झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३१ भदौ । अर्घाखाँचीका किसान तुल्सीराम अधिकारीले ध्वस्त सिंहदरबार पुनर्निर्माणका लागि एक लाख एक सय रुपैयाँ दिएका छन् । सिंहदरबार जल्दा आत्मा जलेको भन्दै उनले आत्मसन्तुष्टिका लागि सो रकम प्रदन गरेको बताएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय अर्घाखाँची पुगेर अधिकारीले सो रकम हस्तान्तरण गरेका हुन् । उनले खुर्सानी, काँक्रा, टिमुर, फर्सी लगायत तरकारी बेचेर जम्मा गरेको रकम ‘म बनाउँछु मेरो सिंहदरबार’ भन्दै सरकारलाई बुझाएको बताएका छन् । खोटाङमा जन्मिएका अधिकारी हाल अर्घाखाँचीको सीतापुरमा व्यावसायिक कृषि गर्दै आएका छन् ।

Read More

झापा, ३१ भदौ । निवर्तमान श्रममन्त्री शरतसिंह भण्डारीको म्यानपावर व्यवसायीमार्फत कोरियामा सीपयुक्त श्रमिक पठाउने योजना नयाँ सरकारले रोक लगाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त कार्यविधि कार्यान्वयन नगर्ने निर्णय सार्वजनिक गर्दै सरोकारवालालाई जानकारी गराएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीको निर्णय शंकास्पद देखिएपछि प्रारम्भिक छानबिन गर्दै मन्त्रालयलाई पत्राचार गरेको थियो। उजुरीहरूमा मन्त्रीले निजी व्यवसायीबाट लाभ लिएर श्रमिक पठाउने अनुमति दिन खोजेको आरोप लगाइएको छ । हालसम्म नेपाल र कोरियाबीचको जीटुजी सम्झौता अनुसार इपीएस प्रणालीमार्फत ई–९ भिसामा साधारण श्रमिक पठाउने गरिँदै आएको छ । सरकारले निजी क्षेत्रमार्फत ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि अघि बढाए पनि त्यसले…

Read More

झापा, ३१ भदौ । जापनिज इन्सेफलाइटिस (जेई) बाट देशभर २७ जनाको मृत्यु भएको छ । जसमा कोशी प्रदेशका ४ जना छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका ४० जिल्लाका १४१ जनामा जेई पुष्टि भएको छ । सबैभन्दा बढी लुम्बिनी प्रदेशका ९ जनाको मृत्यु भएको छ भने मधेषमा ३, बागमतीमा ४, गण्डकीमा ५, कर्णाली र सुदुरपश्चिम प्रदेशमा १–१ जनाको मृत्यु भएको छ । जापनिज इन्सेफलाइटिस नामक भाइरसका कारण लाग्ने जेई क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ । यो भाइरसबाट सर्ने सङ्क्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू सङ्क्रमित हुन्छ र त्यसले टोक्दा मानिसमा सङ्क्रमण सर्छ ।

Read More

फिल्म ‘खुस्मा’को चर्चित गीत ‘रुकुम मैकोट’को लोकप्रियता अझै रोकिएको छैन । युट्युबमा रिलिज भएको १ वर्ष बितिसक्दा पनि युट्युबमा यसले लोभलाग्दो भ्यूज प्राप्त गरिरहेको छ । यो समाचार लेख्दासम्म यो गीतको युट्युब भ्यूज १५ करोड नाघेको छ । २०८१ माघ २४ गते यो गीतले सबैभन्दा छिटो १० करोड भ्यूज पाउने नेपाली गीतको रेकर्ड राखेको थियो । यो गीतले डेढमहिनासम्म युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने नेपाली गीतको समेत रेकर्ड राखेको थियो । सम्भवतः यो गीत सर्वाधिक टिकटक भिडियो निर्माण हुने नेपाली गीत बनेको अनुमान छ । यो गीतमा एसडी योगीको संगीत, योगी र शान्तिश्री परियारको आवाज र सुरेन्द्र रानाको शब्द छन् ।…

Read More

राजकुमार भट्टराईखोटाङ, ३१ भदौ । खोटाङमा शङ्कास्पद अवस्थामा एक युवती मृत भेटिएकी छिन् । स्थानीय सहकारीमा कार्यरत दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी रेश्मिका सिवा परियारलाई शङ्कास्पद अवस्थामा मृत भेटिएको हो । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारीमा कार्यरत रेश्मिका भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाबिचमा पर्ने मार्से सामुदायिक वनमा मृत भेटिएकी हुन् । सहकारीका अध्यक्ष सागर तामाङका अनुसार रेश्मिका आइतबार अपराह्न ४ बजे कार्यालयबाट बाहिरिएकी थिइन् । राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा रेश्मिकाको शव सडकभन्दा करिब १५० मिटर तल बाँसघारीमा भेटिएको हो । घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी चौकी घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी…

