
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २२ चैत । दूरसञ्चार ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदालाई लिएर राष्ट्रियसभा बैठकमा विरोध भएको छ। विधेयकमा एनसेल नेपाल सरकारको स्वामित्वमा आउने प्रावधान गायब पारिएको भन्दै त्यस्तो विधेयक नल्याउन सांसदले सरकारलाई आग्रह गरेका हुन्। बैठकमा विशेष समय लिएर एमालेका सांसद रामचन्द्र राईले नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेललाई सरकारले ऐन परिर्वतन गरी अनन्तकालसम्म निजी कम्पनीलाई दिने तयारी गरेको भन्दै आपत्ति जनाएका हुन्। ‘संशोधन विधेयकको मस्यौदाले ऐनमा भएका प्रावधानलाई परिवर्तन गर्न खोजेको छ। एनसेल लगायत सेवा प्रदायक संस्था २५ वर्षपछि सरकारको स्वामित्वमा आउने प्रावधान ऐन संशोधन गरी हटाउन खोजिएको छ,’ राईले भने। नागरिक दैनिकले सूचना तथा सञ्चार मन्त्रालयले दूरसञ्चार ऐन,…
झापा, २२ चैत । उद्योग विभागले दस करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्ग ९अटोमेटिक रुट०बाट स्वीकृत हुने व्यवस्था मिलाउने भएको छ । उद्योग विभागले लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ लाई संशोधन गरेर दुई करोडदेखि दस करोड रुपियाँसम्म लगानी हुने परियोजनारप्रस्ताव स्वचालित मार्गबाट स्वीकृत हुने व्यवस्था गरेको हो । हाल विद्यमान रहेको प्रक्रिया झन्झटिलो भएकाले यसलाई सरलीकृत गरेर सिधै स्वचालित मार्गबाट हुने व्यवस्था गरिएको विभागले जनाएको छ । विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीले नियमावली संशोधन गरेर विदेशी लगानी स्वचालित मार्गबाट स्वीकृत हुने व्यवस्था गरिएको जानकारी दिए । न्यूनतम आवश्यक डकुुमेन्ट पूरा गरेका लगानीकर्ताको विदेशी…
झापा, २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भम्रणको आन्तरिक तयारी तीव्र रूपमा भइरहेको भए पनि अझै मिति सार्वजनिक गरिएको छैन । परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्रीको भ्रमणका लागि प्रस्ताव तयार गर्ने कार्यलाई तीव्रता दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक प्रस्ताव माग भएको एक उच्च तहका कर्मचारीले बताए । प्रधानमन्त्रीको भारत भ्रमण अप्रिलको दोस्रो साता हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमण वैशाख पहिलो साता हुने बताएकी थिइन् । औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतलाई विद्युत् बिक्री गर्ने विषयमा सम्झौता…
झापा, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको दाबी विरोध र उजुरीमा उनले बुधबार स्पष्टीकरण बुझाउनु पर्नेछ । स्पष्टीकरण दिउँसो १ बजे स्पष्टीकरण बुझाउनै पर्ने बताइएको छ । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टीकरण बुझाउने मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताएका छन् । रविले दिएको स्पष्टीकरणबारे अपरान्ह ५ बजेसम्म निर्णय हुने न्यौपानेले बताए । रविको उजुरीको स्पष्टीकरण भने निर्वाचन आयोगमा पठाइने बताइएको छ । उनीविरुद्ध सोमबार र मंगलबार तीनवटा दाबी विरोध र एउटा उजुरी परेको छ ।
झापा, २२ चैत । सरकारले दिएको अनुदानको दुरुपयोग कसरी भइरहेको छ भन्ने उदाहरण काभ्रेको एउटा कृषि कार्यक्रम बनेको छ। ‘आलु सुपरजोन’का लागि अनुदान लिएर चक्लाबन्दी गरिएको जमिनमा पहिलो पटक आलु रोपियो पनि तर अहिले भने त्यही जमिनमा इँटा बनाउन थालिएको छ। तरकारी तथा खाद्यान्न बाली उत्पादनका लागि दुई वर्षअघि १० वर्षसम्म खेती गर्ने र घडेरीकरण नगर्ने सर्तमा हस्ताक्षर गराएर साना–साना गरालाई एकीकृत गर्दै चक्लाबन्दी गरेको दोस्रो वर्षमै स्थानीयले इँटाभट्टालाई प्रतिरोपनी १५ हजार रुपियाँमा जग्गा भाडामा लगाएका छन्। ‘पाँचखाल नगर, कृषि सहर’को नारा बोकेको काभ्रेपलाञ्चोककै खाद्य भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकालाई चक्लाबन्दी गरेको जग्गामा इँटा बनाउन थाल्दासम्म पत्तो छैन। पालिकाका पदाधिकारी…
