झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ७ चैत । नेपाल वायुसेवा निगमले पाँचवटा चिनियाँ जहाज बिक्रीको तयारी सुरु गरेको छ। तीन वर्षयता भूमिस्थ गरिएका (ग्राउन्डेड) चिनियाँ जहाज बिक्री मूल्याङ्कन गर्न आइतबार अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका दुई जना प्रतिनिधि काठमाडौँ आइपुगेका छन्। निगमका प्रवक्ता अर्चना खड्काले प्रतिनिधिले सोमबारदेखि काम सुरु गरेर एक महिनाभित्रै मूल्याङ्कन गरिसक्ने बताए । कम्पनीका प्रतिनिधिले सोमबारदेखि काम सुरु गर्ने र मूल्याङ्कनसँगै बिक्री प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ। उनले भने, “चिनियाँ जहाज बिक्रीका लागि दुईवटा एमए ६० र तीनवटा वाई १२ जहाज बिक्री गर्न मूल्याङ्कनका लागि गत मङ्सिरमै कम्पनी छनोटको टेन्डर आह्वान गरेको थियो। मूल्याङ्कनका लागि सर्ट लिस्टमा एभियन एसेट म्यानेजमेन्ट…

Read More

झापा, ७ चैत । हात्ती प्रजनन केन्द्रका माउते राकेश महतोले छावा (गोपालगञ्ज नामकरण)को टाउको र कानको जोर्नीमा खुट्टाले बिस्तारै धकेल्दै ‘बैठ’ (बस)भनेपछि सरक्कै बस्यो । अनि फेरि उहाँले त्यही जोर्नीमा खुट्टाले बिस्तारै धकेल्दै भुइँमा भएको लौरो आफूलाई दिन छावालाई निर्देशन दिए , “उपर दे (माथि दे) ।” माउतेको निर्देशन पाएको छावाले सुँढले उठाएर लौरो माथि दियो । फेरि माउते महतोलाई छावालाई सुताउन मन लागेपछि खुट्टाले जोर्नीमै धकेल्दै भने – सुत । छावाले लुरुक्कै कुरा मान्यो र सुत्यो । हात्तीलाई तालिम दिइएको यो दृश्य हात्ती प्रजनन केन्द्र पुग्ने जोकोहीले अचेल सहजै देख्न सक्छन् । प्रजनन केन्द्रका कर्मचारीले गोपालगञ्जजस्ता छावालाई सजिलै भनेको…

Read More

कैलाली, ७ चैत । कैलालीको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना सोमबार राति कैलालीमा ट्याक्टरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी २८ जना घाइते भएका छन् । बर्दगोरिया गाउँपालिका–६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका–९ कुणीतर्फ फर्किने क्रममा उनीहरू दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अनियन्त्रित भएर ट्याक्टर पल्टिदा भजनी–९ की चाहाना चौधरी र दिलरानी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदीप चन्दले बताउनुभयो । सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालकको…

Read More

झापा, ७ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लाखौं रकम हिनामिना गर्ने कार्यमा संलग्न कृषि ज्ञान केन्द्रका कालिकोटका निमित्त कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । हाइटेक नर्सरी सञ्चालन गर्न भनी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट लिएको ६६ लाख ५० हजार लिई काम नै नगरी फछ्र्यौट गरेका कारण आयोगले सो मुद्दा दायर गरेको हो । सो कार्यमा संलग्न इन्जिनियर, सम्झौता गरी काम नगर्ने सिमनाथ कृषि विकास सहकारी संस्थाका पदाधिकारी र छनोट तथा मूल्यांकन समितिका पदाधिकारीलाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए । सो मुद्दामा कृषि केन्द्रका तत्कालीन निमित्त…

Read More

भद्रपुर, ६ चैत । झापाका दश वटा क्याम्पसमा सम्पन्न स्ववियू निर्वाचनको अन्तिम परिणाम अनुसार अनेरास्ववियू र नेविसंघ हाराहारी शक्तिका रूपमा देखिएका छन् । निर्वाचन समिलेले सार्वजनिक गरेको विवरण अनुसार मेची क्याम्पस भद्रपुर, कृषि क्याम्पस गौरादह, गौरीगञ्ज क्याम्पस, कनकाई बहुमुखी क्याम्पस र सीतारमेश क्याम्पस बुद्धशान्ति अनेरास्ववियूले नेतृत्व पाएको छ भने कन्काई क्याम्पस विर्तामोड, इन्द्रचन्द्र क्याम्पस विर्तामोड, त्रिदेव क्याम्पस मेचीनगर चारआली, शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधाराको नेतृत्व नेविसंघले प्राप्त गरेको हो । झापाको सर्वाधिक विद्यार्थी संख्या रहेको भद्रपुर स्थित मेची बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका सन्देश धमलाले सभापति पद जितेका छन् । त्रिपक्षीय प्रतिष्पर्धा रहेको निर्वाचनमा धमलाले नेपाल विद्यार्थी संघका…

