झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २७ असोज । प्रदेश १ मा प्रतिनिधिसभा र प्रदेशसभा गरेर ९४७ जना उम्मेदवार कायम भएका छन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता पछि हिजो साँझ ७ बजेसम्म संकलन भएको विवरण अनुसार सो संख्यामा उम्मेदवार कायम रहेका हुन् । प्रदेश १ मा प्रतिनिधिसभातर्फ २८ निर्वाचन क्षेत्र छ । जसमा ४३७ जना उम्मेदवार कायम भएका छन् । यस्तै, प्रदेशसभा तर्फ ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमा ५१० जना उम्मेदवार कायम भएका छन् ।

Read More

झापा, २७ असोज । प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ देशभर ८६७ जना स्वतन्त्र उम्मेदवार कायम भएका छन् । निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीमा स्वतन्त्रतर्फ ८६७ उम्मेदवार कायम छन् । उम्मेदवारी फिर्ताको समय सकिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । १६५ निर्वाचन क्षेत्रमा जम्मा दुई हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

Read More

झापा, २६ असोज । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने कामदारबाट अनावश्यक शुल्क नउठाउन चेतावनी दिएको छ । विभागले एक सूचना जारी गर्दै वैदेशिक रोजगारका लागि मलेसियासहित विभिन्न खाडी मुलुक जाने कामदारबाट विज्ञापनमा उल्लेखित सर्त विपरीत रकम असुल गरिएको भन्दै कडा कारबाही गर्ने चेतावनी दिएको हो । विभागका निर्देशक कृष्णप्रसाद भुसालले जारी गरेको सूचनामा

Read More

झापा, २६ असोज । झापा ५ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका युग पाठकले पुतली चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले बुधबार आफुलाई पुतली चुनाव चिह्न दिएको उम्मेदवार पाठकले बताए । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली बलिया उम्मेदवार मानिन्छन् । त्यस्तै सो क्षेत्रमा सत्ता गठबन्धनको समर्थनमा कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी प्रतिस्पर्धा गर्दैछन् ।

Read More

झापा, २६ असोज । जल तथा मौसम विज्ञान विभागले आगामी हप्तासम्म मौसमी वर्षात् रहिरहने पूर्वानूमान गरेको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले सो जानकारी गराएका हुन् । उनले त्यसका लागि विभागले मौसमी सिष्टमको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उचित समयमा त्यसको बाहिरिने अवस्थाबारे सार्वजनिक गर्ने बताए । वरिष्ठ मौसमविद् रेग्मीले मौसमी वर्षात् सकिएपनि ठूलै धनमालको जोखिम हुने अवस्था सकियो भन्ने नमिल्ने पनि स्पष्ट पारे । वर्षात् सकिएपनि त्यसको जोखिम भने कायमै रहन सक्ने उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

Read More

झापा, २६ असोज । झापाको कन्काई नगरपालिका–३ मा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान साँढे ११ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मोरङ उर्लावारी-४ का ५३ बर्षीय नागेन्द्र प्रसाद कोईरालाको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

बिर्तामोड, २६ असोज । नेपाली कांग्रेसको नीति विपरित गतिविधि गर्ने पार्टीका क्षेत्रीय प्रतिनिधि विर्तामोड निवासी कुमार भट्टराईसहित पाँच जनालाई नेपाली कांग्रेसले कारबाही गरेको छ । नेपाली कांग्रेस विर्तामोड नगर समिति र क्षेत्र नं–२ प्रदेश क समितिले पार्टी नीति विपरित गठबन्धनका साझा उम्मेद्वार विरुद्ध उम्मेद्वारी दिने भट्टराई र उनका समर्थक रामप्रसाद मैनालीलाई कारबाही गर्न जिल्ला कार्य समितिलाई सिफारिस गरेको हो । त्यसैगरी प्रदेश क मै प्रदेशसभा सदस्यमा उम्मेद्वारी दिने क्रियाशिल सदस्यहरु राजु प्रसाई र उनका समर्थक पर्शुराम भट्टराई एवं कमल सिटौलालाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्काशन गर्न नगर र प्रदेश समितिको संयुक्त बैठकले जिल्लामा सिफारिस गर्ने निर्णय गरेको हो…

Read More

झापा, २६ असोज । झापाको मेचीनगरबाट बेवारिसे अवस्थामा प्रहरीले आज रू पाँच लाख बराबरको अवैध कपडा बरामद गरेको छ । भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याएर बेवारिसे अवस्था छोडिएको मेचीनगर–७ र ६ वडाबाट प्रहरीले कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले आज बिहान मेचीनगर–७ मा भारतबाट रू तीन लाख ५० हजार र मेचीनगर–६ बाटरू एक लाख ५० हजार मूल्य बराबरको कपडा बरामद गरेको हो । बरामद कपडा आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइने प्रहरीले जनाएको छ ।

Read More

बिर्तामोड, २६ असोज । झापाको शिवसताक्षीबाट प्रहरीले आज बिहान अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी–१ धरमपुर चोकका खगेन्द्रप्रसाद दाहालको घरमा अवैध रुपमा लुकाई छिपाई राखेको सखुवा जातको चिरान काठ करिब ७२ दशमलव ६३ क्यूविक फिट फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो । बरामद काठसहित दाहाललाई पक्राउ गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय झापा पठाइएको उहाँले बताउनुभयो ।

Read More

कनकाई, २६ असोज । झापाको कनकाईबाट चार वर्ष अघि मात्र आफ्नो यात्रा प्रारम्भ गरेको कनकाई खबर साप्ताहिक पाँचौं वर्षमा प्रवेश गरेको छ । आफ्नो चार वर्षे यात्रा सफलतापुर्वक पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको कनकाई खबरले छोटो समयमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको पत्रिकाका सम्पादक रामप्रसाद निरौला बताउँछन् । सत्यतथ्य विषयवस्तुमा आधारित भएर सधैं पत्रकारिताको आधारभुत सिद्धांन्त भित्र रहेर कनकाई खबरले समाचार प्रकाशन गर्दै आएको सम्पादक निरौला बताउँछन् । कनकाई खबर डटकमका रुपमा डिजिटल मिडियासँगै प्रकाशन प्रारम्भ भएको कनकाई खबर साप्ताहिक प्रकाशनको छोटो समयमै प्रेस काउन्सिल नेपालको मुल्यांकनमा वर्गीकरण (ख)मा पर्न सफल भएको बताउँदै सम्पादक निरौलाले यो सुखद्…

Read More