
काठमाडौँ, ६ साउन । भारतमा अब नेपाली नम्बर प्लेटका गाडीले निर्बाध प्रवेश पाउने भएका छन् ।
नेपालको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र भारतको सडक परिबहन तथा राजमार्ग मनत्रालयका सहसचिवको नेतृत्वमा नयाँ दिल्लीमा भएको बैठकमा भारतीय पक्ष नेपाली नम्बर प्लेटका गाडीहरुलाई सहज ढंगले भारत प्रवेश र आवगमन गर्न अनुमनि दिन सहमत भएको हो ।
सन् २०१४ मा भएको नेपाल — भारत मोटर भेहिकल सम्झौताअन्र्तगत संयुक्त कार्य समुहको शुक्रबार नयाँ दिल्लीमा सम्पन्न बैठकमा उक्त विषयमा सहमति जुटेको हो । आजको कान्तिपुरमा खबर छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

