झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २६ कात्तिक । नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य झापा क्षेत्र नम्बर ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौलाले सन्थाल समुदायको उन्नतिका लागि प्राथमिकताका साथ काम गर्नेे बताएका छन् । झापाको राजगढमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले पूर्वी नेपालका झापा ,मोरङ र सुनसरीमा रहेका सन्थाल समुदायको जीवनस्तर उकास्ने खालका उपयोगी कार्यक्रम ल्याएर सम्बोधन गर्न आफू निरन्तर लागिरहने बाचा गरेका हुन् । अहिलेसम्म पनि राज्यबाट उपेक्षित भइरहेका सन्थाल समुदायका परिवारले दोस्रो दर्जाको नगरिकको अवस्थाबाट मुक्त नभइ समाजवादको अनुभूति नहुने भन्दै काँग्रेसका पूर्व महामन्त्री सिटौलाले निर्वाचनपछि बन्ने सरकारले सन्थालका सवै पीडा र समस्या हल गरेरै छाड्ने प्रष्ट पारे । नेता सिटौलाले…

Read More

बुधबारे, २६ कात्तिक । पछिल्लो समय डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ। डेंगुले दैनिक दर्जनौँ मानिसको ज्यान समेत लिदैँ आएको छ । डेंगु संक्रमणको जोखिम दैनिक बढ्दै गएको भन्दै बुधबारे जेसीजले डेंगु संक्रमण हुन सक्ने सम्भावित क्षेत्रहरुमा गरिव तथा विपन्न परिवारलाई किटनाशक झुल वितरण कार्यक्रमलाई निरन्तरता दिईरहेको छ । केहीदिन अघि बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का १ सय ५० बढी घरपरिवारलाई किटनाशक झुल वितरण गरेको थियो । आज शनिबार समेत बुद्धशान्ति ३ पुलचोक छेउ किराना बस्तीका विपन्न ७५ घरपरिवारलाई किटनाशक झुल वितरण गरिएको बुधबारे जेसीज बर्ष २०२२का अध्यक्ष मुकेश भट्टराईले बताएका छन् । उनले बुधबारे जेसीजका पदाधिकारीको जन्मदिनको अवसर…

Read More

भद्रपुर, २६ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा ३ का संघीय संसद पदका उम्मेदवार राजेन्द्रप्रसाद लिङदेनले झापा ३ मा ५ वर्षे सांसदको कार्यकालमा विकास के हो भनेर चिनाएको दावी गरेका छन् । भद्रपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष लिङ्देनले नेकपा एमालेको बलियो साथ र विकासप्रतिको लगाव मतदाताले बुझेको कारण निर्वाचन सहजै जित्ने समेत दावी समेत गरे । उनले यस क्षेत्रमा पाँच वर्ष राप्रपाको नेतृत्व हुँदा विकासमा कायापटल ल्याएको भन्दै कचनकवल र बाह्रदशीका नागरिकले कालोपत्रे हेर्न भद्रपुर या विहार जानु नपर्ने गरी काम गरेको जिकिर गरेका छन् । उनले ‘पाँच वर्ष अघिको क्षेत्र र अहिलेको क्षेत्रमा आकाश जमिनको अन्तर छ’,…

Read More

बिर्तामोड, २६ कात्तिक । झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अधिवक्ता स्वागत नेपालले आफ्नो उम्मेदवारी दलका उम्मेवारविरुद्ध नभई गरिबी, अन्याय, अभाव र अविकासविरुद्ध भएको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज पत्रकारसँग संक्षित कुरा गर्दै उहाँले आफ्नो उम्मेदवारी दलका उम्मेवारसँग प्रतिस्पर्धा गर्न नभई जनताको विकासप्रतिको चहना पूरा गर्न भएको बताउनुभयो । उहाँले स्वतन्त्रको पक्षमा जनलहर बढ्दै गएको बताउनुभयो । “जनताले स्वतन्त्रहरुसँग ठूलो अपेक्षा गरिरहेका छन्”, उहाँले भन्नुभयो, “त्यसैले पनि मुलुकमा स्वतन्त्रप्रति जनलहर बढ्दै गएको छ ।” क्रस खुकुरी चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा रहनुभएका अभिवक्ता नेपालले झापा क्षेत्र नं. २ मा खसेको मतको ६० प्रतिशत मत आफूलाई…

Read More

झापा, २६ कात्तिक । हतियारधारीहरूले मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ । उक्त हत्यामा लागू औषध तस्करहरु संलग्नता रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । अपासियो एल अल्टो सहरमा उक्त हमला भएको हो । हतियारधारी पुरुषको समूहले लेक्सस बारमा हमला गर्दा पाँच पुरुष र चार महिलाको मृत्यु भएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले पछिल्लो आक्रमण सान्ता रोजा डे लिमाका नेता जुआन रोडोल्फो येपेजको मंगलबार पक्राउ गरेको बदला भएको बताएका छन् । गुआनाजुआटो एक औद्योगिक राज्यमा जलिस्को न्यु जेनेरेसन र सान्ता रोजा डे लिमा ड्रग तस्करबीच हिंसात्मक झडप हुने गर्छ ।