Read More

झापा, ३१ भदौ। सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला रु दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार ९०० बढेर रु दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य तोलाको रु दुई हजार ५९५ पुगेको छ । आज चाँदी प्रतितोला रु २० बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Read More

दीपक शर्मासल्यान, ३१ भदौ । रोजगारीका सिलसिलामा भारत गएका सल्यानका ४ जनाको गाडी दुर्घटनामा परि मृत्यु भएको छ । दुर्घटनामा तिन जना घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका ४ बस्नेत जिउलाका एकाघरका तीन सहित ४ जनाको भारतको हिमाचल प्रदेशको सिम्ला जिल्लाको कोटखाइमा गाडी दुर्घटनामा परि मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ३६ वर्षका राजेश बिष्ट, ४८ वर्षीय डिल्ली शाही, ३७ वर्षीय एकेन्द्र शाही र २६ बर्सिया लक्ष्मी शाही रहेको कुमाख गाउँपालिका ४ का वडाध्यक्ष शोभिलाल बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते हुनेमा सोही ठाउँका २६ वर्षीय हिम बहादुर शाही, ३६ वर्षीय नेव बहादुर शाही र २२ वर्षका…

Read More

एजेन्सी, ३१ भदौ । एशिया कप टी–२० क्रिकेटमा आज बङ्गलादेश र अफगानिस्तान खेल्दैछन् । खेल दुबईमा नेपाली समयअनुसार राति सवा ८ बजे शुरू हुनेछ । समूह ‘बी’ अन्तर्गत बङ्गलादेश र अफगानिस्तानबीचको आजको खेललाई निर्णायक मानिएको छ । हङकङमाथि सहज जित निकालेको बङ्गलादेशलाई अफगानिस्तानलाई जित्नैपर्ने दबाब छ । आठ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान तथा समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् । एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ तारिख अर्थात् असोज १२ गते हुनेछ ।

Read More

विराटनगर, ३१ भदौ । कोशी अस्पतालको औषधि पसल (फार्मेसी)मा कार्यरत तीन करार सेवाका कर्मचारीलाई स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको आरोपमा सेवाबाट बर्खास्त गरिएको छ। बर्खास्त गरिएकामध्ये दुई जना फार्मेसी सहायक र एक जना कार्यालय सहयोगी रहेका छन् । अस्पताल प्रशासनले ती कर्मचारीले औषधि कम आपूर्ति गरी बढी रकम कट्टा गर्ने, चिकित्सकले नलेखेका महँगा औषधि देखाएर भुक्तानी गर्ने, तथा बिरामीका नाममा अत्यधिक औषधि देखाउनेजस्ता अनियमित कार्यमा संलग्न रहेको पुष्टि भएपछि कारबाही गरिएको जनाएको छ। यद्यपि, बर्खास्त गरिएका कर्मचारीको नाम सार्वजनिक गरिएको छैन। क्यान्सरपीडित बिरामीको उजुरीपछि खुल्यो अनियमिततामोरङका एक क्यान्सरपीडित बिरामीले अस्पताल प्रशासनमा लिखित उजुरी दिएपछि बीमा रकम दुरुपयोगको घटना बाहिर आएको…

Read More

कनकाई, ३१ भदौ । झापाको कनकाई नगरपालिकाले आगामी असोज ५ गतेसम्म सेवा प्रवाह गर्न नसक्ने जनाएको छ। नगरपालिकाले आज एक सूचना जारी गरी सार्वजनिक सेवा प्रवाह गर्न नसक्ने जनाएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले भदौ २४ गतेको आन्दोलनको क्रममा नगरपालिका, वडा कार्यालयहरु, स्वास्थ्य संस्था र पशु शाखामा समेत तोडफोड तथा आगजानीका कारण क्षति भएको बताउनु हुँदै क्षतिग्रस्त कार्यालयहरुको क्षतिको विवरण संकलन, प्रहरी मुचुल्का, कार्यालय सरसफाई, इन्टरनेट, बिजुली जडान तथा मर्मत कार्य भइरहेकाले तत्कालै सेवा प्रवाह गर्न नसकिने जानकारी दिनुभयो । यसअघि, नगरपालिकाले जेन जी आन्दोलनका क्रममा नगरपालिका र मातहतका वडा कार्यालयबाट लगिएका सामग्रीहरू तत्काल फिर्ता गर्न अनुरोध…

Read More