झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २३ फागुन । फाल्गुन १३ गते देखि जारी वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ। बिर्तामोड–१० स्थित सैनिक बजारको महेन्द्रज्योति माध्यमिक विद्यालयको खेलमैदानमा संचालित वडा अध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगिताको उपाधि उत्तर भुतेनी,गौरव टोलले हात पारेको छ । उपाधिसँगै विजेताले नगद ५१ हजार ,ट्रफी र मेडल पाएको छ । त्यस्तै उपविजेता बनेको नमूना टोलले नगद ३१ हजार , ट्रफी र मेडल पाएको हो । निर्धारित ७० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा उत्तर भुतेनी,गौरव टोलले ४–३ गोलको नतिजा निकाल्दै जीत हासिल गरेको थियो । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक उत्तर भुतेनी,गौरव टोलका रनु श्रेष्ठले…

Read More

झापा, २३ फागुन । रंगहरूको पर्व होली आज तराईका जिल्लामाहरूमा मनाइँदै छ । पहाडमा सोमबार नै होली मनाइएको थियो । त्यसको एक दिन पछि तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा पनि सोमबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक(फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई(मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ । तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको…

Read More

झापा, २३ फागुन । सम्बन्धित मन्त्रालय र निकायको पहल नहुँदा पर्सा जिल्लाको सीमावर्ती भारतीय सहर रक्सौलमा रहेको नेपाल रेल्वेको करिब २० बिघा जग्गा वर्षौंदेखि अलपत्र छ । ब्रिटिस भारतकै समयमा नेपालले खरिद गरेको सो जग्गा बर्सेनि अतिक्रमित हुँदै गए पनि संरक्षणका लागि तालुक मन्त्रालय र निकायले अहिलेसम्म कुनै ठोस पहल गरेको देखिँदैन । अहिले अर्बौं रुपियाँ पर्ने सो जग्गा नेपालले सन् १९२० मा खरिद गरेको थियो । रक्सौलस्थित नेपाल रेल्वे कम्पनी लिमिटेडको जग्गा संरक्षणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अनभिज्ञ देखिएको छ । सो जग्गा संरक्षणका लागि के–कस्तो प्रयास र पहल भइरहेको छ भन्ने जिज्ञासामा मन्त्रालयका सचिव केशवकुमार शर्माले अनभिज्ञता…

Read More

झापा, २३ फागुन । मुलुकको सार्वजनिक ऋण बर्सेनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९–८० को माघसम्म सरकारलाई ऋणको दायित्व करिब साढे २० खर्ब रूपैयाँ पुगेको हो । ऋणको दायित्व बढ्दै गएपछि मुलुकको अर्थतन्त्रमा चुनौती थपिएको विज्ञले बताएका छन् । असारयता सात महिनाको अवधिमा सार्वजनिक ऋण करिब ३२ अर्ब रुपैयाँ बढेको छ । माघ मसान्तसम्म सरकारको ऋण बढेर २० खर्ब ४३ अर्ब ३३ करोड रुपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यसमा आन्तरिक ऋण ९ खर्ब ९६ अर्ब रुपैयाँ र वैदेशिक ऋण १० खर्ब ४७ अर्ब ३१ करोड रुपैयाँ छ । गत असार मसान्तसम्म ऋण २० खर्ब…

Read More

झापा, २३ फागुन । चालू आर्थिक वर्षको सात महिनामा खाद्यान्न आयात ३१.४ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि माघसम्म ३४ अर्ब ६७ करोड ८४ लाख ९८ हजार रुपियाँको खाद्यान्न (चामल, मकै, धान, गहुँ, जौ, कोदो) आयात भएको हो । अघिल्लो वर्ष सो अवधिमा ५० अर्ब ५३ करोड २२ लाख २३ हजार रुपियाँको खाद्यान्न आयात भएको थियो ।यो वर्ष धानको उत्पादनमा सामान्य वृद्धिसँगै आयातमा लगाइएका प्रतिबन्धका कारण खाद्यान्न आयातमा कमी भएको हो । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सञ्चिति जोगाउन आयातमा गरेको कडाइ र आयातमा एलसी ९प्रतीतपत्र० खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण खाद्यान्न आयातमा कमी भएको…

