
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १२ फागुन । प्रमुख राजनीतिक दलहरू बिहीबार रातिसम्म नयाँ राष्ट्रपति निर्वाचनमा कसरी अघि बढ्ने भन्ने ठोस समझदारीमा पुग्न सकेका छैनन्। एमालेको समर्थनमा पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै बनेको नयाँ सत्ता गठबन्धनमा अविश्वास चुलिए पनि अर्को समीकरण बन्न सकेको छैन। नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच बुधबार साँझ भएको भेटमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनअघिकै पाँच दलीय गठबन्धन ब्युँताउने समझदारी बनेको दाबी गरिएको थियो। अन्य दलहरूसँगको छलफलपछि बिहीबार साँझ बस्ने पाँच दलको बैठकमा नयाँ सहमति गर्ने नेताहरूले बताएका थिए। तर बिहीबार पाँच दलको बैठक बस्न सकेन। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले बिहीबार नेकपा…
भद्रपुर, ११ फागुन । झापामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति झापाका अध्यक्ष विश्वनाथ बराल र प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरी अभियान शुभारम्भ गर्नुभयो । समाजमा सुशुप्त रुपमा जरो गाडेर बसेको हात्तीपाइले रोग निर्मुल पार्न सबैले अनिवार्य औषधि सेवन गनुपर्नेमा अध्यक्ष बरालले जोड दिनुभयो । झापामा हात्तीपाइले रोगविरुद्धको १२ पटकको अभियान सञ्चालन भएको हो । जिल्लामा नौ लाख नौ हजार ५७३ जनालाई औषधि सेवन गराउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो । यसअघि उमेरका आधारमा…
बिर्तामोड, ११ फागुन । झापाको सीमावर्ती गाउँपालिका झापा–१ स्थित लसुनाबाट बुधबार राति बाख्रासहित प्रहरीले पिकअप गाडी नियन्त्रणमा लिएको छ । नेपालबाट भारततर्फ अवैध रुपमा लाँदै गरेको ३१ वटा बाख्रासहित पिकअप इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले मे.१ च.४७३३ नम्बरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा रु.७७ हजार पाँच सय मूल्य बराबरको ३१ वटा बाख्राहरु अवैध रुपमा नेपालबाट भारततर्फ लैजादैं गरेको अवस्थामा फेला पारेको हो । पिकअप गाडी र बाख्राको रु १० लाख ७७ हजार पाँच सय मूल्यांकन गरी आज मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको…
झापा, ११ फागुन । झापासहित देश भरका १५ जिल्लामा बिहीवारबाट हात्तीपाइले रोगविरुद्धको औषधि सेवन शुरु भएको छ । अभियान सफल बनाउन झापाका सबै स्थानीय तह, स्वास्थ्य शाखाहरुले सचेतनामूलक कार्यक्रम सहित औषधि सेवन शुर गरेका छन् । अभियानलाई सफल बनाउन बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सव परिसरमा नै औषधि खुवाउन शुरु गरेको छ । बिहीवार पहिलो दिन नै एक हजार ११७ जना भन्दा धेरैले औषधि सेवन गरेको अनारमनी स्वास्थ्य शाखाका अहेव ख्याम प्रसाद कडरियाले जानकारी दिनुभयो । बिर्तामोड उद्योग वाणिज्य संघका कार्यालय सचिव राजु गौतमले औषधि सेवन गरेर उद्घाटन गरिएको औषधि सेवन कार्यक्रममा महोत्सवमा सहभागीले उतहित हुँदै औषधि सेवन गरेको बताइएको छ…
भद्रपुर, ११ फागुन । त्रिभुवन आर्मी फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार मेची रंगशालामा भएको खेलमा पाहुना टोली डु«क ल्हायुल एफसी भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलमा आर्मीका जितेन्द्र कार्की र सुशान्त चौधरीले एक÷एक गोल गरे । खेलको तेस्रो मिनेटमै आर्मीले पाहुन टोली भुटानविरुद्ध गोल ग¥यो । पेनाल्टी एरिया नजिकै आर्मीले पाएको फ्रिकिकको सदुपयोग गर्दै तेस्रो मिनेटमा जितेन्द्र कार्कीले गोल गरे । उनले फ्रिकिकबाट सिधै जाली चुमाएका हुन् । यस्तै, खेलको ६४ औँ मिनेटमा आर्मीका सुशान्त चौधरीले अर्को गोल थपे । बारमा ठोकिएर फर्किएको बललाई…