Read More

झापा, २६ कात्तिक (एजेन्सी) । टोंगामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शुक्रबार अबेर राति टोंगाको समुन्द्रमा ७.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । सर्वेक्षणका अनुसार उक्त भूकम्प प्रशान्त महासागरीय द्वीपसमूह राष्ट्रको उत्तरपूर्वमा रहेको नेयाफु शहरको करिब २०० किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर (छ माइल) गहिराइमा परेको थियो ।

Read More

झापा, २६ कात्तिक । विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै हिम गलनको स्थिति बढ्दा नेपालको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको सगरमाथा राष्ट्रिय निकुञ्जसहित विश्वका ५० वटा विश्वसम्पदा क्षेत्र सन् २०५० सम्ममा लोप हुने अवस्था पुगेका छन्। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०ले कोप–२७ अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी तापक्रम वृद्धिको असरले हिमाली क्षेत्रको हिम गलनमा तीव्रता आएकाले ती क्षेत्रमा रहेका विश्वसम्पदा सूचीका प्राकृतिक सम्पदा लोप हुने अवस्थामा पुगेको देखाइएको छ। क्यानडा र अमेरिकाका विश्वसम्पदा क्षेत्र लुआने, वाङ्गेल इलियास, ग्लेसियर बे र तात्सेनसिनी–अल्सेक, अर्जेन्टिनाको लस ग्लेसियर्स राष्ट्रिय निकुञ्ज, न्युजिल्यान्डको ते बाहिपौनामु, स्विजरल्यान्डको स्विस आल्पस जङ्गफ्राउ, डेनमार्कको लुलिसाट आइसजोर्ड, नर्वेको गेराङ्जोर्ड र नर्वेजोर्ड,…

Read More

झापा, २६ कात्तिक । बैंकको ब्याजदर धेरै भएको भन्दै व्यवसायीले सडक आन्दोलन गरे। देशभरबाट गभर्नरविरुद्ध ज्ञापनपत्र बुझाए। ब्याजदर नघटाएसम्म पछि नहट्ने भनिरहेका व्यवसायीले बिहीबार एकाएक आन्दोलन स्थगित भएको भन्दै विज्ञप्ति निकाले। नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघले चुनावसम्म आन्दोलन स्थगित गर्न प्रेस विज्ञप्ति जारी गरेपछि आन्दोलन रोकिएको छ। बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरबाट उद्योगी व्यवसायी मर्कामा परे पनि निर्वाचनको मुखमा आन्दोलन गर्दा समस्या हुन सक्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए। ‘ब्याजदर वृद्धिले उद्योग व्यवसाय निकै धराशायी भएका छन्,’ उनले भने, ‘बढेको ब्याजदर घटाउने विभिन्न विकल्प हुँदासमेत सरकारले व्यवसायीको माग सम्बोधन गरेको छैन। निर्वाचनलगत्तै संघर्षमा उत्रनुको विकल्प छैन।’…

Read More

नेकपा एमालेभित्र निष्ठा र सालिन नेताका रुपमा स्थापित नेता हुन्, देवराज घिमिरे । झापा क्षेत्र नं. –२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी अहिले चुनावी घरदैलो अभियानमा छन् । लामो समयदेखि नेपाली जनताको हितमा राजनीतिक एवम् सामाजिक रुपमा क्रियाशिल घिमिरेलाई पार्टीले प्रत्यक्ष रुपमा सेवा गर्ने अवसर मंसिर ४ को निर्वाचनमा प्रदान गरेको छ । राजनीतिक जीवनमा कयौं नेता कार्यकर्ता उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई कुशल संगठकका रुपमा चिनिन्छ । अनुशासित एवम् जिम्मेवारीमा प्रतिवद्ध घिमिरेसँग आसन्न निर्वाचनका सन्दर्भमा पत्रकार अच्युत सुवेदीले गरेको कुराकानी प्रस्तुत छ- चुनावी अभियान कसरी अघि बढाइरहनु भएको छ ?चुनावी अभियानलाई प्रभावकारी ढंगबाट अघि बढाएका छौं ।…

Read More

बिर्तामोड, २५ कात्तिक । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले सञ्चारमाध्यममाथि अंकुश लगाउने काम गरेको भन्दै त्यसको विरोध गर्नु भएको हो । सञ्चार माध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदा हुँदै निर्वाचन आयोगले सञ्चार माध्यममाथि अंकुश लगाउने काम गरेको भन्दै अध्यक्ष पोखरेलले त्यसको विरोध गर्नु भएको हो । नेपाल पत्रकार महासंघ झापा शाखाको बार्षिक साधारणसभाको आज उद्घाटन गर्नु हुँदै अध्यक्ष पोखरेलले सञ्चार माध्यमले निर्वाचन आचारसंहिता उल्लंघनका विषयलाई लिएर जथाभावी रुपमा निर्वाचन आयोगले पत्र काट्दै स्पष्टीकरण सोध्ने गरेको र त्यस्तो काम तत्काल बन्द गरिनु पर्ने उहाँको भनाई छ । प्रेस काउन्सिल बाहेक राज्यका कुनै पनि निकायले सञ्चार…

Read More