झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३१ भदौ । मनसुनको समयमा बाढीपहिरोको जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुनको अन्त्य र चाडपर्वको चापलाई मध्यनजर गर्दै राजमार्ग पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो। यात्रुहरूको सहज आवागमन सुनिश्चित गर्न स्वीकृत सडक सुरक्षा कार्य योजनाअनुसार सजगता अपनाइने समितिले जनाएको छ। गत असार पहिलो सातादेखि रातिको समयमा धुलिखेलदेखि नेपालथोकसम्मको खण्डमा १२ घण्टासम्म सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको थियो। पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिनका लागि रोक लगाइएको थियो। असार ७ गतेदेखि…

Read More

झापा, ३१ भदौ । नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई १० लाखका दरले सहयोग उपलब्ध गराइने भएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलबबाट कट्टा गरी मृतक परिवारलाई १० लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले आज जारी गरेको सूचनामा भनिएको छ, “यही भदौ २३ र २४ गते आन्दोलनका क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही १० लाख उपलब्ध गराउने निर्णय भएको ब्यहोरा अनुरोध छ ।”

Read More

झापा, ३१ भदौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा मुलुकको व्यापार घाटा रु एक खर्ब १९ अर्ब ११ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार, कूल वस्तु व्यापार घाटा अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको सोही अवधिमा व्यापार घाटा ०.४ प्रतिशतले मात्र बढेको थियो । आयातमा दोहोरो अङ्कको वृद्धिसाउन महिनामा कूल वस्तु आयात ११.४ प्रतिशतले वृद्धि भई रु एक खर्ब ४३ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयातमा ०.६ प्रतिशतले कमी आएको थियो । मुलुकगत आधारमा :भारतबाट आयात: ७.५% वृद्धिचीनबाट आयात: १४.१% वृद्धिअन्य मुलुकबाट आयात:…

Read More

झापा, ३१ भदौ । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा विदेशमा रहेका नेपालीहरूले रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबरको विप्रेषण रकम स्वदेश पठाएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार, यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९.९ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई रु एक खर्ब ३६ अर्ब ६० करोड पुगेको थियो । यस वर्षको वृद्धि दरले विप्रेषण आप्रवाहमा उल्लेखनीय सुधार देखिएको राष्ट्र बैंकको विश्लेषणमा उल्लेख छ । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई एक अर्ब २७ करोड पुगेको छ ।…

Read More

झापा, ३१ भदौ । झापासहित देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी छ। आज दिउँसो र राति पनि मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको प्रक्षेपणअनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। त्यस्तै, आज राति देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड…

Read More

झापा, ३० भदौ । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकलाई भिजिट भिसा दिन अस्थायी रूपमा रोक लगाएको छ। सोमबारदेखि भिसा आवेदन अस्वीकृत हुन थालेको नेपाली ट्राभल एजेन्सीहरूले पुष्टि गरेका छन्। यद्यपि, यूएई सरकारले औपचारिक सूचना भने जारी गरेको छैन। दुबई इमिरेट्सले केही समयदेखि भिजिट भिसामा कडाइ गर्दै आएको थियो, जसपछि नेपालीहरू शारजाह इमिरेट्समार्फत भिसा आवेदन दिन थालेका थिए। तर, हाल शारजाहबाट पनि भिसा स्वीकृति रोकिएको छ। ट्राभल एजेन्सीका अनुसार शारजाहले डिपोजिटसहित एक वा दुई महिनाको भिसा बिक्री गर्दै आएको थियो। यूएईमा भिजिट भिसामार्फत प्रवेश गर्ने नेपालीहरूको संख्या उच्च छ। धेरै नेपालीले भिजिट भिसाबाट काम खोजी गरी वर्किङ भिसामा रूपान्तरण…

