झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १८ बैशाख । नेपाललाई लगानीको गन्तव्यका रूपमा चिनाउन सरकारले आगामी आर्थिक वर्षमा लगानी सम्मेलन गर्ने भएको छ। २०७३ फागुन र २०७५ चैतको सफलतापछि लगानी बोर्ड नेपालले तेस्रोपल्ट लगानी सम्मेलन आयोजना गर्ने भएको हो। यतिखेर विदेशी लगानीकर्तामाझ लगानीको सुरक्षा र प्रतिफल ग्यारेन्टीमार्फत आफूप्रतिको विश्वनीयता देखाउने चुनौती सरकारसामु छ। यस्तो परिवेशमा अन्तर्राष्ट्रिय लगानीकर्तामाझ देशको सम्भावना उजागर गर्दै नेपाललाई लगानी गन्तव्यका रूपमा चिनाएर सरकारले वैदेशिक लगानी भित्र्याउन फेरि पनि लगानी सम्मेलन गरिन लागेको हो। लगानी बोर्ड नेपालको ५३ औं बैठकले २०८० मै आयोजना हुन लागेको लगानी सम्मेलनको अवधारणपत्र स्वीकृति गर्नुको साथै सम्मेलन आयोजना गर्ने आवश्यक पूर्वतयारीका लागि लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिइसकेको…

Read More

झापा, १८ बैशाख । स्थानीय तहले आफ्नो क्षेत्रभित्रका विषयमा आवश्यक पर्ने कानुन बनाउन नसक्दा विशेषगरी आर्थिक कारोबार र सेवा प्रवाह प्रभावकारी हुन नसकेको पाइएको छ । स्थानीय तह सरकार सञ्चालन ऐन– २०७४ दफा १०२ अनुसार स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा ऐन बनाउन सक्ने प्रावधान रहेको छ । त्यति मात्र नभई सोही ऐनको अधीनमा रही नियम, निर्देशिका, कार्यविधि र मापदण्ड बनाई कार्यान्वयनमा ल्याउन सक्ने व्यवस्था गरिएको छ । यद्यपि, स्रोत संकलन, विकास निर्माण र सेवा प्रवाहसम्बन्धी आवश्यक सबै कानुन स्थानीय तहले बनाउन नसकेको विषयमा पनि महालेखा परीक्षकको ६० औं प्रतिवेदनले औंल्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुन…

Read More

झापा, १८ बैशाख । सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोइन सुरु गरेको एक महिनामा ७२ हजार ३२३ श्रमिक सूचीकरण भएका छन् । वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार रहेका नेपालीलाई चैत ८ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गर्न सुरु गरिएको थियो । सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीले वैशाख १७ सम्म वैदेशिक रोजगारीमा जाने बा गएका ७२ हजार ३९६ जना योजनामा आबद्ध भएको जानकारी दिए । सो अवधिका विदेश जानेबाट कोषमा लगभग ११ करोड रुपियाँ जम्मा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब एवं सामाजिक सुरक्षा कोषका बोर्ड अध्यक्ष एकनारायण अर्यालले…

Read More

झापा, १८ बैशाख । लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आजदेखि खुला हुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच गत चैतमा चीनमा भएको भेटका क्रममा (मे १) वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुला गर्ने सहमति भएअनुसार नाका खुल्न लागेका हुन् । भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी नाकालगायतका अन्य सबै नाका सोमबारदेखि खुला हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । चीनतर्फका नाकाहरूमा मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला रहेका छन् । मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी र डोल्पाको उत्तरी…

Read More

बिर्तामोड, १७ बैशाख । झापामा रेल्वेले ओगटेको जग्गाको रोक्का नेपाल सरकारबाट फुकुवा भएको छ । नेपाली कांग्रेस सभापति देउकुमार थेवेको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष रेल्वेमा परेको क्षेत्रफल बाहेकको जग्गा फुकुवा नहुँदा झापालीहरु पीडित बनेको बिषय जानकारी गराएपछि मन्त्रीस्तरीय निर्णयबाट जग्गाको आंशिक फुकुवा भएको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो । रेल्वेमा परेको जग्गाको सानो क्षेत्रफलले गर्दा सिङ्गो कित्ता नै रोक्का हुनु न्यायसंगत नभएको रेल्वे पीडित संघर्ष समितिले पटक–पटक आवाज उठाउँदै आएपनि यो समस्या समाधान हुन सकेको थिएन । कित्ता नम्बर एउटै भएपनि रेल्वेको नक्साले नभेटेको जमिनको क्षेत्रफललाई आंशिक…

