
झापा, ११ फागुन । झापासहित देश भरका १५ जिल्लामा बिहीवारबाट हात्तीपाइले रोगविरुद्धको औषधि सेवन शुरु भएको छ ।
अभियान सफल बनाउन झापाका सबै स्थानीय तह, स्वास्थ्य शाखाहरुले सचेतनामूलक कार्यक्रम सहित औषधि सेवन शुर गरेका छन् । अभियानलाई सफल बनाउन बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सव परिसरमा नै औषधि खुवाउन शुरु गरेको छ ।
बिहीवार पहिलो दिन नै एक हजार ११७ जना भन्दा धेरैले औषधि सेवन गरेको अनारमनी स्वास्थ्य शाखाका अहेव ख्याम प्रसाद कडरियाले जानकारी दिनुभयो । बिर्तामोड उद्योग वाणिज्य संघका कार्यालय सचिव राजु गौतमले औषधि सेवन गरेर उद्घाटन गरिएको औषधि सेवन कार्यक्रममा महोत्सवमा सहभागीले उतहित हुँदै औषधि सेवन गरेको बताइएको छ ।
पहिलो दिन भएपनि औषधि खान जनसाधारण उत्साहित हुँदै औषधि सेवन गरेको अर्का अहेव छवि ढुङ्गानाले बताउनुभयो । महोत्सवमा सहभागी मध्ये धेरैलाई औषधि सेवन गराउने लक्ष्य रहेको र शुक्रवारबाट साँझ सात बजेसम्म महोत्सव स्थलमा वसेर औषधि सेवन गराउने तयारी गरिएको अहेव ढुङ्गानाले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