Read More

शिवसताक्षी, ३० भदौ । शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्राले मुलुकमा उत्पन्न भएको विषम परिस्थितिमा कर्मचारीलाई जनमुखी र पारदर्शी सेवामा ध्यान दिन निर्देशन दिनु भएको छ । नयाँ सरकार गठनसँगै सोमबार नगरपालिकामा कार्यरत सबै तहका कर्मचारीलाई नागरिकको कामलाई प्राथमिकता दिन आह्वान गर्नु भएको हो । नगरप्रमुख थोप्राले नागरिकप्रतिको जवाफदेहिताको कमी, कामकाजमा ढिलासुस्ती र जनप्रतिनिधि तथा कर्मचारीबीचको असमर्थ जिम्मेवारीका कारण आजको परिस्थिति सिर्जना भएको उल्लेख गर्नुहुँदै भन्नुभयो, ‘मैले पटक–पटक भनिरहेँ, कर्मचारीले जहिले पनि पारदर्शी ढंगले काम गर्नुपर्छ ।’ गएको भदौ २४ गते जेनजी विद्यार्थीहरुको कतिपय मागहरु जायज छन् । सरकारका माथिल्लो तहदेखि तल्लो तहसम्मका सरकारका निकायहरुले गरेका कामकाज जनमुखी नभएका कारण…

Read More

झापा, ३० भदौ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउने व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, सहिद घोषणा गरिएको व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिनेछ भने असोज १ गते शोक दिवसका रूपमा मनाइनेछ। सरकारले पीडित परिवारलाई पूर्वघोषित १० लाखसहित थप ५ लाख गरी कुल १५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। उक्त रकम अर्थमन्त्रालयमार्फत निकासा गरिनेछ र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिनेछ। दुर्गम जिल्लाका मृतकका लागि यातायात तथा हवाई खर्च सरकारले बेहोर्नेछ। घाइतेहरूको निःशुल्क उपचार निरन्तर जारी राखिनेछ।

Read More

बिर्तामोड, ३० भदौ । बिर्तामोड नगरपालिकाले जेन जी आन्दोलनका क्रममा नगरपालिकाबाट लुटिएका फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटप लगायतका सामग्री तत्काल फिर्ता गर्न आग्रह गरेको छ । नगरपालिकाले आज एक सूचना जारी गरी गत भदौ २३ र २४ गते जेनजी समूहले गरेको आन्दोलनका क्रममा अवाञ्छित तत्वहरुले नगरपालिका र वडा कार्यालयबाट विभिन्न प्रकारका सामान लुटेको भन्दै उक्त सामान इमान्दारीका साथ फिर्ता गर्न आग्रह गरेको हो । तोडफोड, लुटपाट र आगजनीमा संलग्न व्यक्तिलाई पहिचान गरी अनुसन्धान तथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ। नगरपालिकाले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक व्यक्त गरेको छ । नगर प्रमुख पवित्रा महतारा…

Read More

झापा, ३० भदौ । जेनजी पुस्ताको आन्दोलनसँगै ठप्प बनेको पूर्वी नेपालको काँकडभिट्टा नाका आजदेखि सञ्चालनमा आएको छ । भदौ २४ गतेदेखि पैदल आउजाउ समेत बन्द गरिएको नाका आज दिउँसोदेखि सञ्चालनमा आएको हो । ६ दिनसम्म नाका ठप्प हुँदा दुवै देशका नागरिकले सास्ती खेप्नुपरेको थियो । नेपालमा भएको हिंसात्मक प्रदर्शनको क्रममा भारतीय एसएसबीले सीमा नाका बन्द गरेको थियो । एसएसबीले नाका खुलाए पनि परिस्थित नेपालतर्फ परिस्थिति पूर्ण सामान्य बनेको छैन । भारतीय निजी गाडी नेपाल आउन पाएका छैनन् । भन्सारमा यात्रु शाखा जलेर ध्वस्त भएपछि गाडीको हकमा त्यो समस्या उत्पन्न भएको हो । झापाकै भद्रपुर नाका भने शुक्रवारबाटै सञ्चालनमा आए पनि…

Read More