झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हड्ताल–जुलुस गर्न निषेधित क्षेत्र घोषणा गरेर जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् । छत्तीसौँ बिपी स्मृति दिवसका अवसरमा कांग्रेस केन्द्रीय समितिद्वारा आज आयोजित कार्यक्रममा उनले संविधानप्रदत्त शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित गर्नु अप्रजातान्त्रिक र मानवाधिकारविरुद्ध हो भन्दै कम्युनिष्टसँग मिल्नुहुँदैन भन्ने बिपीको विचार उपयुक्त भएको आफूले भर्खरै थाहा पाउन लागेको बताए । आमरण अनशनरत प्रा डा गोविन्द केसीका माग सम्बोधन गर्न आफ्नो नेतृत्वको तत्कालीन सरकारले माथेमा आयोगका भावना र मर्मअनुसार नै चिकित्सा शिक्षा अध्यादेश जारी गरेको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले उनका माग…

Read More

भद्रपुर, ६ साउन । धानखेतीका लागि उर्वरभूमि मानिने झापामा साउनको पहिलो साता बितिसक्दा ६२ प्रतिशतमात्र रोपाइँ भएको छ । अर्जुनधारा नगरपालिका कार्यालयका योजना (कृषि) अधिकृत शालिकराम भट्टराईका अनुसार असारको पहिलो र दोस्रो साता परेको पानीमा धान रोपाइँ भए पनि अन्तिम सातादेखि परेको खडेरीका कारण रोपाइँ हुन सकेको छैन । किसानले धानको बीउ राख्न ढिलो गरेकाले बेर्ना रोप्न योग्य भइनसकेको र जनशक्ति अभावका कारण यो वर्ष बेलैमा रोपाइँ हुन नसकेको उनको भनाइ छ । जिल्लामा ९५ हजार हेक्टर क्षेत्रफलमा बर्खेधान रोपाइँ हुने गरेकामा गतवर्ष यतिबेलासम्ममा ७५ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको थियो । धानखेती गरिने जग्गाको ३८ प्रतिशत क्षेत्र नियमित सिँचाइयोग्य रहेको…

Read More

ताप्लेजुङ, ६ साउन । जिल्लामा विद्युत् र इन्टरनेट दुवै सेवा ठप्प बनेपछि सेवाग्राही मारमा परेका छन् । शुक्रबारदेखि विद्युत् आपूर्ति बन्द भएकामा शनिबारदेखि इन्टरनेट सेवासमेत ठप्प हुँदा यहाँका बासिन्दा समस्यामा परेका हुन् । केन्द्रीय प्रसारण लाइनअन्तर्गत पाँचथर–ताप्लेजुङ खण्डमा आएको खराबीका कारण शुक्रबारदेखि नै विद्युत् आपूर्ति भएको छैन । इलाम क्षेत्रमा अप्टिकल फाइबरमा आएको खराबीका कारण शनिबारदेखि इन्टरनेट .एडिएसएल) सेवासमेत ठप्प छ । विद्युत् र इन्टरनेट दुई वटै सेवा बन्द भएपछि रेडियो, पत्रपत्रिकालगायत सञ्चारमाध्यमसमेत समस्यामा परेका छन् । विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका अनुसार शनिबार बिहानैदेखि प्राविधिकहरु खटिए पनि खराबी पत्ता लाग्न नसकेको र दुईवटै सेवा सञ्चालन हुन समय लाग्ने देखिएको…

Read More

तेह्रथुम, ६ साउन । १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा विस्थापित भएका तेह्रथुमका २६ परिवारले रु ५२ लाख राहत पाएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका, मृत्युवरण गरेका र विस्थापित भएका गरी २६ परिवारले रु ५२ लाख पाँच हजार ७०० रकम राहत पाएका हुन् । जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको स्थानीय शान्ति समितिले रु ५२ लाख पाँच हजार ७०० राहतस्वरुप वितरण गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । जसमध्ये बेपत्ता पारिएका दुई परिवारलाई रु १४ लाख वितरण गरिएको छ । यस्तै मृतकका परिवार छ जनालाई रु २३ लाख र विस्थापित हुने २० परिवारलाई रु १५ लाख पाँच हजार ७०० वितरण गरिएको स्थानीय…

Read More

काठमाडौँ, ६ साउन । भारतमा अब नेपाली नम्बर प्लेटका गाडीले निर्बाध प्रवेश पाउने भएका छन् । नेपालको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र भारतको सडक परिबहन तथा राजमार्ग मनत्रालयका सहसचिवको नेतृत्वमा नयाँ दिल्लीमा भएको बैठकमा भारतीय पक्ष नेपाली नम्बर प्लेटका गाडीहरुलाई सहज ढंगले भारत प्रवेश र आवगमन गर्न अनुमनि दिन सहमत भएको हो । सन् २०१४ मा भएको नेपाल — भारत मोटर भेहिकल सम्झौताअन्र्तगत संयुक्त कार्य समुहको शुक्रबार नयाँ दिल्लीमा सम्पन्न बैठकमा उक्त विषयमा सहमति जुटेको हो । आजको कान्तिपुरमा खबर छ ।