Read More

बिर्तामोड, ६ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीले जनताले संघर्ष गरेर प्राप्त गरेको उपलब्धीलाई मास्ने षडयन्त्र भएको तर्फ चनाखो रहन तरुण युवा विद्यार्थीलाई आग्रह गरेका छन् । झापा क्षेत्र नं. २ अन्तर्गतका क्याम्पसहरुमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा बिजयी नेपाल विद्यार्थी संघका उम्मेदवारहरुको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता बुढाथोकीले जनताका विरुद्ध षडयन्त्र गर्नेहरु कहिल्यै सफल नभएको इतिहास सुनाए । यो क्षेत्रका पाँच वटा क्याम्पस मध्ये चारवटामा भएको निर्वाचनमा नेविसंघले तीनवटा क्याम्पसमा जीत हासिल गरेको थियो । गरामनी क्याम्समा नेविसंघलाई उम्मेदवारी दर्ता गर्न नदिई त्यहाँको व्यवस्थापन समितिले जबरजस्ती एमाले…

Read More

झापा, ६ चैत । झापा जिल्ला सहकारी संघले जिल्लामा सदस्य जागरण अभियान शुरु गरेको छ । सहकारी संघ–संस्था एवम् वित्तीय संस्थाविरुद्ध कुप्रचारसहित आक्रमण भइरहेकाले हालको असहज परिस्थितिमा सहकारी, सहकारीकर्मीलाई सक्षम बनाउने उद्देश्यले झापामा सदस्य जागरण अभियान शुरु गरिएको झापा जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगालले जानकारी दिनुभयो अभियान अन्तरगत झापा विभिन्न चार स्थानमा चैत ५ देखि ८ गतेसम्म ‘सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी’ सञ्चालन गरिएको उहाँले बताउनुभयो । अभियान अन्तरगत चैत ५ गते बिर्तामोड, चैत ६ गते धुलाबारी, चैत ७ गते दमक र चैत ८ गते दुर्गापुरमा गोष्ठी गरिने उहाँले बताउनुभयो । सहकारी अभियानलाई जोगाउन सहकारीका सदस्यहरु र…

Read More

बिर्तामोड, ०६ चैत्र । झापाको विर्तामोड स्थित इन्द्रचन्द्र क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका पवन दाहाल निर्वाचित भएका छन् ।नेविसंघका सभापति तर्फ दाहालले ३९० मत ल्याउँदा उनका प्रतिद्वन्दी अनेरास्ववियुका निर्मल विश्वकर्मले २३७ मत पाएका छन् भने अखिल क्रान्तिकारीका सुरेन्द्र गिरीले १९७ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा श्रीजित ढुङगाना, कोषाध्यक्षमा शितल गुरुङ निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा अनेरास्ववियुका आकाश थापा र उज्जवल घिमिरे निर्वाचित भएका छन् भने नेविसंघका रविन खड्का, विन्दा तामाङ्ग , ज्ञान बहादुर फत्र, पवन अधिकारी, समिक्षा आचार्य सदस्यमा निवाचित भएका छन् ।

Read More

बिर्तामोड, ०६ चैत्र । झापाको विर्तामोड स्थित कनकाई आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका किरण गुरुङ निर्वाचित भएका छन् ।नेविसंघका सभापति तर्फ किरण गुरुङले ७६५ मत ल्याउँदा उनका प्रतिद्वन्दी अनेरास्ववियुका पुकार न्यौपानेले १२५ मत र अखिल क्रान्तिकारीका लक्ष्मण थापाले ३२ मत प्राप्त गरेका थिए । नेविसंघका सभापतिका उम्देवार गुरुङले ६४० मत अन्तरले सभापतिमा विजयी भएका हुन् । भारी मतान्तरले उनको प्यानल नै निर्वाचित भएका छन् । त्यस्तै सचिवमा बिमल कट्टेल , कोषाध्यक्षमा सम्पदा पोख्रेल निर्वाचित भएका हो । त्यस्तै सदस्यहरुमा कुशल खनाल, रोशन , इशान ओलि , दिब्यकला कार्की ,साजन लिम्बू , बिदान थेबे लिम्बु , रोहित काफ्ले, मनिस…

Read More

झापा, ६ चैत । झापाको विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवैध सामान प्रहरीले बरामद गरेको छ । हिजो परिचालित प्रहरी गस्ती टोलीले चेक जाँचको क्रममा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा तीन वटा बोरामा प्याक गरेको स्पोर्टस मोजा र दुई बोरा जुत्ता लगायतका सामानहरु बरामद गरेको हो । बरामद गरिएका करिब ५ लाख ९६ हजार रुपैयाँ बराबरको सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More