Read More

सन्तोष शर्माबिर्तामोड, १७ बैशाख । सहकारीविरुद्धको अभियानलाई निस्तेज पार्दै समग्र सहकारी अभियानलाई बचाउन यहाँका सहकारी संस्थाहरु एकत्रित भएका छन् । सहकारीहरु अप्ठ्यारो परिस्थितिमा रहेका बेला एकअर्काबीच सहयोग र सहकार्य गर्दै समग्र सहकारी अभियानलाई बचाउन यहाँका सहकारी संस्थाहरु एकत्रित भएका हुन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै प्रारम्भिक चरणमा डेढ दर्जनको हाराहारीमा सहकारी संस्थाहरु एकत्रित भएर ‘कोअपरेटिभ एलायन्स अफ झापा’ गठन गरिएको सहकारी अभियन्ता रामचन्द्र उप्रेतीले जानकारी दिनुभयो । “अहिले समग्र सहकारी अभियान अप्ठ्यारो अवस्थामा छ”, उहाँले भन्नुभयो, “विभिन्न तवरबाट सहकारी बचाउन अभियान चलाइँदै आएको छ, सहकारी बचाउने अभियानमा थप सहयोग गर्ने उद्देश्यले एउटा संस्था गठन गरेका हौं ।” सात सदस्यीय…

Read More

कनकाई, १७ बैशाख । अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा झापाको कनकाई नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिबीच आज बेलुका मिनी म्याराथुन दौड प्रतियोगिता भएको छ । दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ मनिस भट्टराई र महिलाको उपाधि मिरा चर्मकारले जित्नुभएको छ । उपाधिसगै उहाँहरुले नगद ५ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गर्नुभयो । यसैगरीपुरुष तर्फको दोस्रो स्थान सचिन बस्नेत र तेस्रो स्थान ज्ञानेन्द्र खनाल हुनुभयो । यसैगरी सान्त्वना पुरस्कार धिरज मुर्मु, रोहित मल्लिक, टिकाराम थापा, इन्द्र बजगाई हुनुभयो । महिलातर्फ दोस्रो निर्मलादेवि दनुवार, तेस्रो मनिता राई र सान्त्वना क्रमश लक्ष्मी राई, गंगा विष्ट, जमुना कटुवाल र प्रियका गौतम हुनुभयो । प्रतियोगितामा दोस्रो हुनेले नगद ३…

Read More

बिर्तामोड, १७ बैशाख । साहित्य चौतारी झापाले १५ ओटा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र निर्णायक मण्डलसँग छलफल गरेको छ । विद्यालयमा साहित्य चौतारी अभियानका विषयमा शनिबार सरोकारवालालाई बिर्तामोडको होटल हिकोला हेरिटेजमा बोलाएर छलफल गरिएको हो । नेतृत्वदायी भूमिकामा रहेर साहित्य चौतारीले कार्यक्रम सञ्चालनका लागि झापा र भोजपुरका १६ वटा विद्यालयलाई सहयोग गरिरहेको छ । साहित्य, संगीत र कला विधामा लुकेर रहेका विद्यार्थी प्रतिभाको पहिचान गर्ने उद्देश्यले विद्यालयमा साहित्य चौतारी अभियान सुरु भएको हो । विद्यार्थीमा प्रतिस्पर्धी क्षमताको विकास गरी उनीहरुलाई विभिन्न विधामा दक्ष बनाउने दीर्घकालिन नीतिसहित विद्यालयमा साहित्य चौतारी अभियान सुरु गरिएको संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए ।…

Read More

भद्रपुर, १७ बैशाख । झापा क्षेत्र नम्बर १ तथा ३ को समृद्धिसित गासिएका अलपत्र आयोजना तथा नयाँ आयोजना सञ्चालनका लागि भद्रपुर नगर प्रमुखको नेतृत्व टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेसका महामन्त्री तथा झापा १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा र काँग्रेस नेता तथा झापा ३ का पूर्व सांसद कृष्णप्रसाद सिटौलाको समन्वयमा नगर प्रमुख पोखरेल नेतृत्व टोलीले प्रधानमन्त्री तथा सरोकारवाला मन्त्रालयका मन्त्रीलाई भेटेर विकास परियोजना सञ्चालनको वातावरण निर्माण गर्न ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षणमा मेची नदी तटबन्ध र भद्रपुर नाकाको स्तरवृद्धिको माग राख्दै प्राथमिकता दिएर काम अडाडि बढाउन सुझाइएको छ । यस्तै झापाको मेचीनगरदेखि भद्रपुर…

Read More

झापा, १७ बैशाख । पैँतालीस वर्ष मात्र पार गर्दै गर्नुभएका आइतराम बोटेको जिउडाल, कपडा लवाइ, खवाइ हेर्दा लाग्छ उनी साठी कटिसकेको हुनुपर्छ । झुस्स दारी, पातलो शरीर, मसिनो बोलीका उनको नियमित काम हो जङ्गली जनावर, त्यसमा बाघको नियमित स्याहार सुसार गर्ने । यही कामले उनलाई धेरैले ‘बाघ बा’ भनेर चिन्छन् । चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत बोटेको बाघको स्याहार सुसार गर्नु जागिर नै हो । तर उनको अनुभव सन्तुष्टिसँग जोडिएको छ । “रोजगारी त भयो भयो बाघको स्याहार सुसार गर्नु आत्मसन्तोष पनि हो,” उनले भने, “पहिले त बाघ देख्ने बित्तिकै डर लाग्थ्यो । विस्तारै बानी परेपछि बाघको स्याहार सुसार सामान्यजस्तै लाग्छ…

Read More