Read More

चन्द्र बस्नेतकनकाई, २३ फागुन । सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन जिल्ला समिति झापाले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई नौ बुँदे ज्ञापन पत्र बुझाएको छ । झापाको कनकाई नगरपालिकामा आयोजित सम्मान तथा बधाई कार्यक्रमको बीच चालक एशोसियसनका पदाधिकारीहरूले सभामुख घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन । कोशी प्रदेश झापा जिल्लामा सरकारी तथा संस्थानमा कार्यरत चालकको हकहित र संरक्षण, संवर्द्धनका लागि माग राख्दै आएको एशोसिएसनले सवारी दुर्घटनामा परि अङ्गअङ्ग भएका चालकहरुलाई राज्य तथा सम्बन्धित कार्यालयले नहेरेको अवस्था, कार्यालय प्रमुखको सरुवा हुँदा तथा निर्वाचन पश्चात स्थानीय तह, प्रदेश र केन्द्रले सवारी चालकहरूलाई जिम्मेवारीबाट हटाउने जस्ता कार्य भइरहेको र त्यस्तो कार्य गर्न नगराउन ज्ञापन पत्रमा…

Read More

कनकाई २३ फागुन । झापा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सांसदहरूलाई हामी आफैँले मुख्य जिम्मेवारी वहन गर्नबाट बञ्चित गराई रहेकोमा दुःख व्यक्त गर्नुभएको छ। सांसदहरुमा कानुन बनाउन, कानुन संसोधन गर्न र बाझिएका कानुनलाई छुट्याएर सजिलो बनाउनु पर्ने मुख्य जिम्मेवारी रहन्छ तर हामी सबैले विकास निर्माणको काममा सांसदहरूलाई बाध्यकारी बनाउने गर्दा सांसदहरू आफ्नो मुख्य जिम्मेवारी पुरा गर्नबाट बञ्चित हुने गरेको कनकाई नगरपालिकामा आयोजित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई बधाई तथा सम्मान कार्यक्रमका अवसरमा सो धारणा राख्नुभएको हो। मेयर पोख्रेलले ‘सांसदहरूलाई एउटा काम गर्न पठाइएको हुन्छ, अर्को काम गर्न लगाउँदा आवश्यक कानुनहरू बन्न नसक्दा स्थानीय तहमा कार्यसम्पादन गर्न कठिनाइ भइरहेको छ त्यस्तै…

Read More

सन्तोष शर्माझापा, २२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै विकासको मूल नै शिक्षा भएको बताउनुभएको छ । झापाको हल्दिबारी गाउँपालिकाले सञ्चालनमा ल्याएको सीसी क्यामेरा एप्स उद्घाटन तथा खेलाडी सम्मान कार्यक्रममा सम्बोधन गर्दै उहाँले शिक्षा क्षेत्रको विकास बिना हुने क्षेत्रको विकास सम्म्भव नभएको बताउनुभयो । “सबै विकासको मूल नै शिक्षा भएकाले शिक्षा क्षेत्रमा सुधार अनिवार्य छ”, झापा क्षेत्र नं. ३ का सांसदसमेत रहनुभएका उहाँले भन्नुभयो, “प्राविधिक, जीवनोपयोगी र स्वरोगारमुखी शिक्षा वर्तमानको आवश्यकता हो ।” उहाँले भोलिको भविष्य आजको शिक्षाले निर्धारण गर्ने भएकाले शिक्षा क्षेत्रको समुचित विकास हुनुपर्नेमा उहाँले जोड दिनुभयो । शिक्षा क्षेत्रको विकासमा शिक्षकको भूमिका महत्वपूर्ण भएको…

Read More

झापा, २२ फागुन । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगर्ने चेतावनी दिएको छ । पटक–पटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारलाई तत्काल कामको प्रगति बढाउन चेतावनी दिएको हो । काम ढिला गर्ने २५ भन्दा बढी निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन्त्री दुर्गा प्रसाद चापागाईंले पूँजीगत खर्च बढाउन र रोकिएका काम सम्पन्न गर्न भइरहेको कठिनाईको विषयमा जानकारी लिएका हुन् । सो क्रममा उनले मन्त्रालयको तर्फबाट गर्नुपर्ने काम तत्कालै गरिने तर निर्माण कम्पनीले पनि सोही अनुसारको काममा तीब्रता…

Read More

झापा, २२ फागुन । झापाको चारआलीस्थित पाउ पाथीभरा मन्दिरमा श्रीमद् भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । आगामी चैत ८ गतेदेखि १६ गतेसम्म महापुराण आयोजना हुन लागेको पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष तिलकप्रसाद गिरीले बताउनुभयो । समाजमा धार्मिक सहिष्णुता कायम गर्दै समाजको मानवउद्धार र शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होओस् भन्ने उद्देश्यले महापुराणको आयोजना गर्न लागिएको हो ।स महापुराणको उद्घाटन सभामुख देवराज घिमिरेले गर्नु हुने भएको छ । महायज्ञमा आचार्य पं शान्तिराम नेपालको मुखारविन्दबाट प्रवचन साथै आचार्य पं पुण्यप्रसाद रिजालबाट पाठ पारायण हुने प्रचार प्रसार उप समितिका संयोजक यामनाथ बरालले बताउनुभयो । चैत ८…

Read More