विराटनगर, ११ फागुन । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको नव निर्मित कार्यालय भवनको समुदघाटन भएको छ । कार्यालयको हाता भित्र आयोजित एक बिशेष कार्यक्रमका बिच १ नम्बर प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले शिलालेख अनावरण गरी बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो । नव निर्मित भवनको समुद्घाटन र भवनको निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी माननीय मुख्य मन्त्री कार्कीले भौतिक पुर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर पर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भए संगै नागरीक सेवामा बिगतका दिनहरु भन्दा प्रभावकारी ढंगले अगाढी बढ्न नव निर्मित भवनको योगदान रहने बताउनु भयो । यसका साथै वहाँले…
विराटनगर, ११ फागुन । महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकायका सात जना प्राध्यापकलाई सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा सम्मानित हुनेहरुमा डा शिवचन्द्र चौधरी, मोहनकुमार श्रेष्ठ, रामकुमार थापा, डा मोहनकुमार सुवेदी, वेदप्रसाद संग्रौला, डा जनकनाथ सापकोटा र जयकुमार महतो छन् । दुई दशक बढी समयदेखि क्याम्पसमा प्राध्यापन गरिरहेका उनीहरुलाई विषयगत विभागको प्रमुखमा नियुक्त भएकोमा बिहीबार स्वागत गर्दै सम्मान गरिएको हो । सम्मानित डा चौधरी व्यवस्थापन विज्ञान, श्रेष्ठ व्यवस्थापन, रामकुमार थापा बजारशास्त्र, डा सुवेदी( वित्तशास्त्र,संग्रौला अर्थशास्त्र र डा सापकोटा लेखाशास्त्रका अध्यक्ष हुन् भने महतो एमपीए अनुसन्धान समितिका संयोजक हुन् । उनीहरुलाई क्याम्पसका सहायक प्रमुखद्वय शिवनारायण चौधरी र डिल्ली पोखरेल, पूर्व सह(परीक्षा नियन्त्रक…
झापा, ११ फागुन । आजदेखि हात्तीपाइले रोगविरुद्ध आम औषधि सेवन अभियान सुरु हुने भएको छ । आज अर्थात ११ फागुन देखी २५ फागुनसम्म १५ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधी सेवन अभियान सुरु हुन लागेको हो । कर्णालीबाहेक ६ वटा प्रदेशका १५ जिल्लामा यो अभियान सुरु हुनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ वटा प्रदेशका १५ जिल्लामा औषधी सेवन अभियान सुरु हुन लागेको हो । जसअनुसार प्रदेश १ को झापा, मोरङ, मधेस प्रदेशका धनुषा तथा महोत्तरी, रौतहट, सर्लाही, बारामा सो औषधी सेवा अभियान सुरु हुनेछ । त्यसैगरी, बाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको लमजुङ, पर्वत, बागलुङ र लुम्बिनी प्रदेशको कपिलवस्तु, बाँके,…
प्रकाश उप्रेतीमेचीनगर, ११ फागुन । वनका उपभोक्तालाई समान ब्यवहारको माग गर्दै संघर्षरत संघर्ष समितिले झापाको मेचीनगर-१३ को हातेमालो सामुदायिक उपभोक्ता समितिको चुनावी साधारण सभामा बुधबार जुलुस लगाएका छ्न् । वन नियमवरिपरित हातेमालो बनका उपभोक्तालाई “क” र “ख” वर्गमा राखेर बिभेद गरेको भन्दै समान अधिकारको गरेको माग राख्दै साधारण सभास्थलमै जुलुस लगाएका हुन् । वन समितिले उपभोक्तालाई दुई भागमा वर्गीकरण गरि काठ-दाउरा उपभोग गर्दा फरकफरक नियम लगाउदै आएको छ । काठ-दाउरा बितरण गर्दा बिभेद गर्दै बितरण गर्दैआएको छ भने, “ख” का उपभोक्ताले वनको कार्यसमितिमा उम्मेदवारी दिन नपाउने नियम लगाउदै आएको छ । वनका आधा सदस्यले समानताको माग राख्दै आदोलनकै समयमा वर्तमान…
बिर्तामोड, ११ फागुन । बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम शुभारम्भ भएको छ । नगरपालिकाको कार्यालयमा बुधबार आयोजित संक्षिप्त कार्यक्रम बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईंले औषधि सेवन गरेर नगर स्तरिय औषधी सेवन कार्यक्रमको शुभारम्भ गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुले पनि औषधी सेवन गर्नु भयो । बिर्तामोड नगरपालिकाको आव्हान, हात्तीपाईले रोग मुक्त नगर हाम्रो अभियान भन्ने मुलनाराका साथ फागुन ११ देखि १७ गतेसम्म नगरका सबै वडाहरुमा हात्तीपाइले रोग विरुद्वको औषधी सेवन कार्यक्रम सञ्चालन हुने भएको हो ।…