Read More

काठमाडौँ, ६ साउन । गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होईन, विदेशका नेपालीका भान्छामा यो पुग्छ । निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमते चीनबाट ल्याईने गरिएको छ । रसुवागढी नाका हुँदै दुई बर्षमा ८ सय ४३ किलो गुन्द्रुक नेपाल भित्रिएको प्लान्ट क्वारेन्टईन कार्यालय टिमुरेले जनाएको छ । दुई लाख रुपैयाँभन्दा बढीको गन्दु्रक आयात भएको देखिन्छ । आजको कान्तिपुरमा समाचार छ ।

Read More

धादिङ, ६ साउन । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट शनिबार दुईजना झाँक्रीको मृत्यु भएको छ । झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङको मृत्यु भएको हो । गाउँमा घटना भएपछि गाउँलेले नै शव जलाइसकेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयमा खबर आएपछि शनिबार साँझ घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो । घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्दछ । वर्षाका कारण सदरमुकामबाट प्रहरी टोली घटनास्थल पुग्न लामो समय लाग्ने भएकाले सोही गाउँपालिकाको फूलखर्क प्रहरी चौकी र खनियावास गाउँपालिकाको…

Read More

दाङ, ६ साउन । साउन एक साता बित्न लाग्दा पनि अझै वर्षात् नभएको र खेती हुन नसकेको भन्दै यहाँका किसानले भुमेबर्माको पूजा गरेका छन् । तुलसीपुर क्षेत्रको सात गाउँले कुलोबाट सिँचाइ हुने किसानले शनिबार सिँचाइ कुलोको मुहानमा गएर पूजा गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका–३ को श्रीकुलामा पूजा गरेको सात गाउँले कुलो सिँचाइ आयोजनाका अध्यक्ष कुलप्रसाद कालाथोकीले बताउनुभयो । उहाँले पानी नपरी खडेरीका कारण खेती हुन नसकेको भन्दै पूजाआजा गरेमा देवता खुशी भई पानी पान्र्छिन् भन्ने जनविश्वासका कारण पूजा गरिएको हो भन्नुभयो । सयौँको सख्यामा कुलोको मुहानमा पूजा गर्न पुगेका किसानले कुखुरा र बोकासमेत काटेर बलि थिए । समयमा पानी नपर्दा…

Read More

बिर्तामोड, ६ साउन । झापाको शिवसताक्षी स्थित सम्झना चौकको एक काठ मिलमा शनिवार दिउसो प्रहरी सहितको संयुक्त ससस्त्र वन गस्ती टोलिले खानतलासी गर्दा १ लाख २५ हजार मुल्य वरावरको अवैध काठ वरामद गरेको छ । जिल्ला वन कार्यलय झापा, रतुमाई वृक्षारोपण आयोजना केर्खा र ईलाका प्रहरी कार्यालय झिलझिलेको संयुक्त वन गस्तीले अवैध काठ वरामद गरेको जिल्ला वन कार्यलय झापा अन्तर्गत केर्खा ईलाका बन कार्यालय झिलझिलेका सहायक वन अधिकृत जिवन पाठकले वताए । स्थानिय वडा नम्बर ८ को सम्झना चौक नजिकैको काठ मिलमा लुकाई राखिएको गोलिया चिरान गर्ने क्रममा गस्ती टोलीले वरामद गरेको हो । पाठकका अनुसार साल जातको ५ थान…

Read More

झापा, ६ साउन । झापामा आर्थिक वर्ष २०७४÷०७५ मा करिब ९० प्रतिशत बजेट खर्च भएको छ । सरकारले झापाका १५ वटा स्थानीय तह र विषयगत कार्यालयलाई उपलब्ध गराएको कूल रू १४ अर्ब ६१ करोड ५० लाख ३८ हजार ८०० मध्ये रू १३ अर्ब १० करोड ९० लाख १४ हजार ५१२ खर्च भएको हो । यो रकम कूल बजेटको ८९.३० प्रतिशत हो । जिल्लामा १०.३० प्रतिशत अर्थात् रू १ अर्ब ५० करोड ६० लाख २४ हजार २८८ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका प्रमुख लावन्यराज दाहालले जानकारी दिनुभयो । प्रमुख दाहालका अनुसार जिल्लामा आव २०७४÷०७५ मा पुँजीगततर्फ ७९…

Read More