्गडो जड्याहा सुत्न लगाको
मालिक राजारङ्क सबै मिलाइ चलाको
ए बाटो…..
गल्ली, सडक डगर ठहर भा,को
हिलो चिप्लो सुख्खा अलकत्रो घसाको
नाममा हैन काममै व्यस्त झै भा, को
किनारामा पानीको कुलेसो चलाको
ए बाटो…..
उता शहरतिर बाक्लै भाको
दुरदराजमा गोरेटो हुँदै आफै हराको
फिक्री छैन पातलो सानो ठुलो भाको
आफ्नै घर सम्मै मलाई लिएर आको
ए बाटो
किन सदावहार लमतन्न भा को ?
नदेखे सोध्धै हिडौला भएरै लाटो…..
ए बाटो……।।।
कृषि अर्थ बिज्ञ , कृषि ज्ञान केन्द्र पाँचथर
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