घैलाडुब्बा, २१ चैत । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था घैलाडुब्बा सेवा केन्द्रले स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । रक्तदान जीवन दान भन्ने मुल नाराका साथ सकोसको २८ औं स्थापना दिवसमा मंगलबार (आज) घैलाडुब्बामा भएको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेको सेवा केन्द्र प्रमुख निर्मला प्रसाईले जानकारी दिइन्् । सहारा नेपाल साकोसको आयोजना तथा रेडक्रस सोसाइटी उप–शाखा कनकाई ९ को प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना भएको हो । सेवा केन्द्र उप–समिति संयोजक दिब्यश्वरा उप्रेतीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कनकाई नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजेन्द्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा घैलाडुब्बा युवा क्लबका…
झापा, २१ चैत । बिर्तामोड नगरपालिकाले १० वटै वडाको जग्गा वर्गीकरण कार्य सम्पन्न गरेको छ । नगर प्रमुख एवं स्थानीय भू–उपयोग परिषद् अध्यक्ष पवित्रा महतारा प्रसाईको अध्यक्षतामा मंगलबार बसेको बैठकले बाँकी रहेको वडा नम्बर ६ को पनि वर्गाीकरण कार्य सम्पन्न गरेको हो । बैठकले वडा नम्बर ६मा रहेको गिरीवन्धु टी–स्टेटको नाममा दर्ता श्रेस्ता कायम रहेको जग्गा सट्टापट्टाका विषयमा सरकारको निर्णयका विरुद्व सर्वोच्च अदालतमा मुद्वा विचाराधिन रहेकोले हाललाई उक्त जग्गा वर्गीकरणमा समावेश नगर्ने निर्णय गरेको छ ।वडा नम्बर ६ साविक अनारमनि गाविस वडा नम्बर १को बाँकी रहेका जग्गाको भने वर्गीकरण सम्पन्न गरेको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनु भयो । यस्तै…
बिर्तामोड, २१ चैत । सहारा हाफ म्याराथनको उपाधि सञ्जय श्रेष्ठ र पुष्पा भण्डारीले जितेका छन् । चारपाने झापामा आज मंगलबार भएको हाफ म्याराथनमा नेपाल आर्मीका श्रेष्ठले निर्धारित दूरी १ घन्टा ६ मिनेट २२ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन् । त्यस्तै, सशस्त्र प्रहरी बल नेपालकी भण्डारीले १ घण्टा २१ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन बनिन् । उपाधिसँगै श्रेष्ठ र भण्डारीले समान ५१ हजार नगद, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, पुरुषतर्फ केन्याली धावक सिमिओन किप्लागातोेले १ घन्टा ७ मिनेट १७ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान हाँसिल गरे । आर्मीका मोहनदेव जोशीले १ घन्टा ७ मिनेट…
झापा, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी कमल गाउँपालिकाको सभापतिमा केदार नाथ चापागाँई चयन हुनुभएको छ । कमल गाउँपालिकामा भएको भेलाबाट चापागाईं सर्वसम्मत चयन हुनु भएको हो । १७ सदस्यीय नवगठित समितिको सचिवमा यज्ञप्रसाद तिवारी, कोषाध्यक्ष तुलसा चम्लागाई गौतम, सदस्यमा यमप्रकाश सुब्बा, विष्णु अधिकारी, सिता ओझा, ओम बहादुर विष्ट, मनोज सिवाकोटी, खगेन्द्र राज पौडेल, कृष्ण थापा, दिनेश घिमिरे, विष्णु माया सिटौला, डम्बर बहादुर थापा, पुष्प न्यौपाने, रुद्र भण्डारी, पवित्रा अधिकारी र मातृका ढुंगेल चयन भएका छन् ।
इटहरी, २१ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुनसरीको इनरुवामा अभिनन्दन गरिएको छ । राजावादी समूहले उनलाई सोमबार इनरुवामा अभिनन्दन गरेको हो । अभिनन्दन कार्यक्रमपछि सम्बोधन गर्दै उनले तन, मन, धन र पदमा लोभ्याएर सामाजिक संरचना कमजोर भएको बताए । देशमा देखिएको समस्यालाई आफूले नजिकबाट नियालिरहेको बताउँदै उनले परिर्वतन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै परिणाम नदिने टिप्पणी गरे । यस अघि भने प्रशासनले ‘श्री ५ महाराजधिराज’ लेखेको ब्यानर हटाएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोसाकमा खटिएका प्रहरीले पूर्वराजा शाहलाई अभिनन्दन गरिने चोकचोकमा टाँसेको श्री ५ लेखिएका ब्यानरहरू हटाएको हो । ‘पूर्वराजा भनेर लेखिएको…